Tuesday, June 30, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

दुर्लभ सर्प कालीनाग भएको पुष्टि

भदौ २६, २०७५ २:१५ मा प्रकाशित
Share on FacebookShare on Twitter

पर्वत, २६ भदौ / यहाँ पहिलो पटक भेटिएको दुर्लभ वन्यजन्तु किङ कोब्रा अर्थात् कालीनागलाई संरक्षण क्षेत्रमा लगिएको छ ।
कुश्मा नगरपालिका वडा नं १० पीपलटारीस्थित सिमखेतमा गत शनिबार भेटिएको सर्प सर्प संरक्षक महेन्द्र कातिलाको पहलमा संरक्षण क्षेत्रमा लगिएको हो ।
संरक्षण सूचीमा रहेको अत्यन्तै दुर्लभ अनि संसारकै विषालु राजगोमन अर्थात् कालीनागले समेत चिनिने किङ कोब्रा ११ फिट लम्बाइ तथा साढे ९ किलोग्राम तौलको छ । उक्त सर्पलाई पोखराबाट आएका तीन प्राविधिक कातिला, रोशन गिरी र रवीन्द्र विश्वकर्मा तथा डिभिजन वन कार्यालय पर्वतबाट खटिनुभएका चूडामणि बराल, गोविन्द पौडेल र ईश्वर पुरीले कालीनाग भएको पुष्टि गरेका थिए ।

जिल्लामै पहिलो पटक यति ठूलो सर्प अहिलेसम्म देखिएको थिएन । उक्त सर्पलाई प्राविधिकले उपयुक्त बासस्थानमा छाडिएको बताएका छन् । शनिबार बस्ती नजीकैको बारीमा देखिएको उक्त सर्प आइतबार बिहान स्थानीयवासी चक्रपाणि सुवेदीको घरको कोठामा बसिरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो । यस क्षेत्रमा हालसम्म नदेखिएको सर्प अर्को सर्पलाई खाँदै गरेको अवस्थामा शनिबार अपराह्न ३ बजे स्थानीयवासीले बारीमा देखेका थिए । यस क्षेत्रमा पाइने अर्को सर्पलाई झण्डै चार घण्टा लगाएर त्यसले खाएको थियो ।
तराई क्षेत्रमा पाइने सो प्रजातिको सर्प कसरी यस क्षेत्रमा आइपुग्यो भन्ने अनुसन्धान गर्नुपर्ने सर्प संरक्षक कातिलाले बताउनुभयो । साना र सामान्य खालका सर्प मात्र देखिने गरेको क्षेत्रमा ठूलो प्रजातिको सर्प घरभित्रै पसेपछि स्थानीयवासी त्रसित बनेका थिए । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result