Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

गोसाइँकुण्ड मेला व्यवस्थापन उपसमिति गठन

साउन २१, २०७५ २:५६ मा प्रकाशित
गोसाइँकुण्ड मेला व्यवस्थापन उपसमिति गठन
Share on FacebookShare on Twitter

रसुवा, २१ साउन /
साढे तीन करोड तीर्थ जति छन् सम्पूर्ण संसारमा
बस्छन् गैकन नीलकण्ठ दहमा आएर जनैपूर्णिमा
मेला लाग्छ भव्य वर्ष दिनको यद्यपि यही कुण्डमा
जान्छन् सज्जन ती नुहाउन सबै विश्वास लिई धर्ममा ।(डा सत्यराज थपलिया)

आगामी भदौ १० गते जनैपूर्णिमामा लाग्ने गोसाइँकुण्ड मेला व्यवस्थित रुपले सम्पन्न गर्न आज विभिन्न उपसमिति गठन भएका छन् ।
गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार स्वास्थ्य, सरसफाइ, दर निर्धारण, आर्थिक व्यवस्थापन, वातावरण प्रचारप्रसारसमेतका नौ उपसमिति गठन भएका छन् । समुद्री सतहदेखि १४ हजार १०० फिटको उचाइमा रहेको गोसाइँकुण्ड जिन्दगीमा एक पटक भए पनि जानैपर्ने धार्मिक मान्यता छ । यस वर्ष १५ हजार भक्तजनको आगमन हुने अनुमान गरिएको छ ।

काठमाडौँबाट गोसाइँकुण्डसम्म जाने बाटामा काठमाडौँ–त्रिशूली बजार–धुञ्चे, सुन्दरीजल–हेलम्बु र काठमाडौँ–नर्जा–यार्सा छन् । मोटरबाटो भने काठमाडौँ–धुञ्चेसम्म मात्र छ । भक्तजनलाई भोज र बासस्थानका लागि पूर्वतयारीमा रहनलाई व्यवसायीलाई आग्रह गरिएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ । स्थायी होटल कम भएकाले यथेष्ट रुपमा अस्थायी छाप्राको निर्माण गर्न पनि भनिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय रसुवाको अगुवाइमा हिमालय उद्धार संघलगायत विभिन्न संस्थाले प्राथमिक उपचारको प्रबन्ध मिलाउने अध्यक्ष डिएमले बताउनुभयो ।
जनै पूर्णिमाको दिन सम्पूर्ण देवदेवताले कुण्डमा बास लिने मान्यता छ । सो दिन कुण्डमा स्नान गरी पूजाआजा गर्नाले रोगव्याधि हट्ने तथा सुखशान्ति मिल्ने धार्मिक विश्वास रहेको पुरोहित टंकप्रसाद ढकालले बताउनुभयो ।

रसुवाको नीलाद्री पहाडको हिमशिखरमा विराजमान भगवान् शङ्कर गोसाइँबाबाको दर्शनार्थ दशहरा तथा भाद्र शुक्ल पुत्रदा एकादशीदेखि जनैपूर्णिमासम्म लाग्ने मेलाका लागि गोसाइँकुण्डमा श्रद्धालु तीर्थालुको हरेक वर्ष निकै भीड लाग्छ ।

पौराणिक कथनअनुसार समुद्रमन्थन गर्दा कालकूट विष निस्केको र त्यसले संसार दग्ध गर्न आँटेकाले देवताहरुको आग्रहमा महादेव सो विष पिईँ सबै प्राणीजगत्को रक्षा गरेका थिए । विषको असरले डाहा भएपछि शीतलता खोज्दै शङ्करले गोसाइँकुण्डमा विश्राम लिएको जनविश्वास छ । त्यसैले उहाँको दर्शनार्थ हरेक वर्ष दशहरा र जनैपूर्णिमामा गोसाइँकुण्ड पुगी नीलकण्ठ दहमा स्नान गरेर पूजाराधना गर्ने चलन छ ।

कुण्डमा अहिले पनि शिव विराजमान रहेको बताइन्छ । गोसाइँकुण्डको पूजाराधना गर्नाले आफ्नो मनोकांक्षा पूरा हुने जनविश्वास छ । काठमाडौंको गँगबु बसपार्कबाट नुवाकोटका त्रिशूली, ढुङ्गे, उत्तरगया (वेत्रावती), धैबुङ, कालिकास्थान हुँदै धुञ्चेसम्म एकदिनको मोटरयात्रा र त्यहाँबाट एक दिनको पैदलयात्रापछि भक्तजन सुलाद्रि पहाड, चन्दनबारी हुँदै नीलाद्रीको फेदीमा अवस्थित पौराणिक महत्वको गोसाइँकुण्ड पुग्ने गरेका छन् ।

गोसाइँकुण्डमा भाद्र शुक्ल पूर्णिमाको दिन पूजाराधना र पितृ तर्पण गर्नाले दिवङ्गत पितृको आत्मालाई शान्ति मिल्ने विश्वाससमेत रहिआएको छ । गोसाइँकुण्ड यात्रामा जाँदा चिकित्सक तथा कविराजहरु यस्तो सल्लाह पनि दिने गर्छन् –
रित्तो पेट नराखौँ छिनछिनै खानु रुचेको जति
लागे चक्कर केही लिएर हरियो सुँघ्नु सफा कागती
वीरेनून, मरीच, ज्वानो, अदुवा यद्वा कुनै पाचक
खानु पेट दुखे कि त लसुन नै चपाउनु बेस छ ।रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result