स्यानफ्रान्सिस्को/क्यालिफोर्निया
बे एरियाको रिचमण्डमा रहेको मुक्तिनाथ धाम मन्दिरमा नेपालका चर्चित कलाकारहरुले पूर्जा अर्चना एवं भजनकीर्तन गरेका छन् । गत बुधवार मन्दिरमा दर्शनको लागि आएका कलाकारहरुलाई मुक्तिनाथ धामका अध्यक्ष अनिल पाण्डेले स्वागत गरेका थिए ।
नेपाली सिनेजगतका सदावहार नायकहरु शिव श्रेष्ठ, भुवन केसी, सुपरस्टार अनमोल केसी, चर्चित हास्य कलाकारहरु दीपाश्री निरौला, जीतु नेपाल केदार घिमिरे, रिमा विश्वकर्मा लगायतका कलाकारले मुक्तिनाथ धाममा पुजा अर्चना गरी भजन कीर्तन गरेका थिए । नायक शिव श्रेष्ठले साइवावा र हनुमानजीका विभिन्न भजनहरु गाउँदा माहोल निकै रमणीय बनेको थियो ! अमेरिका आएर पनि मुक्तिनाथ वावाको दर्शन गर्न पाइयो धेरै धन्य भइयो, नायक एवं हास्यकलाकार जीतु नेपालले भने । ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड कार्यक्रम २०२४’ मा सहभागी हुन नेपालका ख्याती प्राप्त पुराना तथा नयाँ दर्जनौं सिने कलाकारहरु स्यानफ्रान्सिस्को आइपुगेका हुन।
प्रतिक्रिया लेख्नुहोस्:-