Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सम्पदा क्षेत्रको मापदण्ड उल्लङ्घन गर्दै घर निर्माण

साउन ८, २०७५ ११:२९ मा प्रकाशित
सम्पदा क्षेत्रको मापदण्ड उल्लङ्घन गर्दै घर निर्माण
Share on FacebookShare on Twitter

ललितपुर, ८ साउन / पाटनका दरबार क्षेत्र आसपासमा नयाँ बनिरहेका कतिपय घरहरुले मापदण्ड पूर्णरुपमा पालना नगरेको भेटिएको छ ।

‘पाटन दरबार संरक्षित स्मारक क्षेत्रमा हुने संरक्षण एवं निर्माणसम्बन्धी मापदण्ड, २०६४’ मा यस क्षेत्रमा घरको अधिकतम उचाइ ३५ फिट र चार तलाभन्दा बढी हुन नहुने उल्लेख छ । भूकम्पका समयमा क्षतिग्रस्त घर पुनःनिर्माण गर्दा घरधनीले उचाइलगायतका पालना गर्नुपर्ने नियम बेवास्ता गरेको पाटन स्मारक तथा दरबार हेरचाह कार्यालयले जनाएको छ ।

पाटन दरबार संरक्षित स्मारक क्षेत्रमा स्वीकृत नक्साभन्दा उचाइ बढाउनुका साथै अन्य कुरा थपघट गरेर घर निर्माण गरेको पाइएको कार्यालय प्रमुख काजीमान प्याकुरेल बताउनुहुन्छ । घरधनीले नक्सा स्वीकृतिका लागि महानगरपालिकामा निवेदन दिएपछि यस कार्यालयमा आउँछ । कार्यालयले मापदण्डअनुसार नहुँदा नक्सा सच्याएर पठाउने गरेको छ ।
आफूले सच्याएको नक्साअनुसार कतिपय घर निर्माण नभएको पाइएको उल्लेख गर्दै उहाँ भन्नुहुन्छ, “सम्पदा क्षेत्रमा पर्ने घर भएकाले हामीले हेर्ने भए पनि नक्साको अन्तिम स्वीकृत गर्ने निकाय त महानगरपालिका नै हो ।” महानगरपालिकाले चाहँदा मापदण्ड मिचेका घरलाई कारवाही गर्न सक्छ ।

भूकम्पपछि बनेका मात्रै होइन कतिपय भूकम्प पहिले बनेका घरसमेत विश्व सम्पदा क्षेत्रको मापदण्डअनुसार नभए पनि स्थानीय निकायले चाहे मापदण्डको पालना सजिलै गराउन सक्ने प्रमुख प्याकुरेल बताउनुहुन्छ । यसअघि अन्य सम्पदा क्षेत्रमा मापदण्डविपरीत बनेका घरलाई स्थानीय निकायले कारवाही गरे पनि ललितपुरमा भने कडाइ गरिएको छैन ।

स्थानीय निकायले विभिन्न प्रोत्साहनका कार्यक्रम गरेर परम्परागत घर बनाउन स्थानीयवासीलाई प्रेरित गर्न सक्छ । भक्तपुर नगरपालिकाले परम्परागत शैलीमा घर निर्माण गर्नेलाई प्रोत्साहनस्वरुप सहयोग उपलब्ध गराएकाले यस महानगरपालिकाले त्यस्तै प्रोत्साहनका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिँदै उहाँ भन्नुहुन्छ, “परम्परागत रूपमा घर बनाउन चाहेर पनि आर्थिक रुपमा नसकेकाले समेत बनाउन सक्छन् ।”

परम्परागत शैलीमा जस्ताको तस्तै घर बनाउन नसक्नु स्थानीयवासीको पनि बाध्यता रहेको कार्यालय प्रमुख प्याकुरेल जोड दिनुहुन्छ । परिवार ठूलो हुँदा धेरै तला बनाउनुपर्ने, कौसी ठूलो नभई नहुने र कलात्मक झ्याल ढोका महँगो हुँदा बनाउन नसक्ने पनि छन् । परम्परागत जीवनशैलीमा परिवर्तन आएका कारण पनि स्थानीयवासीले आधुनिक तरिकाको घर बनाउन चाहने भएको देखिन्छ ।

पहिले घाम ताप्न वा अन्न सुकाउनका लागि जतासुकै चोक वा खाली जग्गा थिए तर अहिले खाली जग्गा नै कम हुँदैछ । सुरक्षाका दृष्टिले पनि स्थानीयवासीले सार्वजनिक ठाउँमा अन्न सुकाउन नसक्ने भएका छन् ।

परम्परा जोगाउनुपर्छ भन्ने सोचाले केहीले घरमा परम्परागत शैली अपनाएका छन् भने कतिपयले भने चाहेर पनि आर्थिक रुपमा महँगो पर्ने भएकाले त्यसरी घर बनाउन सकेका छैनन् । एउटै परिवारमा धेरै दाजुभाइ बस्दा धेरै तला चाहिने वा कौसी पनि चाहिने हुन्छ । कपडा सुकाउनकै लागि पनि ठूलो कौसीको अवश्यकता हुन्छ ।

विश्व सम्पदा क्षेत्रमा त्यहाँ रहेका स्मारकहरु जत्तिकै त्यहाँका निजी घर वा सार्वजनिक पूर्वाधारको महत्व भएपनि भूकम्पपछि पुनःनिर्माणमा ढिलाइ गर्दा केही वर्ष पहिले युनेस्कोले काठमाडौँ उपत्यकामा रहेका सम्पदा क्षेत्रलाई संकटग्रस्त घोषणा गरेको जानकारी दिँदै उहाँ भन्नुहुन्छ, “हामीले परम्परागत जीवनशैली र बस्ती कायम राख्न नसके फेरि यस्ता समस्या दोहोरिन्छ ।”

मापदण्डमा संरक्षित स्मारक क्षेत्रमा घर वा भवनकोे उचाइ अधिकतम ३५ फिट हुनुपर्ने, बुइँगल वा भ¥याङ कभरसमेत गरेर चार तलाभन्दा बढी तला भन्दा बढी हुन नहुने, भूकम्पीय सुरक्षाका लागि आरसिसी गर्नुपर्ने र बाहिरी भागमा चिम्नी, इँटा वा काठले छोप्नुपर्ने व्यवस्था छ ।
घरको तेस्रो तलामा घाम र पानी छेक्नका लागि बलेसी निकाले पनि २५ देखि ३० डिग्री स्लोप पारेर काठको फल्याक ठोक्नुपर्ने र टुँडाल निकाल्नुपर्ने, झ्याल र ढोकाको चौडाइ र लम्बाइ पनि तोकिए बमोजिम नै हुनुपर्ने तर त्यसमा फलामे रोलिङ, सटर, चेन गेट आदि राख्न नपाइने र राख्न चाहनेले पनि काठका खापाले छोपिने गरी राख्नुपर्ने हुन्छ ।

घरको छाना झिँगटी वा टायलले छाएको दुई पाखे शैलीको हुनुपर्ने, तेस्रो तलामा बढीमा तीन फिटसम्मको बार्दली, डेढ फिटसम्म उचाइ र बढीमा छ फिटसम्मको पेटी बनाउन पर्ने घरको चौथो तलामा चार भागको एक भागसम्म कौसी बनाउन पर्ने हुन्छ ।

ललितपुर महानगरपालिकामै पर्ने खोकना र बुङ्मतीलाई युनेस्कोले केही वर्ष पहिले विश्व सम्पदा क्षेत्रका लागि सम्भावित स्थानको सूचीमा राखेको थियो । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result