Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

पठन संस्कृतिमा कमी

भदौ १५, २०७५ १:५५ मा प्रकाशित
पठन संस्कृतिमा कमी
Share on FacebookShare on Twitter

पोखरा, १५ भदौ ९ / बढ्दो मोबाइलको प्रयोग र पठन संस्कृतिको कमीले पुस्तकालयमा पढ्न जाने पाठकको सङ्ख्या घट्दै गएको छ । प्रविधिका कारण जुनसुकै स्थान विशेषमा नै आवश्यक पर्ने पाठ्यवस्तु मोबाइलमा प्राप्त गर्ने क्रमसँगै दिनानुदिन युवा पुस्तामा देखिएको पठन संस्कृतिको हसका कारण पुस्तकालयमा गरिएको लगानीको अपेक्षित उपयोग हुनसकेको छैन ।

नेपालमा औपचारिक पुस्तकालय स्थापना प्रारम्भ गरेको दुई शताब्दी पार भइसके पनि राज्यले समेत पुस्तकालय क्षेत्रलाई अझै प्राथमिकतामा राख्न नसकेको सरोकारवाला बताउँछन् ।

विसं १८६९ भदौ १५ गते तत्कालीन राजा गीर्वाणयुद्ध वीर विक्रम शाहले लालमोहर जारी गरी ‘पुस्तक चिताइ तहबिल’ को स्थापना गरेका थिए । त्यहीँ मितिलाई आधार मानेर २०६५ सालदेखि नेपालमा जनस्तरमा पुस्तकालय दिवस मनाउन थालिएको थियो । आठौंँ स्थापना दिवसदेखि भने राज्यस्तरमा नै शिक्षा सचिवको संयोजकत्वमा मनाउन थालिएको छ ।

पोखरा सार्वजनिक पुस्तकालयका सहसचिव सूर्य क्षेत्रीका अनुसार पछिल्ला वर्षमा पुस्तकालयप्रेमीको विशेष सक्रियतामा यस दिनलाई ऐतिहासिक उपलब्धिको रूपमा स्मरण गर्दै विभिन्न कार्यक्रमका साथ मनाउने गरिएको छ ।

दिवसका अवसरमा पुस्तकालय तथा सूचना विज्ञानका क्षेत्रमा भएका गतिविधि एवं पुस्तकालयको आवश्यकताबारे जानकारी गराउने, देशभर पुस्तकालयको स्थापना, संरक्षण र विकासमा सहयोग पु¥याउने अभियान नै थालिएको छ । प्रविधिप्रतिको बढ्दो मोह र युवा पुस्तामा पढ्ने बानी कमी हुँदै जाँदा पुस्तकालयमा पाठकको सङ्ख्या अपेक्षितरुपमा बढ्न नसकेको क्षेत्रीको भनाइ छ ।

पोखरामा पहिलोपटक २००९ सालमा हालको पोखरा महानगरपालिका–१३ कुँडहरस्थित ‘अरण्यज्योति’ पुस्तकालय स्थापना भएको थियो । पुस्तकालयको गरिमा र महत्वलाई निरन्तरता दिन यसलाई थप व्यवस्थित बनाउने लक्ष्यका साथ आवश्यक तयारी भइरहेको व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पुस्तकालयमा हाल सात हजार ५०० पुस्तक छन् भने विद्युतीय पुस्तकालयको अवधारणा समेतका आधारमा इमेल इन्टरनेट सुविधासहित १४ वटा कम्प्युटर राखिएको छ । पुस्तकालयलाई व्यवस्थित बनाउने सोचका साथ काम थालिएको बताउँदै उहाँले युवामा पुस्तकालय जानुपर्छ, सिक्नुपर्छ भन्ने भावनाको विकास गराउनु आवश्यक भएको बताउनुभयो ।

पुस्तकालयको आफ्नो ऐतिहासिकताको प्रचारप्रसार एवं सर्वसाधारणलाई पुस्तकालय गएर पढ्ने बानीको विकासका लागि वडा नं १३ अन्तर्गतका ४१ वटा टोल विकास संस्थामा घुम्ती पुस्तकालय सेवा सञ्चालनको तयारी गरिएको भण्डारीले बताउनुभयो । पोखराका क्याम्पस तथा विद्यालयमा रहेका पुस्तकालयका अतिरिक्त सामुदायिक रुपमा हाल सञ्चालनमा आएका महेन्द्रपुलस्थित पोखरा सार्वजनिक पुस्तकालय, भण्ढारढिकस्थित दीपशिखा सामुदायिक पुस्तकालय, रामबजारस्थित ज्ञानज्योति पुस्तकालय, मालेपाटनस्थित शहीद स्मृति पुस्तकालय आदि सञ्चालनमा छन् ।

महेन्द्रपुलस्थित पोखरा सार्वजनिक पुस्तकालयमा १३ हजार पुस्तक सहित ५० भन्दा बढी अनुसन्धानात्मक पत्रपत्रिका एवम् जर्नल पढ्न पाइन्छ । विद्युतीय पुस्तकालयको अवधारणा समेतका आधारमा सञ्चालित यस पुस्तकालयमा बालबालिकालाई पुस्तकालय जाने बानीको विकास गर्न खेलौनालगायतको व्यवस्था पनि गरिएको छ । देशभर निजी तथा सामुदायिक, विभिन्न विश्वविद्यालय तथा अन्य सङ्घसंस्थाका गरी करीब ४० हजार पुस्तकालय रहेको अनुमान छ ।

नेपालमा पुस्तकालय सेवा शुरु भएको दुई सय वर्षपछि सरकारी तबरबाट ‘पुस्तकालय तथा सूचना सेवा राष्ट्रिय नीति–२०६४’ र ‘पुस्तकालय तथा सूचना व्यवस्थापन निर्देशिका–२०६९’ जारी गरी त्यस अनुरुप व्यवस्थित रुपमा पुस्तकालयको संरक्षण र विकासको पहल थालिएको पाइन्छ ।

पुस्तकालय व्यक्तित्व विकासको महत्वपूर्णस्थल भएको बताउने नेपाल पुस्तकालय सङ्घका केन्द्रीय अध्यक्ष अशोक थापा पछिल्लो समयमा पठन संस्कृतिमा देखिएको हस गम्भीर चासो र चिन्ताको विषय भएको धारणा राख्नुहुन्छ । पछिल्लो पुस्ता सूचना प्रविधिमैत्री बनेको बताउँदै उहाँले समयको मागअनुरुप पुस्तकालयलाई व्यस्थित गर्नुका साथै प्रविधिमा आधारित विद्युतीय पुस्तकालयको अवधारणालाई आत्मसात गर्नुपर्नेमा जोड दिनुभयो ।

पुस्तकालयको उचित व्यवस्थापनले पनि पाठकलाई आकर्षित गर्ने बताउँदै थापाले पाठकलाई पुस्तकालय जाउँ÷जाउँ भन्ने वातावरण तयार गर्नुपर्ने उल्लेख गर्नुभयो । “युवा पुस्ताले चाहेको प्रविधिमैत्री पुस्तकालय व्यवस्थापनका साथै घर, विद्यालय, शैक्षिक संस्था एवं समग्र समुदाय नै उनीहरूको पठन संस्कृतिको विकासमा जुट्नु अपरिहार्य छ,”–उहाँले थप्नुभयो ।रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result