Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

प्रिन्ट मिडिया अनलाईन भन्दा निकै उत्तरदायी र लोकप्रिय छ : बरिष्ठ पत्रकार कबिर राणा

साउन १२, २०७५ ४:२७ मा प्रकाशित
प्रिन्ट मिडिया अनलाईन भन्दा निकै उत्तरदायी र लोकप्रिय छ : बरिष्ठ पत्रकार कबिर राणा
Share on FacebookShare on Twitter

न्यूयोर्क, अमेरिका, २६ जुलाई / नेपाल अमेरिका जर्नलिस्ट एसोसिएसन (नेजा)ले नेपालको राजनीतिक आन्दोलनमा योगदान पुर्याएका देशान्तर साप्ताहिकका प्रधान सम्पादक कबिर राणासंग भेटघाट तथा अन्तरक्रिया गरेको छ । गत आइतबार निर्वाचित नेजाको नयाकार्यसमितिले एक दिनका लागि मात्रै न्यूयोर्क आइपुगेका राणासंग भेटघाटको व्यवस्थापन मिलाएको हो । ज्याक्सन हाइटमा आयोजित अन्तरक्रियामा न्युयोर्कमा कार्यरत पत्रकार, गैर आवासीय नेपाली संघ अमेरिका र न्यूयोर्क च्याप्टरका प्रतिनिधि, बिभिन्न राजनीतिक दलका संगठनमा आवद्ध व्यक्ति र समाजिक अभियन्ताहरुको सहभागिता थियो ।
सहभागीहरुले नेपाली सञ्चारमाध्यम स्वतन्त्र र निश्पक्ष हुन नसकेको गुनासो गरेका थिए । पछिल्लो समय प्रविधिको विकाससंगै मौलाएको अनलाईन पत्रकारिताको अगाडि छापा सञ्चारमाध्यमको भविश्य जोखिममा पर्दै गएको अवस्थाबारे उल्लेख गर्दै छापा माध्यमको भविश्य कस्तो होला ? भन्ने सहभागीको जिज्ञासामा राणाले भने, ‘अझै पनि प्रिन्ट मिडिया अनलाईन भन्दा निकै उत्तरदायी र लोकप्रिय छ । अनलाईनमा अहिले राखेको समाचार तुरुन्तै हटाउन सकिन्छ । पत्रपत्रिका जति जिम्मेवार अनलाइन छैन । त्यसले कहिलेकाही पाठक र आम सर्बसाधारणलाई अफ्ठेरो पनि पारिरहेको छ । आफैले रेकर्ड राख्न सकिएन भने अन्यायमा परेकाहरुले न्याय पाउन निकै मुस्किल पर्छ । तर, पत्रपत्रिकामा छापिइसकेको कुरामा सम्पादक, सञ्चारमाध्यमका मालिक र पत्रकार संधै जिम्मेवार हुनुपर्छ । वर्षौ पछि पनि पत्रिका हेर्न र पढ्न मिल्छ ।’
राउण्ड टेवल कार्यक्रममा सहभागीका जिज्ञासालाई मेटाउदै राणाले पत्रकारलाई जिम्मेवार र उत्तरदायी बनाउन सिङ्गो समाज र व्यक्तिको हात हुने पनि बताए । नेपालको पत्रकारिता अझै पनि पूर्ण स्वतन्त्र र निश्पक्ष नभएको बताउदै सबैले मिसन पत्रकारिता गरिरहेको उल्लेख गरे । ‘तर, मिसन पत्रकाारिता गर्दैगर्दा कुनै व्यक्ति, संघसंस्था, राजनीतिक दल, समाज कसैप्रति पनि आग्रह पुर्वाग्रह राख्नुचाहि हुदैन,’ उनले भने । प्रवासको पत्रकारितामा आर्थिक विषयले महत्वपूर्ण अर्थ राख्ने भएकाले पूर्णकालिन पत्रकारिता गर्न निकै अफ्ठेरो र चुनौतूपूर्ण रहेको पनि उल्लेख गरे । थोरै समय छुट्याएर गरिने पत्रकारितामा नेपालको समाचार भन्दा यहीका स्थानीय समाचारलाई बढी प्राथमिकता दिन पनि उनको आग्रह थियो ।
अन्तरक्रियामा एनआरएनए अमेरिकाका महासचिव बिआर लामा, जनसंपर्क समिति अमेरिकाका पुर्व संयोजक बिष्णु सुबेदि, एनआरएनए आइसीसी सदस्या बन्दना कोइराला, नेजाका पुर्वमहासचिव किशोर पन्थी, नेजाका पुर्वकोषाध्यक्ष गिता पन्त, प्रजातान्त्रिक युवा फोरमका अध्यक्ष प्रमोद सिटौला, नेबिसंघ अमेरिकाका सभापति प्रभात सापकोटा, क्विन्स कम्युनिटि बोर्ड सल्लाहकार नवराज केसी, एनआरएनए अमेरिका न्यूयोर्क च्याप्टर अध्यक्ष रामहरि अधिकारि, गोर्खा समाजका सल्लाहकार खमलाल भट्ट, बाग्लुगं समाजका अध्यक्ष चन्द्र जिसि लागायतले पत्रकार र सामाजिक संस्थाको सम्बन्धको बारेमा आफ्ना धारणा राखेका थिए । कार्यक्रममा नेजाका नव नियुक्त पदाधिकारीहरु महासचिब किरणबाबु मरहठ्ठा, कोषाध्यक्ष मच्छे गुरुङ र पूर्व क्षेत्रीय संयोजक कल्पना घिमिरेको सहभागीता थियो ।

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result