सानफ्रानसिस्को/ २५ अगष्ट
तामाङ कोओपरेशन सोसाइटी क्यालिफोर्नियाले आज बक्र्लि मरिनामा समर पिकनिकको आयोजना ग¥यो । नेपाली स्वादको सेल रोटी, अचार, पकुवा मासु, बारवेक्यू पिकनिकको मुख्य आकर्षण थियो ।
तामाङ कोओपरेशन समाजका संस्थापक अध्यक्ष रत्तु लामा, पूर्व अध्यक्ष प्रकाश लामा, नर्थ अमेरिका तामाङ सोसाइटीका उपाध्यक्ष शेर लामा, मिडिया कोर्डिनेटर निमा पाख्रिन लगायत तामाङ समुदायका दुई सय भन्दा बढी व्यक्तिहरूको सहभागिता रहेको अध्यक्ष कुमार दोङ्गले बताए ।
पिकनिकमा न्यान्सका अध्यक्ष रविन्द्र राई, एनसीसीका संयोजक उत्तम कार्की, मदरल्याण्ड नेपालका अध्यक्ष अनिल पाण्डे, सङ्गीतकार मदन दिब्विम, गायक वुद्धिसागर बस्याल, अग्रज राजनीतिज्ञ तथा समाजसेवी विद्यासागर योञ्जन लगायत विभिन्न संघ संस्थाका पदाधिकारीहरूको समेत सहभागिता थियो । तामाङ समुदायको उत्थान, धर्म संस्कार–संस्कृतिको जगेर्ना, आपसी सद्भाव ,सहयोग र सहकार्यका लागि स्थापित तामाङ कोओपरेशन सोसाइटीले अमेरिकामा विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ । गत साता सानफ्रानसिस्कोमा सम्पन्न धार्मिक महोत्सवमा पनि तामाङ समाजको सक्रिय सहभागिता रहेको थियो । तामाङ कोओपरेशन सोसाइटी क्यालिफोर्नियाका अध्यक्ष कुमार दोङ्ग धार्मिक महोत्सवका सह संयोजक साथै वाद्यवादन समूहमा बसेर सक्रिय सहभागिता जनाएका थिए ।
तस्बिर: अनिल पाण्डेको फेसबुकवालबाट











प्रतिक्रिया लेख्नुहोस्:-