Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

पत्रकारले दुई देशबीच सम्बन्ध सेतुका रुपमा काम गर्नु पर्छ : सभापति गोबिन्द आचार्य

साउन १४, २०७५ २:१३ मा प्रकाशित
पत्रकारले दुई देशबीच सम्बन्ध सेतुका रुपमा काम गर्नु पर्छ : सभापति गोबिन्द आचार्य
Share on FacebookShare on Twitter

ड्यालस (टेक्सस) – अमेरिकामा रहेका नेपाली समुदायले सञ्चारमाध्यमबाट तथ्यपूर्ण र समाजका लागि उपयोगी सामग्रीको अपेक्षा राखेका छन् । नेपाल अमेरिका पत्रकार संघ (नेजा) को नवनिर्वाचित कार्यसमितिले आइतबार आयोजना गरेको अन्तरकृया तथा परिचयात्मक कार्यक्रममा स्थानीय नेपाली समुदायका अग्रजहरुले प्रवासमा नेपाली पत्रकारिता कठिन भएको उल्लेख गर्दै यसमा संलग्न सबैप्रति आभार व्यक्त गरेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघका सभापति गोविन्द आचार्यले अमेरिकाका नेपाली सञ्चारकर्मीहरुले पेशागत हकहित भन्दा पनि दुई देशबीच सम्बन्ध सेतुका रुपमा काम गर्न आव्हान गरे । ‘नेजा अमेरिकामा नेपाल पत्रकार महासंघको आधिकारिक संस्था हो, नेजासँगको सम्बन्ध सदा सुमधुर छ र रहिरहनेछ,’ आचार्यले भने ।
नेजा महासंघको आधिकारिक संस्था रहेको बताउँदै आचार्यले भने, ‘महासंघ र नेजाको सहकार्यमा यहाँको व्यावहारिक ज्ञान सञ्चारमाध्यमद्वारा आमनेपालीसमक्ष पुर्याउन आवश्यक छ।’ साथै, महासंघको नीति–निर्माण कार्यमा नेजालाई सहभागी गराउन पहल गर्ने पनि अध्यक्ष आचार्यले बताए ।
यसैगरी, व्यवसायीले मिडिया सञ्चालकलाई आफ्नो हातमा लिने गरेकाले पत्रकारले निष्पक्ष समाचारमा लेखे पनि प्रकाशन-प्रसारणबाट वञ्चित हुनुपर्ने अवस्था रहेको अध्यक्ष आचार्यले
बताए । पत्रकारबाट निष्पक्षभन्दा पनि रङका आधारमा समाचार आउने गरेको अन्तक्र्रियाका सहभागीको जिज्ञासाको जवाफ दिने क्रममा आचार्यले सोकुरा बताएका हुन् ।
नेजालाई नेपालमा कार्यरत पत्रकारहरुको निम्ति पुरस्कारका साथै नीतिगत रुपमा पनि सहकार्य गरेर अघि बढ्न सभापति आचार्यले आव्हान गरे । उनले विदेशमा बस्ने नेपालीहरुले शरिर यहाँ भएपनि मन र मुटुमा नेपाललाई राखेको आफुले महसुस गरेको उल्लेख गर्दै कसैले विदेशमा रहेका नेपालीलाई आलोचना गर्छ भने त्यो बुझ्दै नबुझि गरेको ठहरिने बताए ।
त्यस अवसरमा नेजाका निवर्तमान अध्यक्ष भोला आचार्यले टेक्सस नेपाली समुदायको सबैभन्दा आकर्षणको क्षेत्र भएकोले समाचारको हिसाबले पनि त्यतिनै महत्वपूर्ण स्थानका रुपमा चिनिएको
उल्लेख गरे ।
कार्यक्रममा एनआरएन अमेरिकाका वरिष्ठ उपाध्यक्ष सुनिल साहले नेजासँग हातेमालो गर्दै अघि बढ्न आतुर रहेको उल्लेख गर्दै नयाँ नेतृत्वबाट एनआरएनले अमेरिकामा रहेका नेपाली समुदायको हितका लागि धेरै अपेक्षा राखिएको बताए ।
नेजामा गत साता नयाँ पदाधिकारी चयन भएपछि ड्यालसमा पहिलो पटक आयोजित कार्यक्रममा स्थानीय संघसंस्थाका नेतृत्वकर्ताहरुको सहभागिता थियो । ‘अमेरिकामा नेपाली पत्रकारिता निकै कठिन कार्य हो, तरपनि कठिनाईका बाबजुद जति साथीहरु यसमा संलग्न हुनुहुन्छ उहाँहरु धन्यवादको पात्र हुनुहुन्छ,’ नेपाली समाज टेक्ससका अध्यक्ष सुमन थापाले भने । थापाले तथ्यलाई तोडमोड गरेर समाचार प्रकाशित गर्दा विश्वसनीयता गुम्ने भएकोले त्यसतर्फ सचेत हुन पनि पत्रकारहरुलाई सुझाव दिए ।
कार्यक्रमको सञ्चालन नेजाका सचिव सुरज भण्डारीले गरेका थिए । कार्यक्रममा क्षेत्रीय संयोजक रामचन्द्र भट्टले स्वागत मन्तव्य व्यक्त गर्दै अमेरिकामा नेपाली सञ्चारकर्मीहरुले मिडिया मार्फत सामुदायिक सेवा गरिरहेको उल्लेख गरे ।
कार्यक्रममा गत साता सियाटलमा भएको नेजाको छैठौं अधिवेशनको क्रममा प्रदान गरिएको ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ महासंघका सभापति आचार्यबाट ड्यालसका पुराना पत्रकार
सुरेशचन्द्र पोखरेललाई हस्तान्तरण गरियो । पोखरेल सियाटलमा अनुपस्थित भएका कारण आइतबार हस्तान्तरण गरिएको हो । नेजामा सुरुबाटै आवद्ध पोखरेलले नेपालमा पनि झण्डै डेढ दशकसम्म पत्रकारिता गरेका थिए । त्यसैको सम्मानस्वरुप अवार्ड प्रदान गरिएको नेजाले जनाएको छ ।
कार्यक्रममा ड्यालस र वरिपरिबाट थुप्रै नेपाली सामुदायिक संघसंस्थाका नेतृत्वकर्ताहरुको सहभागिता थियो । त्यस अवसरमा एनआरएन अमेरिकाका सचिव होमनाथ गौतम, बोर्ड अफ डाइरेक्टरहरु डा. अर्जुन बञ्जाडे, कृष्ण लामिछाने, अमृत (सुरेश) कट्टेल, एनआरएन टेक्ससका अध्यक्ष भानु खरेल, एनआरएन अमेरिकाका पूर्ब उपाध्यक्ष राम सी पोखरेल, प्रवासी मञ्चकी उपाध्यक्ष यमुना भट्टराई, जनसम्पर्क समिति ड्यालस फोर्टवर्थका सभापति ज्ञानेन्द्र कार्की, सचिव दिनेश शर्मा, युएनएका संस्थापक पासाङ लामा, एएनएका महासचिव विजयराज भट्टराई, एनआरएनका युवा संयोजक स्वराज खाती, एनआरएन अमेरिकाका मिडिया संयोजक बाल जोशी, ड्यालस एभरेष्ट लायन्स क्लबका पूर्ब अध्यक्षहरु शिव काफ्ले र केशव लामिछाने, नर्थ ड्यालस नेपाली समाजका बादल भुजेल, नेप्लिज अमेरिकन चेम्बरका उपाध्यक्ष सुरज पौडेल, पत्रकार सुशील चौधरी लगायतको सकृय सहभागिता थियो ।
त्यस अवसरमा पत्रकार महासंघका सभापति आचार्यले नेपाली समुदायका तर्फबाट नेपाली मिडियाका बिभिन्न पक्षका बारेमा राखिएको जिज्ञासाको जवाफ पनि दिएका थिए ।
कार्यक्रमको सभापतित्व गरिरहेका नेजाका उपाध्यक्ष विकासराज न्यौपानेले आउँदो दुई वर्षे कार्यकालमा नेजालाई पत्रकारको मात्र संस्था हो भन्ने परिचयबाट माथि उकालेर यो पनि अमेरिकाको नेपाली समुदायको हित हेर्ने एउटा सामुदायिक संस्था हो भनेर परिचय दिनेतर्फ नयाँ टीमले योजना बनाएको उल्लेख गरे । त्यसै अनुरुप पहिलो सामुदायिक अन्तरकृया ड्यालसबाट सुरु गरिएको उनले जानकारी दिए ।

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result