Tuesday, June 30, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

दुल्लु महोत्सवः ‘आफ्नो मूलतिर फर्कौंँ’

कार्तिक २९, २०७५ १:०८ मा प्रकाशित
Share on FacebookShare on Twitter

दुल्लु, २९ कात्तिक / सम्पदाको खोज अनुसन्धान गर्न दैलेख आइपुगेको विज्ञ टोलीले सिंजा साम्राज्यको शीतकालीन राजधानी दुल्लुमा पुगेर ‘आफ्नो मूलतिर फर्कौं’ भन्ने नारासहित घोषणापत्र जारी गरेको छ ।

विज्ञ टोलीले दुल्लु सांस्कृतिक महोत्सव तथा बृहत् वाङ्मय सङ्गोष्ठी घोषणापत्र २०७५ जारी गर्दै साविकको मध्यपश्चिम (हाल कर्णाली र प्रदेश नं ५) नेपाली भाषा । नेपाली संस्कृतिको उद्गम थलो तथा थुप्रै नेपाली जाति एवं पैतृक भूमि रहेको उल्लेख गरेको छ । वर्तमान कर्णाली प्रदेशको सिंजा उपत्यका नेपाली भाषाको मूल थलो रहेको बताउँदै घोषणापत्रमा भनिएको छ “यस भाषाको पहिलोलगायत सबैजसो पुराना अभिलेख सिंजा साम्राज्यको शीतकालीन राजधानी दुल्लुमा पाइनाले नेपाली भाषा र यससँग सम्बन्धित संस्कृतिको आदिम थलो मध्यपश्चिम रहेको स्पष्ट हुन्छ ।”
लोकसाहित्य (कविता, लोकगीत, लोककथा, लोकनाटक, लोकगाथा, उखान टुक्का) एवं मूर्त अमूर्त लोकसंस्कृति (लोकबाजा, लोकनाच, लोकपरम्परा, लोककला र पुरातत्त्व) का दृष्टिले यो क्षेत्र नेपालमै अग्रस्थानमा रहेको घोषणापत्रमा उल्लेख छ ।

यस क्षेत्रकोे भाषिक, भौगोलिक, प्राकृतिक, साहित्यिक, सांस्कृतिक, सामाजिक, ऐतिहासिक एवं पुरातात्त्विक गरिमाबाट राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा परिचित बनाउन मध्यपश्चिमाञ्चल साहित्य परिषद्ले यसअघि विभिन्न गतिविधि गर्दै आएको छ । विसं २०६७ मा बाँकेमा सम्पन्न राष्ट्रिय साहित्य महोत्सव हुँदै २०६९ जेठ ३१ र असार १ गते नेपाली भाषाको पहिलो अभिलेख प्राप्त भएको स्थान दुल्लुमा सम्पन्न बृहत् राष्ट्रिय साहित्य सम्मेलनदेखि मध्यपश्चिमाञ्चल साहित्य परिषद्ले आयोजना गरेको दुल्लु सांस्कृतिक महोत्सव तथा वाङ्मय सङ्गोष्ठीलाई भाषिक र साहित्यिक अभियानकै निरन्तरता रहेको बताइएको छ ।

घोषणापत्रमा राज्य पुनःसंरचनाको ऐतिहासिक पहलका कारण मध्यपश्चिमाञ्चलको अस्तित्व पुनःसंरक्षित भएकाले यस क्षेत्रको विशिष्टतालाई जगेर्ना गर्न आवश्यक रहेको उल्लेख छ । यस्तै दुल्लुमा रहेको धार्मिक, सांस्कृतिक, साहित्यिक, पुरातात्त्विक, भाषिक र पर्यावरणीय विविधता तथा भाषा, साहित्य, कला, संस्कृति एवं इतिहासको अध्ययन, अनुसन्धान, लेखन, प्रकाशन र प्रदर्शनमार्फत मौलिक पहिचानको संरक्षण गरी साझा नेपाली संस्कृतिको प्रवद्र्धनमा योगदान दिने विज्ञले घोषणा गरेका छन् ।

दैलेख र दुल्लुमा रहेका मूर्तअमूर्त सम्पदा जोखिममा परेको र यिनका बारेमा जान्ने र ब्याख्या गर्ने व्यक्तिको कमी हुँदै गएको बताउँदै त्यस्ता सम्पदा संरक्षणका लागि प्रदेश र सङ्घीय सरकारलाई प्रभावकारी योजना बनाउन अनुरोध गरिने विज्ञटोलीले प्रतिबद्धता जनाएको छ । मध्यपश्चिमको संस्कृति ब्राह्मण, क्षेत्री, शिल्पी, मगर, थारू, अवधि भाषी समुदाय, राउटे, कुसुण्डा, खुना, गाइने, वादी, सोनाहा, दशनामी विविध जाति जनजाति र तिनको भाषा एवं संस्कृतिको समुदायबाट निर्मित रहेको रहेको जनाउँदै घोषणापत्रमा भनिएको छ “त्यसको खोज अनुसन्धानका अनन्त सम्भावना छ, यहाँ रहेका मध्यपश्चिम विश्वविद्यालयलाई यस कार्यमा संयुक्त कार्यक्रम सञ्चालन गर्न अनुरोध गरिनेछ ।”

सरकारले पर्यटकीय महत्वका १०० स्थानको सूचीभित्र कर्णाली प्रदेशको पर्यटकीय क्षेत्र समावेश गरेकामा घोषणापत्रमा स्वागत गर्दै कर्णाली प्रदेश सरकारको भाषा, संस्कृति र पुरातात्त्विक महत्त्वका स्थलको संरक्षण र प्रचारप्रसारका अभियानमा आफूहरुले सहयोग गर्ने प्रतिबद्धता जनाइएको छ । पञ्चकोशी क्षेत्र, सिंजा साम्राज्यको शीतकालीन राजधानी दुल्लुका ऐतिहासिक पुरातात्त्विकस्थललगायत स्थललाई विश्व सम्पदा सूचीमा र मुगुको रारालाई रामसार सूचीमा समावेश गराउन प्रदेश सरकार र सङ्घीय सरकारसँग अनुरोध गरिने टोलीले जनाएको छ ।

यस्तै दामुपालको शाके ९०३ को नेपाली भाषाको प्राचीनताको निर्धारण प्रमाणीकरण गर्नुपर्ने तथा कर्णाली प्रदेशको मूलरुपलाई नेपाली भाषा र यसबाट जन्मेकालाई भाषिका भन्नुपर्ने घोषणापत्रमा उल्लेख छ । कर्णाली प्रदेशको इतिहास, संस्कृति लिखित एवं लोकसाहित्यको अनुसन्धान केन्द्र, प्रदेश र स्थानीय सरकार तथा प्राज्ञिक सङ्घसंस्थालाई सहभागी गराई विभिन्न विद्वान्को सहभागिताद्वारा सम्पन्न गरिने उक्त घोषणापत्रमा उल्लेख छ । दुल्लु घोषणापत्र २०७५ लाई कार्यान्वयन गर्दै मध्यपश्चिमका विभिन्न जिल्लामा साहित्यिक सांस्कृतिक मञ्चको स्थापनाका लागि प्रयत्नशील रहने विज्ञले प्रतिबद्धता व्यक्त गरेका छन् ।

संगोष्ठीमा राष्ट्रिय र स्थानीयस्तरका २०० कवि, लेखक र संस्कृतिकर्मीको सहभागिता थियो । संगोष्ठीमा चार कार्यपत्र प्रस्तुत गरिनाका साथै कविगोष्ठी पनि गरियो । नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा जगत्प्रसाद उपाध्यायले नेपाली कवितामा कर्णालीको स्थिति, प्रा डा डिल्लीराज शर्माले कर्णाली भेगका सांस्कृतिक सम्पदा र ती सांस्कृतिक सम्पदाको अभिव्यक्त हुने धार्मिक समन्वय, प्रा डा मधुसूदन गिरीले कर्णालीका लोपोन्मुख सम्पदा र डिल्लीराज पाण्डेले दैलेखको दुल्लु क्षेत्रमा रहेका संस्कृत र नेपाली भाषा अभिलेखका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

संगोष्ठीमा प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती तथा अन्य कवि, लेखक र संस्कृतिकर्मीले ‘आफ्नो मूलतिर फर्कौं’ भन्ने मूलनाराका साथ मध्यपश्चिमाञ्चल साहित्य परिषद्मार्फत ‘दुल्लु सांस्कृतिक महोत्सव तथा बृहत् वाङ्मय सङगोष्ठी, घोषणापत्र–२०७५’ सार्वजनिक गरेका हुन् ।

टोलीमा जगमान गुरुङ, जीवेन्द्रदेव गिरी, विष्णुविभु घिमिरे, केशव सुवेदी, राजाराम सुवेदी, राष्ट्रिय समाचार समितिका अध्यक्ष श्यामल, धनेश्वर नेपाललगायत विज्ञ सहभागी थिए । टोलीले दैलेख सदरमुकाम नजिकै भुर्तीमा रहेको पञ्चदेवल, बेलासपुर मन्दिर र कोतगढीको अवलोकन पनि गरेको थियो । यस्तै दुल्लूको नेपाली भाषाको पहिलो शिलालेख, तेह्रौँ शताब्दीका मूर्ति, देवल, खम्ब, पञ्चकोशी क्षेत्र, कृतिखम्ब, देवललगायत सम्पदाको अनुसन्धान गरिएको बताइएको छ ।रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result