Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

ठूला अस्पतालले नै सिधै मिसाउँछन् ढलमा फोहर पानी

साउन १४, २०७५ ११:२० मा प्रकाशित
Share on FacebookShare on Twitter

काठमाडौँ, १४ साउन / संघीय राजधानीका ठूला अस्पतालले नै फोहर पानी प्रशोधन नगरी सिधै सार्वजनिक ढलमा मिसाउने गरेको एक अध्ययनले देखाएको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले हालै काठमाडौँ उपत्यकाका अस्पतालमा भइरहेको फोहर व्यवस्थापन सम्बन्धमा गरेको स्थलगत अध्ययन प्रतिवेदनले सो विषय उजागर गरेको हो ।

विभागले अध्ययनका लागि उपमहानिर्देशक सफला श्रेष्ठको संयोजकत्वमा वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य विभाग, फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रका प्रतिनिधि र विभागका चार जना प्राविधिकसहितको समिति गठन गरेको थियो । समितिले नमूनागत रुपमा छनौट गरी उपत्यकाका निजामती कर्मचारी अस्पताल, तिलगंगा आँखा अस्पताल, ग्राण्डी इन्टरनेशनल हस्पिटल र बयोधा अस्पतालमा स्थलगत अनुगमन गरेको थियो ।

अध्ययनका क्रममा चार अस्पतालमध्ये ग्राण्डी अस्पतालमा मात्र फोहर पानी प्रशोधन केन्द्र सञ्चालनमा रहेको र त्यो पनि नियमित सञ्चालन नभएको देखिएको उपमहानिर्देशक श्रेष्ठले बताउनुभयो । निजामती अस्पतालमा फोहर पानी प्रशोधन केन्द्र रहेको भएपनि बिग्रिएकाले हाल सञ्चालनमा छैन् । अस्पतालबाट निस्कने फोहर पानी सिधै ढलमा मिसाउने गरिएको देखिन्छ ।

तिलगंगा आँखा अस्पतालमा फोहर पानी प्रशोधन केन्द्र निर्माण गरिएको छैन् । अस्पतालबाट निस्कने फोहर पानी सार्वजनिक ढलमा मिसाउने गरिएको देखिन्छ । फोहर पानीको नमूना संकलन गरी प्रयोगशालामा पठाउँदा त्यसमा मापदण्डभन्दा बढी फोहर पाइएको प्रतिवेदनमा जनाइएको छ ।

निजामती अस्पतालले दिनमा तीन पटक, तिलगंगा अस्पतालले दिनमा दुई पटक, ग्राण्डी अस्पतालले दिनमा दुई पटक र बयोधा अस्पतालले दिनमा चार पटक फोहर संकलन गर्ने गरेको प्रतिवेदनमा उल्लेख छ । सबै अस्पतालले फोहर निर्मलीकरणका लागि भने आवश्यक प्रशोधन उपकरण (अटोकेलेभ) राखिएको उपमहानिर्देशक श्रेष्ठले जानकारी दिनुभयो । चारै अस्पतालले फोहर व्यस्थापनको जिम्मा हाउस किपिङ विभागअन्तर्गत गरेको देखिएको छ ।

अस्पतालहरुले फोहर जलाउँदा सरकारले तोकेको मापदण्ड अनुरुपको तापक्रममा जलाउने नगरेको विभागका वातावरण निरीक्षक राजेश्वर पौडेलले जानकारी दिनुभयो । चारै अस्पतालमा केन्द्रीय फोहर संकलन स्थल भने रहेको देखिन्छ । साथै अस्पतालबाट उत्सर्जन हुने जोखिम र जोखिमरहित फोहरको प्लाष्टिकको बोराहरु मिसाएर नगरपालिकाले लैजाने गरेको देखिएको छ ।

उपत्यकामा बढ्दो जनसंख्या शहरीकरण प्रदूषणका कारण अस्पताल एवं स्वास्थ्य सेवाजन्य संस्थाहरुको संख्या बढ्दै गइरहेको छ । यस्ता अस्पतालबाट सामान्य फोहर मात्र नभइकन हानीकारक फोहर पनि निष्कासन हुने गर्दछ । हानीकारक फोहरको उचित व्यवस्थापन नभएमा यसले मानव स्वास्थ्य एवं वातावरणमा गम्भीर असर गर्दछ ।

आठ उद्योगलाई कारवाही

वातावरण विभागले गत आर्थिक वर्षमा १३८ उद्योग तथा औद्योगिक प्रतिष्ठानमा प्रदूषण नियन्त्रणसम्बन्धी अनुगमन गरी वातावरणीय मापदण्ड पूरा नगरेका आठ उद्योग तथा प्रतिष्ठानलाई कारवाही गरेको छ ।

विभागले हुलास स्टिल उद्योग प्रालि (बारा), श्रीकृष्ण आयल रिफाइनरी प्रालि (बारा), विष्णु टेक्सटायल प्रालि (बालाजु), काठमाडौँ दुग्ध वितरण आयोजना (बालाजु), अरनिको आबुखैरेनी सिमेन्ट प्रालि (तनहुँ), हारती एग्रिगे्रट प्रालि (तनहँु), कमला रोलिङ मिल्स प्रालि (मोरङ) र युनाइटेड ब्रुअरी प्रालि (मकवानपुर) प्रत्येकलाई रु ५० हजारका दरले जरिवाना गरेको जनाएको छ ।

यस अवधिमा विभागले ११६ आयोजना, उद्योग तथा औद्योगिक प्रतिष्ठानमा प्रारम्भिक वातावरणीय परीक्षण तथा वातावरणीय प्रभाव मूल्यांकनसम्बन्धी अनुगमन गरेको सिनियर डिभिजनल केमिष्ट शंकरप्रसाद पौडेलले बताउनुभयो । विभागले १५ उद्योग एवं औद्योगिक प्रतिष्ठानलाई कारवाहीका लागि मन्त्रालयमा सिफारीस गरिएको, एकको बयान लिइएको र ५४ लाई सुधारका लागि सुझाव दिइएको विभागले जनाएको छ । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result