Tuesday, June 30, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

चुरेमा दुर्लभ जन्तुको बासस्थान उजाडिँदै, जैविक सन्तुलनमा खलबली

कार्तिक ३०, २०७५ २:०३ मा प्रकाशित
चुरेमा दुर्लभ जन्तुको बासस्थान उजाडिँदै, जैविक सन्तुलनमा खलबली
Share on FacebookShare on Twitter

काठमाडौँ, ३० कात्तिक / जैविक विविधताका दृष्टिले अति संवेदनशील चुरे क्षेत्रको अति दोहनले दुर्लभ वन्यजन्तुको बासस्थान उजाडिँदै गएको छ भने जैविक सन्तुलन पनि खल्बलिएको गुनासो संरक्षण क्षेत्रका जानकारहरूले गरेका छन् ।

दिनप्रतिदिन चुरे क्षेत्र उजाडिँदै गएपछि जीवजन्तु सङ्कटमा परेका छन् भने उनीहरुको बासस्थान पनि जोखिममा परेको छ । मानवीय चाप, जल जमीन र जङ्गलको दोहनले पर्यावरणीय सन्तुलनसमेत खल्बलिएको उनीहरुको दुःखेसो छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषले गरेको अध्ययनअनुसार चुरे क्षेत्रमा गाईवस्तु चराउने, असन्तुलित रूपमा वन पैदावार निकासी हुनेजस्ता समस्या भेटिएको छ । अध्ययनबारे जानकारी दिँदै कोषका कार्यक्रम व्यवस्थापक तथा कार्यक्रम संयोजक डा नरेश सुवेदीले भन्नुभयो, “चुरेको माटो मात्रै होइन, जैविक विविधताका हिसाबले पनि संवेदनशील छ भन्ने देखियो, अब माटो र जलाधारसँगै वन्यजन्तुको बासस्थान जोगाउन पनि लाग्नुपर्र्छ ।”

देशका सबै चुरे क्षेत्र समेटेर गरिएको यो पहिलो अध्ययन हो । यसअघि संरक्षित क्षेत्रका चुरेको मात्रै अध्ययन भएको थियो । उहाँका अनुसार जहाँ क्यामेरा राख्यो, त्यहाँ धेरै मान्छे र बाख्रा कैद हुनु विडम्बना छ । सरकारले ल्याएको राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अति महत्वपूर्ण भएकाले चुरेमा बस्ने वन्यजन्तुको क्षेत्रमा समेत काम गर्नु जरुरी रहेको अध्ययनले देखाउँछ ।

संरक्षित क्षेत्र बाहिरको चुरेमा समेत बाघ, हात्ती, चितुवा, भालु, विभिन्न सर्प र बिराला प्रजाति, पुतली तथा अन्य लोपोन्मुख प्रजाति भेटिएको छ । कपिलवस्तु, रुपन्देशी, अर्घाखाँचीलगायत क्षेत्रको चुरेमा समेत बाघ देखिनु महत्वपूर्ण कुरा भएको सुवेदीले बताउनुभयो । राष्ट्रिय बाघ गणनामा बाघ नभेटिएको स्थानमा समेत बाघ पाइएको अध्ययन टोलीले जनाएको छ ।

सुवेदीका अनुसार चुरे क्षेत्रमा तीन प्रजातिका नयाँ पुतलीसमेत फेला परेका छन् । यो अध्ययनले चितवन निकुञ्ज र बाँकी बर्दिया क्षेत्रबीचको संरक्षित क्षेत्रको चुरेलाई जोगाउन सकियो भने वन्यजन्तुको बासस्थान विस्तार गर्न सकिने देखिन्छ ।

राष्ट्रपति चुरे तराई–मधेश संरक्षण समितिको आर्थिक सहयोगमा राष्ट्रिय प्रकृति संरक्षण कोषले चुरेमा वन्यजन्तुको चरिचरणको अवस्था पत्ता लगाउन सर्वेक्षण थालेको थियो । क्यामेरा ट्रापिङलगायत अन्तर्राष्ट्रिय अध्ययन विधिअनुसार चुरेको अध्ययन भइरहेको छ ।

अध्ययनमा ४०० क्यामेरा प्रयोग गरिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष, विभिन्न निकुञ्ज, त्रिभुवन विश्वविद्यालय, वन विभागका विज्ञसहितको टोली सर्वेक्षणमा सहभागी छन् । अहिले मकवानपुर पूर्व र नवलपरासी पश्चिम क्षेत्रका चुरेको अध्ययनमा टोली खटाइएको कोषले जनाएको छ । अध्ययनको अन्तिम प्रतिवेदन भने आगामी माघसम्ममा सार्वजनिक गर्ने योजना छ ।

अतिक्रमण र बाढी–पहिरोका कारण क्षति पुग्दै आएको चुरे क्षेत्रलाई जलाधार क्षेत्रको रूपमा चिनिन्छ । नेपालका ३७ जिल्लामा चुरे फेलिएको छ । चुरे पहाड एक हजार ८७२ मिटरको उचाइसम्म फैलिएको छ । पश्चिमदेखि कोशी नदीसम्म महाभारत पर्वतको समानान्तर भएर फैलिएको चुरे महाभारत पर्वतको तल्लो भाग र तराईको समथर भागदेखि माथिल्लो भागमा अवस्थित छ ।

जङ्गली जनावर पुतलीदेखि चरा, भ्यागुता, सर्पलगायत स्तनधारी जनावरको चरिचरणको अध्ययन हुँदैछ, अध्ययनका लागि पाल्पामा रहनुभएका राष्ट्रिय प्रकृति संरक्षण कोष चितवनका संरक्षण अधिकृत सन्तोष भट्टराईले भन्नुभयो, “यो प्रतिवेदले कुन ठाउँका कस्ता जनावरहरु बस्दैछन् र के समस्या छ भन्ने खाका आउँछ ।” उहाँका अनुसार प्रतिवेदन सरकारलाई समेत बुझाइने भएकाले पनि संरक्षण रणनीति बनाउन सहयोग पुग्छ ।

चुरेले नेपालको कूल भूभागको झण्डै १३ प्रतिशत ओगटेको छ । चुरेमा १२ प्रकारका पारिस्थितिक प्रणाली एक हजार ५७० भन्दा बढी प्रकारका फूल, वनस्पतिहरु रहेको तथ्याङ्क छ । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result