Tuesday, June 30, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

यसपालि बालगोपालेश्वरको दर्शन गर्न नपाइने भो

भदौ ३१, २०७५ ३:०४ मा प्रकाशित
यसपालि बालगोपालेश्वरको दर्शन गर्न नपाइने भो
Share on FacebookShare on Twitter

काठमाडौँ, ३१ भदौ / पुनःनिर्माण हुन नसक्दा यस वर्ष पनि सर्वसाधारणले रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरको दर्शन गर्न नपाउने निश्चित भएको छ ।
गोरखा भूकम्प भएको तीन वर्ष बितिसक्दा पनि काठमाडौँ महानगरपालिका पुरातत्व विभागबीच सकारात्मक छलफल हुन नसक्दा निर्माणको कामले गति लिन सकेको छैन । यसअघि काठमाडौंँ महानगरपालिकाले मन्दिरसहित रानीपोखरीको पुनःनिर्माण गर्दा विभागले बालगोपालेश्वर मन्दिर गुम्बज शैलीमा बनाएको र निर्माणका क्रममा सिमेण्ट प्रयोग गरेको भन्दै विवाद सिर्जना भएपछि निर्माणको सम्पूर्ण काममा रोक लगाएको थियो ।
कामपाले व्यापारिक दृष्टिकोणले सोहीअनुरुप पोखरी क्षेत्रको निर्माण शुरु गरे पनि आधुनिक निर्माण सामग्री प्रयोग गरेको भन्दै चौतर्फी विरोध आएपछि शुरु गरिएको निर्माण रोकिएको हो । विसं २०७२ माघ महीनामा राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीमा पुनःनिर्माणको शुभारम्भ गर्नुभएको थियो । उक्त मन्दिर हरेक वर्ष तिहारमा भाइटीकाको दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्छ । मन्दिरमा दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइले भाइटीका गर्छन् ।
कामपा, भौतिक पूर्वाधार तथा पुनःनिर्माण विभागका प्रमुख राम थापाले यसअघि पुनःनिर्माणका क्रममा प्रयोग भएको आधुनिक निर्माण सामग्री पनि हटाइसकेको हुनाले अब छिटो निर्माणको काम गर्ने तयारी भइसकेको जानकारी दिनुभयो । थापाका अनुसार अहिले पोखरी निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ, अबको केही दिनमा बोलपत्रको समय सकिन्छ र आवश्यक सहमतिपछि निर्माण शुरु गरिन्छ ।
केही दिनअघि राष्ट्रिय पुनःर्मिाण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पबाट क्षतिग्रस्त सम्पदाको पुनःनिर्माण गर्दा प्राचीन शैली र ऐतिहासिक महत्वलाई कायम राख्न आवश्यक भएको बताइसक्नुभएको छ ।
भूकम्प जाँदाको बेला पोखरीको स्वरुप जस्तो थियो सोहीअनुरुप निर्माण छिटो गर्न समय समयमा सम्पदाप्रेमी र राजनीतिक दलका प्रतिनिधिले ज्ञापनपत्र पनि पेश गरेका छन् । पुनःनिर्माणलाई प्रभावकारी र सहज बनाउनका लागि गत पुस १३ गते विज्ञ समूह गठन गरिएको थियो । उक्त विज्ञ समूहले कामपालाई प्रतिवेदन बुझाउने क्रममा प्रताप मल्लकालीन शैलीमा निर्माण गर्न कुनै समस्या नहुने भन्दै सोहीअनुरुप निर्माण गर्न सुझाव दिएको थियो ।

प्रताप मल्लका छोरा चक्रवर्तेन्द्रको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराइएको शिलालेखमा उल्लेख छ । पोखरीको बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो । पोखरीको निर्माण करीब पाँच वर्षभित्र अर्थात् विसं १७२५ मा सम्पन्न भएको थियो र विसं १७२७ मा शिलापत्र राखिएको थियो । नेपाल संवत् ८११ मा सो पोखरीलाई न्हुरपुखुर (न्हुपुखु) भनिएको छ जसको अर्थ नयाँ पोखरी भन्ने हुन्छ । रानीको शोक हटाउन बनाइएका हुनाले बोलीचालीमा यसलाई रानीपोखरी नै भन्ने गरिएको छ ।

बालगोपालेश्वर मन्दिरको स्वरुप ग्रन्थकूट शैलीको थियो । यसको प्रमाण हाल मन्दिरको चारैतर्फको प्रवेशद्वारमा राखिएको ढुङ्गाद्वारा निर्मित संघारले पनि पुष्टि गर्छ । उक्त कुरा प्राप्त पुरानो मन्दिरको शैलीको रेखाचित्रबाट पनि प्रष्ट हुन्छ । पोखरीमा १०८ तीर्थको जल हालिएको इतिहासकार बताउँछन । प्रताप मल्लले निर्माण गर्दा पोखरीको चारैतिर चार मन्दिर स्थापना गर्न लगाएको पाइन्छ । सोमध्ये उत्तरपश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर, उत्तरपूर्व कुनामा भैरवको मन्दिर, दक्षिणपूर्व कुनामा देवीको मन्दिर र दक्षिणपश्चिममा सोह्रहाते गणेश स्थापना गरेको देखिन्छ । पोखरीको दक्षिण भागमा प्रताप मल्ल आफ्ना छोराहरुसहित चढेको सेतो हात्तीको मूर्ति पनि छ । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result