Tuesday, June 30, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

बालबालिकालाई रकम र साइकल वितरण

कार्तिक १२, २०७५ १०:४४ मा प्रकाशित
बालबालिकालाई रकम र साइकल वितरण
Share on FacebookShare on Twitter

इनरुवा, १२ कात्तिक / सुनसरीसहित विभिन्न जिल्लाका विपन्न बालबालिकालाई एक मुस्लिम गैरसरकारी संस्थाले आइतबार सहायता अनुदान रकम वितरण गरेको छ ।

सुनसरी सदरमुकाम इनरुवामा एक कार्यक्रमको आयोजना गरेर सुनसरीसहित विभिन्न जिल्लाका २६० अनाथ, टुहरा, अपाङ्गता बालबालिकालाई प्रति व्यक्ति रु चार हजारका दरले रकम वितरण गरिएको हो ।

हिदायत एजुकेशनल एण्ड वेलफेयर ट्रष्ट नेपाल सुनसरीको आयोजना र कतार च्यारिटी नेपालको सहयोगमा २६० बालबालिकालाई सहायता रकम वितरण गरेको आयोजक संस्थाका हजरत हुसेनले जानकारी दिनुभयो ।
कार्यक्रममा सुनसरी, मोरङ, झापालगायतका गरी ७५ अनाथ बालबालिका र १८५ विपन्न, गरीब, दलित अपाङ्गता भएका बालबालिकालाई सहायता रकम वितरण गरिएको हो ।
उक्त संस्थाले २५ विपन्न, गरीब, दलित अपाङ्गता भएका बालबालिकालाई साइकल समेत वितरण गरेको छ ।
विद्यालय अध्ययन गर्न टाढाबाट आउने बालबालिकालाई कठिनाइ हुने भएकाले त्यो समस्याबाट मुक्त गर्नका लागि २५ बालबालिकालाई साइकल वितरण गरेको बताइएको छ ।
साइकल वितरण कार्यक्रममा इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता, वडा नम्बर २ का अध्यक्ष सुरेन्द्र यादव (श्रवण), वडासदस्य रञ्जेस भट्टराईलगायतको सहभागिता रहेको थियो ।

विद्यार्थी बालबालिकाले साइकल र रकम पाएपछि खुशी भएका थिए । साइकल र रकम अभावका कारण आफूहरुलाई अध्ययन अध्यापन गर्नका लागि समस्या हुने गरेकामा अब राहत भएको विद्यार्थी बालबालिकाले बताएका छन् ।
हिदायत एजुकेशनल एण्ड वेलफेयर ट्रष्ट नेपाल सुनसरीले अनाथ, विपन्न, गरीब, दलित, अपाङ्ग, वृद्धवृद्धा, एकल महिलालगायतलाई लक्षित गरेर विभिन्न दातृ निकायको सहयोगमा विभिन्न किसिमको सामग्री वितरण गर्दै आएको छ । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result