Friday, June 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एसियाली खेलकूदमा नेपालको सहभागिता

साउन २, २०७५ ३:२३ मा प्रकाशित
एसियाली खेलकूदमा नेपालको सहभागिता
Share on FacebookShare on Twitter

काठमाडौँ, २ साउन / एसियाली महादेशको सबैभन्दा ठूलो प्रतियोगिताका रुपमा मानिएको १८औँ एसियाली खेलकूदमा यसपटक नेपालबाट चार नयाँ खेलले स्थान पाएका छन् ।

इण्डोनेसियाको राजधानी जार्कातामा आगामी भदौ २ गतेदेखि १७ गतेसम्म हुने यसियाली खेलकूदमा प्याराग्लाइडिङ, क्लाइमिङ स्पोर्ट, पेनकेक सिलात र स्केटबोर्ड गरी चार नयाँ खेल छनोटमा परेका छन् । यसपटकको एसियाली खेलकूदमा नेपालबाट अहिलेसम्मकै सबैभन्दा बढी २८ खेल समावेश हुँदैछ ।

दक्षिण कोरियाको इचोन सहरमा भएको १७ औँ संस्करणको एसियाली खेलकूदमा नेपालबाट २५ खेलले प्रतिनिधित्व गरेको थियो ।

एसियाली राष्ट्रबीच सुमधुर सम्बन्ध बनाउने उद्देश्यका साथ स्थापित भएको एसियाली खेलकूद प्रतियोगिता सन् १९५१ बाट शुरुआत भयो । त्यतिबेला भारतको नयाँ दिल्लीमा पहिलो पटक प्रतियोगिताको आयोजना गरिएको थियो । नेपालले प्रतियोगिताको शुरुआतदेखि नै सहभागिता जनाउँदै आइरहेको छ । तर सन् १९५४ र १९६२ को दुई संस्करणको खेलमा भने नेपालले भाग लिएको थिएन ।

नयाँ चारखेलसहित प्रतियोगितामा भारोत्तोलन, बक्सिङ, आर्चरी, शुटिङ, एथलेटिक्स, टेबलटेनिस, कराते, ब्याडमिन्टन, कबड्डी, साइक्लिङ, सेपाकताक्रो भलिबल, ट्रायथलन, कुस्ती, फेन्सिङ्, फुटबल, गल्फ, जुडो, लनटेनिस, पौडी, तेक्वान्दो, उसु, कुराँस र बास्केटबल गरी २८ खेलले नेपालको प्रतिनिधित्व गर्नेछ ।

प्रतियोगितामा पुरुष खेलाडी १२५ र महिला खेलाडी ५६ गरी १८१ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै ४५ जना प्रशिक्षक र २४ जना व्यवस्थापक सहभागी हुनेछन् । अफिसियल भने कति जाने भन्ने टुंगो लागिसकेको छैन । नेपालकातर्फबाट एसियाली खेलकूदमा जम्मा २९५ जनाको जम्बो टोली इण्डोनेसिया जाने अनुमान गरिएको छ ।

भूकम्पका कारण क्षत विक्षत भएका भौतिक पूर्वधारहरुको समयमा निर्माण हुन नसक्दा खेलाडीले पर्याप्त तालीम लिन केही असहजता भयो । राष्ट्रिय टिम तयारी विभाग प्रमुख अर्जुन विकले विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त भौतिक पूर्वाधारको निर्माण कार्य सम्पन्न नहुँदा तालीमका लागि केही असहजता भएको बताउनुभयो ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा उत्कृष्ट प्रदर्शन गरेको आधारमा यसपटक नयाँ खेललाई प्राथमिकतामा राखिएकोे जानकारी गराउँदै उहाँले भन्नुभयोे, “काठमाडौँमा नभए तापनि देशका विभिन्न ठाउँमा खेलाडीलाई पर्याप्त तालीम दिएका छौँ ।”

उहाँले प्रतियोगिताको तयारीका लागि केही बजेट अपुग भएकै कारणले खेलाडीलाई समयमै तालीम दिन नसकेको बताउनुभयो ।

सरकारले एसियाली खेलकूद प्रतियोगिताका लागि रु पाँच करोड बजेट छुट्याइएको छ । विभिन्न ४५ वटा एसियाका उत्कृष्ट राष्ट्रका खेलाडीबीच हुने उक्त प्रतियोगितामा पदक जित्नु नेपाली खेलाडीका लागि जहिले पनि फलामको च्युरा बन्दै आएको इतिहास छ ।

सहभागिताको ६७ वर्ष बितिसक्दा पनि नेपालले एसियाली खेलकूदमा अहिलेसम्म स्वर्णपदक जित्न सकेको छैन । गत संस्करणको खेलमा नेपालले एउटा मात्र पदक जितेको थियो । त्यतिबेला राखेप मान्यता प्राप्त कराते महासंघले छनोट गरेको खेलाडीको सट्टामा अन्तर्राष्ट्रिय मान्यता प्राप्त कराते महसंघको छनोटमा पर्नुभएकी विमला तामाङले महिला कराते एकल कातामा कास्य पदक हात पार्नुभएको थियो । नेपालको उक्त प्रतियोगितामा जितेको सोही एक पदक मात्र हो । त्यतिबेला कास्य पदक जित्ने देश पनि नेपाल मात्र थियो ।

नेपालले अहिलेसम्म जम्मा तीन खेल तेक्वान्दो, कराते र बक्सिङले मात्र पदक जितेको इतिहास छ । एसियाली खेलकूदमा सबैभन्दा ठूलो पदक तेक्वान्दोका सविता राजभण्डारीले जित्नुभएको थियो । उहाँले सन् १९९८ को थाइल्याण्डको बैंककमा भएको एसियाली खेलकूदमा रजत पदक जित्नुभएको हो । त्यो नै नेपालको हालसम्म एक मात्र रजत पदक हो ।

एसियन गेम्समा नेपालले अहिलेसम्म २३ वटा पदक जितेको छ । जसमा रजत भने एक मात्र छ । विगतमा जस्तै यसपटक पनि तेक्वान्दो, जुडो, बक्सिङ, उसु भारोत्तलन मार्सलआर्टसका खेलमा बढी पदकको आशा गरिएको राखेपअन्तर्गत तालीम तथा प्रशिक्षण विभागका प्रमुख रिमबहादुर राणाभाटले बताउनुभयो ।

यसपटकको तयारी व्यापक छ, खेलाडीले पदक भित्र्याउने कुरामा हामी विश्वस्त छौँ प्रशिक्षण विभाग प्रमुख राणाभाट भन्नुहुन्छ । उहाँका अनुसार यसपटक समावेश गरिएको नयाँ खेल प्याराग्लाइडिङले पनि पदक जित्ने सम्भावना प्रवल रहेको छ ।

तालीम तथा प्रशिक्षण विभागका प्रमुख राणाभाटले प्रतियोगिताका लागि रु सात करोड १३ लाख बजेट आवश्यकता भए तापनि सरकारले छुट्याएको रकम कम भएको गुनासो गर्नुभयो ।

राखेप सदस्य–सचिव केशवकुमार विष्टले विगतमा भन्दा यसपटकको एसियन खेलमा नसोचेको नतिजा ल्याउनेमा आफू विश्वस्त भएको बताउँदै भन्नुहुन्छ, “विगतका संस्करणको खेलमा भन्दा यसपटक नेपालमा धेरै पदक भित्रनेछ, त्यसको सुनिश्चित म गर्छु ।”

यता करातेका प्रशिक्षक दीपक श्रेष्ठले भने अहिलेको प्रशिक्षणलाई हेर्दा विगतको वर्ष जस्तै फरक नहुने बताउनुभयो । उहाँले प्रतियोगिता शुरु हुन एक महिना पनि बाँकी नहुँदासम्म आफ्नो टोलीलाई वैदेशिक प्रशिक्षणमा नलगेको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, “यही तरिका हो भने खेलाडीले स्वर्णपदक त परै जाओस् एउटा पदकसमेत हात पार्दैनन्, जससम्म खेलाडीलाई ‘इन्टनेशनल एक्स्पोर्जर’ गरिँदैन तबसम्म खेलाडी मानसिक र प्राविधिकरुपमा सबल हुँदैनन् ।”

महिला टेबलटेनिसतर्फ छनोट भएकी रविना मर्हजनले आफ्नोतर्फबाट पदक हासिल गर्न सक्दो प्रयास गर्ने बताउनुभयो ।

उहाँले वैदेशिक प्रशिक्षणका लागि आइताबर भारतको नयाँ दिल्ली जाने तयारी भइरहेको जानकारी गराउँदै नेपालभन्दा अन्य एसियाली देशहरु हरेक संरचनाले बलियो भएकाले टेबलटेनिसमा पदक ल्याउने सम्भावना कम रहेको बताउनुभयो ।

गत वैशाख २ गतेदेखि शुरु भएको बन्द प्रशिक्षणमा नेपाली खेलाडी स्वदेश तथा विदेशमा प्रशिक्षण गरिरहेका छन् । नेपालको विराटनगर, महेन्द्रनगर, नेपालगञ्ज, काठमाडौँ, पोखरालगायतका ठाउँमा नियमित प्रशिक्षणमा छन् भने विदेशमा दक्षिण कोरिया, थाइल्याण्ड र चीनमा खेलाडी गइसकेका छन् । त्यस्तै जापान र भारतमा जाने तयारीमा छन् । रासस

सम्बन्धित समाचार

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन
Slider

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

शनिवार स्यानफ्रान्सिस्कोमा ‘अव नाच्छ बे एरिया’ कार्यक्रम हुदै
Slider

शनिवार स्यानफ्रान्सिस्कोमा ‘अव नाच्छ बे एरिया’ कार्यक्रम हुदै

अन्टिएफ को साधारण सभा आज हुँदै
आप्रबास मामिला

अन्टिएफ को साधारण सभा आज हुँदै

‘नेपथ्य लाइभ’ -स्यानफ्रान्सिस्कोमा नेपालीको हालसम्मकै ठूलो कन्सर्ट !
Breaking News

‘नेपथ्य लाइभ’ -स्यानफ्रान्सिस्कोमा नेपालीको हालसम्मकै ठूलो कन्सर्ट !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result