Tuesday, June 30, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

कामको दायरा बढाउँदै हुलाक

अशोज २३, २०७५ ११:१४ मा प्रकाशित
कामको दायरा बढाउँदै हुलाक
Share on FacebookShare on Twitter

घोराही, २३ असोज / कुनै समय चिठीपत्र मात्रै बोक्ने हुलाकले हिजोआज अन्य विभिन्न काममा आफ्नो सेवा विस्तार गरेको छ ।

पहिले चिठीपत्र र पार्सल बोक्ने मात्रै होइन हुलाकले हिजोआज हुलाक बचत बैंक, धनादेश सेवा (घरमै पैसा पु¥याउने), पोस्ट बक्स सेवा, लोकसेवा आयोगको दर्खास्त फारम सङ्कलनको काम, पत्रपत्रिका, रेडियो,टेलिभिजन दर्ता, नवीकरण, पत्रपत्रिका पु¥याउने पठाउने गरिरहेको छ ।

त्यत्ति मात्र होइन नेपाल सरकारले हुलाक कार्यालयको नेतृत्वमा प्रत्येक सरकारी कार्यालयमा सूचना अधिकारी भए÷नभएको, भए पनि आफ्नो जिम्मेवारीअनुसारको काम गरे÷नगरेको र प्रत्येक तीन महीनामा सरकारी कार्यालयले प्रगति प्रतिवेदन तयार पारे÷नपारेको अनुगमन गर्ने जिम्मा दिएको छ । पछिल्लो समय इन्टरनेटको कारण व्यक्तिबीचको कुराकानी सहज भएपछि हुलाकमा चिठीपत्र पठाउने ह्वात्तै घटेका छन् तर हुलाकको कामको सीमा क्षेत्र भने बढेको हुलाक कार्यालयको भनाइ छ ।

“व्यक्तिगत चिठीपत्र मात्र घटेका हुन्”, जिल्ला हुलाक कार्यालय दाङका प्रमुख बस्नेतले भन्नुभयो, “सरकारी र सङ्घसंस्थाको चिठी पहिलेभन्दा धेरै आउँछ ।” अहिले दाङमा एउटा प्रदेशस्तरीय हुलाक कार्यालय, १४ इलाका हुलाक सेवा र ३० अतिरिक्त हुलाक सेवा सञ्चालनमा छन् । जिल्लाभरि करीब स्थायी, करार र अतिरिक्त गरी १८० कर्मचारी खटिएका छन् । यति धेरै कर्मचारी हुँदा पनि हुलाकले कर्मचारी अभावको महसुस गरिरहेको छ ।

हुलाक कार्यालयका अनुसार दैनिक २०० देखि ५०० सम्म पत्रपत्रिका पु¥याउनुपर्छ भने ४० देखि ८० सम्म सङ्घसंस्था र सरकारी कार्यालयका चिठी हुन्छन् । आर्थिक वर्ष २०७४÷७५ मा मात्र हुलाकले रु ५६ लाख ७५ हजार राजश्व सङ्कलन गरेको छ । हुलाक टिकट बिक्री, पार्सल भुक्तानी, रेडियो रोयल्टी, पत्रिका, नवीकरण, केबुल नवीकरण तथा रोयल्टी, टेलिसेन्टरको आम्दानी, काउन्टर मशिनको आम्दानी, एफएम रेडियो लाइसेन्स नवीकरण र अन्य प्रशासनिक सेवाबापतको उक्त राजश्व सङ्कलन गरेको हो ।

१४४ आँै हुलाक दिवस

यसैबीच सरकारले यस वर्षको १४४ आँै विश्व हुलाक दिवस विभिन्न कार्यक्रमको आयोजना गरी असोज २२, २३ र २४ गते मनाउन मातहतका कार्यालयलाई निर्देशन दिइएको बुझिएको छ । “समावेशी विकास समुन्नत अर्थतन्त्रको लागि सुदृढ हुलाक’ भन्ने मुख्य नाराका साथ यस वर्षको हुलाक दिवस मनाइन लागिएको छ । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result