Tuesday, June 30, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

केदारनाथ मेला शुरु

कार्तिक २७, २०७५ १०:३३ मा प्रकाशित
केदारनाथ मेला शुरु
Share on FacebookShare on Twitter

अछाम, २७ कात्तिक ९ / लगातार १० दिनसम्म चल्ने अछाम जिल्लाकै सबैभन्दा ठूलो केदारनाथ मेला सोमबारबाट शुरु भएको छ । कात्तिक शुक्ल पञ्चमीदेखि चतुर्दशीसम्म केदारनाथ देवताको पूजाआजा गरी मनाइने मेलालाई ‘जामाको जात्रा’ नामले पनि पुकारिने गरिन्छ ।

जिल्लाको कमलबजार नगरपालिका–७ जामा गाउँमा लाग्ने यस मेलाले छुट्टै महत्व बोकेको यस क्षेत्रका जानकार बताउँछन् । लगातार १० दिनसम्म केदारनाथ र छडाल देवताको धेवर लगाई त्रयोदशीका दिन खला नाच्ने छडाल देवताका धामी झङ्करे ढोलीले बताउनुभयो ।

यस वर्ष तिथिको घटबढका कारण मङसिर ५ गते खला नाच्ने र ६ गते केदारमाडाँैमा होम गरिने पुजारी मनिराम खतिवडाले जानकारी दिनुभयो । डोटेली संस्कृतिमा आधारित देवता नाच हेर्न छिमेकी डोटी, सुर्खेत, दैलेख र कैलाली जिल्लासमेतबाट दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ ।

अछाममा १० दिनसम्म लाग्ने एकमात्र ऐतिहासिक महत्वको केदारनाथ मेलाको यस क्षेत्रमा महत्व थप बढ्दै गएको स्थानीयवासी बताउँछन् । केदारनाथ देवताको पूजापाठ गर्दा अन्न, सन्तान र पशुलाभ हुने धार्मिक एवं ऐतिहासिक विश्वास रहिआएको केदारनाथका मूलधामी इन्द्रे कामीले बताउनुभयो ।

धार्मिक तथा सांस्कृतिक महत्वका यस्ता चाडपर्वको प्रचारप्रसार गरी पर्यटकलाई आकर्षण गर्न सके यस क्षेत्रको विकासले गति लिनसक्ने भन्दै यसतर्फ स्थानीय सरकार र सरोकारवालाले ध्यान दिनुपर्ने स्थानीय भीम खतिवडाको भनाइ छ ।

देउसी भैलोको रकम विद्यालयलाई

अछामको चौरपाटी गाउँपालिका–२ सोकटमा विद्यालयको स्तरोन्नतिका लागि खेलिएको देउसी भैलो कार्यक्रमबाट रु पाँच लाख छ हजार सङ्कलन भएको छ । आठ सय २० जना विद्यार्थी अध्ययनरत दशपल्ले माविको कक्षा १२ सम्म सञ्चालन गर्न तथा विद्यालयको अवस्था सुधार गर्ने उद्देश्यसहित सोकटका स्थानीय सरोकारवाला, शिक्षक, विद्यार्थी अभिभावक मिलेर सामूहिक रुपमा देउसी भैलो खेलेर उक्त रकम सङ्कलन गरेका हुन् ।

चौरपाटी गाउँपालिकाका सबै वडाका टोल टोल, स्थानीय बजार र जिल्लाको मुख्य व्यापारी केन्द्र साँफेबगरमा वडाबाट चार टोली विभाजन गरी देउसी भैलो खेलिएको थियो । सङ्कलित रकमले विद्यालयको भौतिक अवस्था सुधारका लागि पहल गरिने स्थानीय झंकर साउदले बताउनुभयो । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result