Monday, May 4, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

प्रवासमा तीजको रमझम: ह्युस्टनमा ‘तीज विशेष’ कार्यक्रम सम्पन्न

भदौ २५, २०७५ ८:०३ मा प्रकाशित
प्रवासमा तीजको रमझम: ह्युस्टनमा ‘तीज विशेष’ कार्यक्रम सम्पन्न
Share on FacebookShare on Twitter

ह्युस्टन, टेक्सस, सेप्टेम्वर १०

प्रवासमा नेपालीहरुको जनघनत्व बढेसंगै नेपाली धार्मिक तथा साँस्कृतिक चाड-पर्वहरु मनाउने क्रम पनि बढिरहेको छ। गत हप्ता देखि नै अमेरिकाका बिभिन्न शहरहरुमा नेपाली समुदायले तीज मनाएको समाचार र तस्वीरहरुले सामाजिक संजाल नै भरिएको छ। तीजको दर खाँदै सांस्कृतिक पहिरनमा सजिएर छमछमी नाच्ने अवसर ह्युस्टन, टेक्ससका नेपाली नारीहरुले पनि छोड्ने त कुरै भएन। ग़ुल्मी समाज ह्युस्टनले नेपाली समुदायका महिलाहरुलाई हिजो आइतबार एक विशेष कार्यक्रमको आयोजना गरेर नेपाली नारीहरुको ठूलो चाड् ‘तीज’ मनाउन सहयोग गरेको थियो। प्रवासमा चाड-पर्वहरु चाडपर्वका नजिकैका सप्ताहन्त पारेर सामूहिकरुपमा मनाउने प्रचलन रहेकाले ह्युस्टनमा पनि तिजपर्वको अगाडि नै सामूहिक दरखाने कार्यक्रम राखिएको आयोजक गुल्मी समाजले जानकारी गराएको छ।

मादलको तालमा मौलिक तीज-गीतका साथै चर्चित तीज-गीतहरु बजाएर तीजको पहिरनमा सजिएका सयौं नेपाली महिलाहरुले धोको फुकाएर नाचेको आयोजकहरुले जनाएका छन्। अधिक वर्षाले आवागमनमा पारेको अवरोधको समेत वास्ता नगरेर ह्युस्टनका  नेपाली महिलाहरुले गुल्मी समाजको स-शुल्क दर कार्यक्रममा उल्लेखनीय सहाभागिता जनाएको आयोजकहरुले बताएका छन्।गुल्मी समाजको तीज विशेष कार्यक्रममा एलिमेन्ट्रीस्तरमा पढिरहेका र त्यसभन्दा माथिल्लो स्तरको विद्यालय अध्ययन गरिरहेका नानीहरुको लागि प्रतियोगितात्मक नृत्य समेत आयोजना गरिएको, समाजका सचिव लक्ष्मण भण्डारीले दूरबिन नेपाललाई जानकारी गराए।

प्रतियोगितामा एलिमेन्ट्री समूहबाट यूनिशा अर्याल प्रथम भइन्। सदिक्षा रिमाल र स्तुती ज्ञवाली द्वितीय भए भने दृष्टी शर्मा तृतीय भइन्। यसैगरी मिडल/हाइस्कुल समूहबाट कृती सापकोटा उत्कृष्ट ठहरिइन्। संयुक्त नृत्य प्रस्तुत गरेका सिमुन खरेल र अस्मिता घिमिरे द्वितीय भए भने जाइका भण्डारी र अनिशा पोख्रेल तेश्रो भए। 

डा. मधु ज्ञवाली, पवन सुवेदी, दिपक ओली, राजु थापा र निशा भण्डारी रहेको मूल्याँकन समितिले प्रतियोगी नृत्यागंनाहरुको मूल्याँकन गरेको जानकारी सचिव भण्डारीले गराए। 

स्थानीय ताजहलमा भएको र करीब २५० जनाको सहभागिता रहेको कार्यक्रम संचालन गुल्मी समाजका सचिव लक्षण भण्डारीले गरेका थिए। यसैगरी समाजका अध्यक्ष भिष्म मरासिनीले सहभागीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए।  उत्कृष्ट प्रतियोगी नृत्यांगनाहरुलाई अध्पुयक्ष मरासिनी र उपाध्यक्ष रामकृष्ण सापकोटाले पुरस्कार र प्रमाण-पत्र वितरण गरेका थिए। तीज मनाउन नेप्लिज एशोसियसन अफ ह्युस्टन, नेप्लिज हेरिटेज यूनियन तथा केरियटिभ नेप्लिज सोसाइटी लगाएतका संघसंस्थाहरुको समेत सहयोग रहेको जानकारी आयोजकहरुले गराएका छन्।

परदेशमा देशलाई चिनाउने भने कै भाषा र संस्कृतिले हो भन्ने बुझेका प्रवासका नेपाली संघसंस्थाहरु आजकल नेपाली सांस्कृतिक केन्द्र, मन्दिर बनाउन कै लागि आर्थिक सहयोग जुटाउन महापुराण लगाउने देखि चन्दा संकलन अभियान चलाउने होड्बाज़ी नै गरिरहेका देखिन्छन्। डालास, लसएन्जलस र ह्युस्टनका नेपाली समुदायले आफ्नै नेपाली सामुदायिक भवन र नेपाली मन्दिर बनाईसकेका छन् भने न्यूयोर्क, बोस्टन, कोलोराडो तथा सानफ्रान्सिस्कोका नेपाली समुदायले पण्डित दिनबन्धु पोखरेलको बाचनमा महापुराण लगाएर उधारो मै भए पनि लाखौं सहयोग राशीको प्रतिबद्धता जुटाएगा छन् र नेपाली सामुदायिक भवन र मन्दिर बनाउने अभियान शुरु गरिसकेका छन्।

आफ्नो समुदायको बाक्लो उपस्थिति भएका प्राय सबै देशहरुमा अचेल नेपालीहरुले आफ्नो धार्मिक र साँसकृतिक चाड्पर्वहरु भव्यताका साथ मनाउने चलन शुरु भएको छ। यस्ता चाड्पर्वहरु मनाउने चलनले प्रवासमा जन्मे-हुर्केका बालबालिकाहरुलाई समेत नेपाली भाषा, धार्मिक-साँस्कृतिक चाड्पर्व प्रति लगाव बढाउन मद्दत मिल्ने आयोजकहरुले बताएका छन्। आफ्ना बालबालिकाहरुलाई अभिभावकहरुले नेपाली समुदायले आयोजना गर्ने सबैखालको कार्यक्रमहरुमा सहभागि गराउन सके पछिल्लो नेपाली पुस्ताले पनि प्रवासमा नेपाली भाषा-संस्कृतिको प्रबर्द्धन गर्न सघाउन सक्ने विश्वास नेपाली समाजका अगुवाहरुको रहेको छ।

फोटो फिचर:

तस्वीर: साहित्यकार बिटु केसी र गुल्मी समाज ह्युस्टन

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result