Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

दरबार हाइस्कूल पुनःनिर्माण शुरु

साउन १०, २०७५ ३:३६ मा प्रकाशित
दरबार हाइस्कूल पुनःनिर्माण शुरु
Share on FacebookShare on Twitter

काठमाडौँ, १० साउन / ऐतिहासिक दरबार हाइस्कूल १९ महिनामा नै सक्ने गरी आजदेखि पुनःनिर्माणको काम शुरु भएको छ ।

विसं २०७२ मा गोरखा भूकम्पले गर्दा पूर्ण रुपमा क्षति पुगेको स्कूल पुनःनिर्माणका लागि आजदेखि क्षति पुगेको संरचना भत्काएर सँगै पुनःनिर्माणको थालनी भएको हो । चीन सरकारको पूर्ण सहयोगमा चिनियाँ निर्माण कम्पनी सङ्घाई कन्सट्रक्सनले निर्माणको काम गर्नेछ । निर्माणमा पनि नेपाली कामदारसँगै चिनियाँ टोली सहभागी रहनेछन् ।
अबको १९ महिनामा नेपाल सरकारलाई हस्तान्तरण गर्ने गरी करीब रु ८० करोड लागतमा काम हुने विद्यालयका प्रधानाध्यापक बद्रीप्रसाद दाहालको बताउनुभयो । भूकम्पका कारण अतिप्रभावित १४ जिल्लाका एक एक र अन्य तीन जिल्लामा गरी १७ विद्यालय निर्माण गर्ने सहमति चिनियाँ सरकारसँग भएको छ । विसं १९१० मा राणाका छोराछोरी पठनपाठन गराउन तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाका पालामा सो विद्यालय स्थापना भएको थियो । लामो समय विसं १९६४ मा सर्वसाधारणका छोराछोरीलाई संस्कृत पढ्नका लागि मात्र खुला गरियो र २०४८ सालदेखि मात्र पूर्ण रुपमा सर्वसाधारणका विद्यार्थीका लागि खुला गरिएको हो ।

शुरुमा सो विद्यालयमा निःशुल्क पठनपाठन हुने गथ्र्याे । विसं २०३० मा राष्ट्रिय शिक्षा पद्धति ऐन लागू भएपछि विद्यालय जिल्ला शिक्षा कार्यालयमार्फत सञ्चालन हँुदै आएको छ । सबैभन्दा पुरानो विद्यालयको क्षेत्रफल झण्डै दश रोपनी छ । अब विद्यालयको निर्माण गर्दा बाहिरी आवरण यसअघिको जस्तै देखिए पनि आधुनिक निर्माण सामग्री प्रयोग गरिने बताइएको छ । निर्माण सामग्री केही चीनका र केही नेपालका पुनःनिर्माण गर्ने जनाइएको छ ।

अहिले झण्डै तीन सय विद्यार्थी कामपा–२७ मा पर्ने भानु माविमा अध्ययनरत छन् । हाल उनीहरुलाई वाल्मीकि विद्यापीठको खाली स्थानमा टहरा बनाएर पठनपाठन भइरहेको छ । पुरानो विद्यालय भए पनि पहिलेजतिको महत्व अहिले घटेको विद्यालय परिवारले स्वीकारेको छ । पहिले सम्पन्न परिवारका छोराछोरी अध्ययन गर्दै आए पनि पछिल्लो समय श्रमिकका छोराछोरी मात्र विद्यालयमा अध्ययन गर्न आउने गरेको प्राध्यापक दाहालको भनाइ छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अबको दुई वर्षमा भूकम्पका कारण क्षति पुगेका सबै विद्यालय निर्माण गरिसकिने बताउनुभएको छ । यसअघि काठमाडौँ महानगरपालिका र पुरातत्व विभागबीच नक्सापासको विषयमा कुरा नमिलेपछि काम अघि बढ्न सकेको थिएन । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रतिनिधि दिलीप श्रेष्ठले २०७२ सालको भूकम्पले गर्दा सात हजार ५०० विद्यालयमा क्षति पुगेको र हालसम्ममा तीन हजार ६०० निर्माण भइसकेको बताउनुभयो । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result