Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

तुलसा बन्नुभयो सफल उद्यमी

भदौ १९, २०७५ १:४१ मा प्रकाशित
तुलसा बन्नुभयो सफल उद्यमी
Share on FacebookShare on Twitter

दाङ, १९ भदौ / तुलसीपुर उपमहानगरपालिका–६ मोतिपुरकी ५५ वर्षीया तुलसा बुढामगर व्यावसायिक रुपमा च्याउखेती गरेर एक सफल उद्यमी महिलाको रुपमा आफूलाई चिनाउन सफल हुनुभएको छ । डेढ दशकदेखि सो पेशा अङ्गालेकी उहाँले अहिले च्याउ उद्योग खोलेर चार जनालाई रोजगारी दिनुका साथै वार्षिक रु सात लाख बचत गर्न सफल हुनुभएको छ ।

शुरुका वर्षमा गङ्गामाला च्याउ समूह खोलेर च्याउखेतीको शुरुवात गरेकी उहाँले अहिले आफनै च्याउ प्रशोधन केन्द्रसमेत सञ्चालन गर्नुभएको छ । चौध वर्ष स्वयंसेविका भई सेवा गर्नुभएकी तुलसा जिल्ला भ्रमणमा गएको बेलामा चितवनमा गरेको च्याउखेती देखेपछि आफू यसतर्फ आकर्षित भएको बताउनुन्छ ।

विसं २०६० मा आफूले पहिलोपटक गाउँका ११ जना महिलालाई आबद्ध गराएर गङ्गामाला च्याउ समूह गठन गरी गाउँमा एक कच्ची घर भाडामा लिएर सामूहिक च्याउखेती शुरु गरेको उहाँले सुनाउनुभयो । तीन वर्षसम्म समूहबाट भएको आम्दानीले गाउँमा एक कठ्ठा जमीन किनेर महिलाले आफ्नै श्रमदान र लगानीले पक्की घर बनाएर अहिले समूहमा आवद्ध महिला त्यसमा च्याउखेती गरिरहेका छन् ।

उहाँले भन्नुभयो, “अहिले भने आफूले आफ्नै च्याउ उद्योग तथा प्रशोधन केन्द्र सञ्चालनमा ल्याएकी छु । जिल्लामा हुने प्रायः सबै ठाउँमा च्याउखेतीको बारेमा तालीम दिन प्रशिक्षक भएर जाने गरेकी छु ।” रु तीन लाखबाट आफ्नो निजी च्याउ उद्योगको शुरुवात गरेको बताउने उहाँले अहिले झण्डै रु एक करोड मूल्य बराबरको लगानी गरेर पक्की घर तथा च्याउखेतीको लागि आवश्यक सामग्री जोड्नसमेत सफल हुनुभएको छ ।

उहाँलाई उत्कृष्ट महिला उद्यमी भनि साना तथा मझौला उद्योगबाट निःशुल्क रुपमा च्याउ प्रशोधन मेसिनसमेत प्राप्त भएको छ । “शुरुशुरुमा गाउँघर, छरछिमेक तथा आफन्तले महिला भएर पनि कति दिनभरि बाहिर डुल्छे घरमा कहिलै नबस्ने भन्दै उहाँलाई नराम्रो दृष्टिकोणले कुरा काटेको सुन्दा उहाँको मन खिन्न हुन्थ्यो । ‘‘तर पनि ती कुरालाई कुनै महत्व दिइन” उहाँले भन्नुभयो ।

मनमनै सोच्थे म पनि कुनै दिन मेहनत गरेर एक सक्षम महिला उद्यमी हुन्छु, आर्थिक रुपमा आफै आत्मनिर्भर हुन्छु विगतका दिनलाई स्मरण गर्दै उहाँ भन्नुहुन्छ । दुई सन्तानकी आमा र सामान्य लेखपढ गरेकी तुलसालाई उहाँका श्रीमान्को साथ सहयोग भने सधैँ नै रहेको छ ।

तुलसाले जिल्ला तथा केन्द्रीयस्तरका पुरुस्कारसमेत प्राप्त गरिसक्नु भएको छ । यसपटक पनि उहाँलाई तुलसीपुर उपमहानगरपालिले केही दिन अगाडि उत्कृष्ट महिला उद्यमी भनि पुरस्कृत गरेको थियो । कृषि विकास कार्यालय दाङ, लघुउद्यम कार्यालय दाङले पनि उहाँलाई सहयोग गदै आएको छ ।

अहिले उहाँले उत्पादन गर्ने ताजा च्याउ, च्याउको अचार, सुकुटी दाङ तथा जिल्ला बाहिरका ठूलाठूला शहरमा जाने गरेको छ । तर उहाँको अबको चाहना आफूले उत्पादन गरेको सामग्री अन्तर्राष्ट्रिय बजारसम्म प¥ुयाउने रहेको छ । उहाँले बजारका लागि सबैसँग सहयोगको अपेक्षा समेत गर्नुभएको छ ।

अहिले उहाँले ताजा च्याउप्रति केजी रु १८० देखि २०० सयसम्म, सुकुटी गराएको च्याउ प्रतिकेजी २५० देखि २८० सम्म र अचारप्रति केजी रु ४०० देखि रु ५०० मा बिक्री गदै आउनुभएको छ ।

सेवाग्राही उहाँको उद्योगमा च्याउ किन्न आफै जाने गरेका छन् । कडा परिश्रम पनि गर्न नपर्ने, स्वास्थ्यको दृष्टिकोणले पनि फाइदाजनक मानिने च्याउखेती यहाँ लोकप्रिय छ । उहाँ भन्नुहुन्छ, “धेरै महिला तथा पुरुष अहिले बेरोजगारी भए भन्दै विदेश जाने गर्नुहुन्छ । आफनै गाउँठाउँमा थोरै लगानीमा यस्ता आयआर्जनमूलक व्यवसाय गरे यही आत्मनिर्भर हुन सकिन्छ ।”

उहाँ भन्नुहुन्छ, “मेहनतका साथ काम गर्नेहो भने स्वदेशमा नै राम्रो आम्दानी गर्न सकिन्छ ।” सधँै चुलो चौकामा मात्र सीमित रहने परम्परालाई तोड्दै उहाँले गरेको कामको सिको अरु महिलाले पनि गर्ने हो भने महिलाको आर्थिक सशक्तीकरणमा ठूलो टेवा पुग्दछ । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result