Tuesday, June 30, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

गैँडा संरक्षण गर्न फुटबल प्रतियोगिता

कार्तिक १४, २०७५ १०:३६ मा प्रकाशित
Share on FacebookShare on Twitter

नवलपरासी, १४ कात्तिक / एकसिङ्गे गैँडा संरक्षण गर्नुपर्ने सन्देश प्रभाव गर्न पूर्वी नवलपरासीमा ‘राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ । सो प्रतियोगिता बिहीबारदेखि अगामी कात्तिक २९ गतेसम्म मध्यविन्दु नगरपालिका–२ कोल्हुवामा हुनेछ ।

प्रतियोगितामा नवलपरासी, चितवन, रुपन्देही, कास्की, काडमाडौँ, पाल्पा, मकवानपुर तथा विभागीयसहित १२ टिमको सहभागिता रहने आयोजक भाउजु मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दोमनबहादुर भण्डारीले जानकारी दिनुभयो । वर्षेनी एकसिङ्गे गैँडा संरक्षणका लागि चितवन राष्ट्रिय निकुञ्ज नन्दभाउजु मध्यवर्ती उपभोक्ता समितिले प्रतियोगिता सञ्चालन गर्दै आएको छ । प्रतियोगिताको विजेताले रु चार लाख ९९ हजार ५५५ पुरस्कार तथा आन्तरिक पर्यटन विकास गर्न होमस्टे भ्रमणका लागि रु ५१ हजार तथा उपविजेताले रु दुई लाख ५० हजार ५५५ पुरस्कार प्राप्त गर्नेछ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई रु १० हजार र सर्वाधिक गोलकर्तालाई रु १० हजार प्रदान गरिनेछ । गँैडा संरक्षणका साथै वन, वन्यजन्तु संरक्षणमा युवाको सहभागिता बढाउन, खेलकूद र पर्यापर्यटनको समिश्रण गरी आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिँदै आएको आयोजक संस्थाले जनाएको छ ।

शैक्षिक महोत्सव

अनाथ र विपन्न समुदायका बालबालिकालाई माथिल्लो तहसम्मको शिक्षा दिने उद्देश्यले पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–१ सेतापानीमा धनधान्याञ्चल गीताज्ञान विज्ञान शैक्षिक महोत्सव गरिने भएको छ । आगामी मङ्सिर ३ गतेदेखि ११ गतेसम्म शान्ति आधारभूत विद्यालयमा उक्त महोत्सव हुनेछ । अनाथ, असहाय र अति विपन्न विद्यार्थीलाई आवासीय सेवा सुविधासहित निःशुल्क शिक्षा प्रदान गर्ने उद्देश्यले सो महोत्सव सञ्चालन गर्न लागिएको हो ।

यज्ञबाट सङ्कलित रकम विद्यालयको शैक्षिक सुधार तथा भौतिक पूर्वाधार विकासमा खर्च गरिने सो विद्यालयका प्रधानाध्यापक दधीराम सापकोटाले जानकारी दिनुभयो । दुई सय ६५ विद्यार्थी अध्ययनरत सो विद्यालयमा तीन शिक्षकको मात्र दरबन्दी छ । यज्ञबाट करीब रु तीन करोड सङ्कलन हुने अनुमान गरिएको छ भने करीब रु ३५ लाख खर्च हुने आयोजकले जनाएको छ । निजी स्रोतका १० शिक्षक कार्यरत सो विद्यालयले वार्षिकरूपमा रु १७ लाख आर्थिक भार आन्तरिक स्रोतबाट व्यवस्थापन गर्दै आएको छ । यज्ञमा चैतन्य कृष्ण गुरु महाराजजीले प्रवचन दिनुहुने छ । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result