Friday, June 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

साफ यू–१५ महिला फूटबल : नेपाल सेमिफाइलमा

साउन २८, २०७५ ३:४७ मा प्रकाशित
साफ यू–१५ महिला फूटबल : नेपाल सेमिफाइलमा
Share on FacebookShare on Twitter

काठमाडौँ, २८ / भुटानमा जारी दोस्रो यू–१५ साफ च्याम्पियनसीप महिला फूटबलअन्तर्गत आज आफ्नो दोस्रो खेलमा नेपाल बंगलादेशसँग ३–० गोलले पराजित भएको छ ।

बंगलादेशसँग पराजित भए पनि नेपालले सेमिफाइनलको यात्रा भने तय गरेको छ ।

भर्खरै थिम्पुमा सम्पन्न समूहचरणको अन्तिम खेलमा नेपाल पराजित भएको हो । बंगलादेशको जितमा पहिलो हाफको इन्जुरी समय (४६औँ मिनेट)मा तोहुरा खातुनले गोल गरिन् ।

त्यस्तै ५१औँ मिनेटमा मारिया मान्डा र ६७औँ मिनेटमा सजिदा खातुनले एक÷एक गोल गर्दै ३–० को अग्रता कायम गर्न सफल भए । त्यसपछि खेलमा गोल हुन सकेन र बंगलादेशले खेल ३–०ले जित्यो ।

हारका बाबजूद समूह बीको उपविजेता बन्दै नेपाल सेमिफाइलन प्रवेश गरेको छ भने दुवै खेल जितेको बंगलादेश समूह विजेता बन्दै सेमिफाइनल पुगेको छ ।

यसअघि शनिबार भएको पहिलो खेलमा नेपालले पाकिस्तानमाथि ४–० को फराकिलो जित हासिल गरेको थियो ।

त्यस्तै समूह ‘ए’ बाट भारत र भुटान सेमिफाइनलमा पुगेका छन् । सेमिफाइलनमा नेपालले आगामी सोमबार भारतको सामना गर्नेछ भने भूटानले बंगलादेशको सामना गर्नेछ ।

प्रीति राईको कप्तानीमा रहेको नेपाली टोलीमा गोलकिपर सावित्री किसान, पूजा थापा, करिना धिमाल, डिफेन्डर खुस्मा राई, पुष्पा गुरुङ, सुरक्षा सिंह, सरिष्मा थामामगर, सलोनी रानामगर, सरिता न्यौपाने, सविना चौधरी र मनमाया परियार छन् । मिडफिल्डरमा सुष्मा तामाङ, रिया बानु, मनिषा विष्ट, सविता रानामगर, पुनम घिमिरे, अस्मिता चौधरी, सरस्वती हमाल र फरवार्डमा रजनी थोकर, निकिता थोकर, चन्द्रा भण्डारी र अनुष्का शेर्पा छन् ।

मुख्य प्रशिक्षकमा गंगा गुरुङ, प्रशिक्षकमा श्याम मानन्धर र गोलकिपर प्रशिक्षक विनोद महर्जन टोलीमा छन् ।

कलाकार भेट्रानको विजयी शुरुआत

कलाकार भेट्रानले खुला भेट्रान कप सिक्स ए साइड फूटबल प्रतियोगितामा आज विजयी शुरुआत गरेको छ ।

चाबहिल स्पोर्टस् क्लबद्वारा आयोजित प्रतियोगिताको उद्घाटन खेलमा कलाकारले सजन स्मृतिलाई ५–० गोलले पराजित ग¥यो । विजयी टिमका लागि ‘म्यान अफ द म्याच’ मरिचमान श्रेष्ठ र हरि डाँगीले २–२ तथा डम्बर नेपालीले १ गोल गरे ।

एसियन इन्टरटेन्मेन्ट एण्ड जुना फिल्मस्को मुख्य प्रायोजनमा भएको प्रतियोगिताको अर्को खेलमा बनेपाले टुसाललाई ४–१ गोलले हरायो । बनेपाका विक्रम श्रेष्ठले दुई तथा प्रदीप धगौडा र अनिश श्रेष्ठले १–१ गोल गरे । विक्रम ‘म्यान अफ द म्याच’ चुनिए । टुसालका प्रज्ज्वल गुरुङले सान्त्वना गोल गरे । विजेता दुवै टोली क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

भदौ २ गतेसम्म हुने नकआउट प्रतियोगितामा १४ टिम सहभागी छन् । विजेताले रु एक लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने छन् ।

यसअघि प्रतियोगिताको प्रतिनिधिसभाका सांसद गगन थापाले उद्घाटन गर्नुभएको थियो ।

अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणको तयारी

काठमाडौँ, २८ साउन (रासस) ः सरकारले सातै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण यसै वर्षबाट गर्ने भएको छ ।

सरकारको पाँच महिने कार्यप्रगति विवरणमा प्रदेश नं. १ को इटहरी, प्रदेश नं. २ को जनकपुर, ३ को हेटौंडा, गण्डकी प्रदेशको पोखरा, ५ को दाङ, कर्णाली प्रदेशको सुर्खेत र प्रदेश नं. ७ को धनगढीमा आधुनिक सुविधा सम्पन्न रंगशाला निर्माण यसै वर्षबाट शुरु गर्ने उल्लेख छ । रंगशाला निर्माणको थालनी गर्न जग्गा पहिचान भइसकेको जनाएको छ ।

यस वर्ष जग्गाको पहिचान गर्ने र अर्को वर्षदेखि निर्माण शुरु गरिने कार्यप्रगतिमा उल्लेख छ । त्यसैगरी भक्तपुरको सूर्यविनायक नगरपालिका–९ र १० तथा सोही स्थानसँग जोडिएको चाँगुनारायण नगरपालिकाको वडा नं ८ र ९ मा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गरिनेछ । रासस

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result