Tuesday, June 30, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

भिन्तुना -याली निकालेर शंखधर दिवस मनाइयो

मंसिर २, २०७५ १:२९ मा प्रकाशित
भिन्तुना -याली निकालेर शंखधर दिवस मनाइयो
Share on FacebookShare on Twitter

काठमाडौँ, २ मङ्सिर ९ / नेपाल संवत्का प्रवत्र्तक राष्ट्रिय विभूति शंखधर साख्वाःको स्मरण गर्दै आज राजधानीमा ‘शंखधर दिवस’ मनाइयो ।

विसं २०५६ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गर्नुभएपछि नेवार समुदायले आजका दिनलाई शंखधर दिवसका रुपमा मनाउँदै आएको छ ।

कामपा वडा नं १५ लखुतीर्थमा आज डा चुन्दा बज्राचार्यको सभापतित्वमा एक सभाको आयोजना गरी साख्वाःको प्रतिमामा श्रद्धासुमन अर्पण गरिएको थियो ।

नव वर्ष नेपाल संवत् ११३९ प्रारम्भ भएको खुशियालीमा आज बिहान बसन्तपुर डबलीबाट निकालिएको बाजागाजासहितको एक विशाल ¥याली शहरको भित्री भागको परिक्रमापछि सभास्थल पुगेको थियो । ¥यालीमा काठमाडौँका विभिन्न टोलका साहित्यिक, साँस्कृतिक तथा सामाजिक सङ्घसंस्थाका साथै जनसाधारणको सहभागिता थियो ।

उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले साख्वाःको प्रतिमामा माल्र्यापण गरी बसन्तपुरबाट उक्त भिन्तुना ¥यालीको शुभारम्भ गर्नुभएको थियो ।

सो अवसरमा उहाँले राष्ट्रको मौलिक संवत् नेपाल संवत्को जगमा टेकेर इतिहासका अन्य सम्पदाहरुको संरक्षणमा जुट्न आह्वान गर्नुभयो ।

राष्ट्रको पहिचान बोकेको नेपाल संवत्लाई साँघुरो दायराबाट मुलुकका कुनाकाप्चासम्म फैलाउन आवश्यक रहेको पनि उहाँले औँल्याउनुभयो ।

नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११३९ का अध्यक्ष सत्यभामा माथेमाले समितिद्वारा तय गरिएका विविध कार्यक्रममा सक्रिय सहभागी भइदिन सर्वसाधारणमा आग्रह गर्नुभयो ।

यसअघि उपप्रधानमन्त्री पोखरेलले मरु टोलस्थित पुनःनिर्माण गर्न लागिएको ऐतिहासिक काष्ठमण्डप स्थलको निरीक्षण गर्नुभएको थियो । उहाँलाई जनस्तरबाट गठित काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष प्रदेश सांसद राजेश शाक्यले पुनःनिर्माणका लागि भइरहेका कार्यबारे जानकारी दिनुभएको थियो ।

सङ्घीय सांसद द्वय कृष्णगोपाल श्रेष्ठ तथा जीवनराम श्रेष्ठ र प्रदेश सांसद वसन्त मानन्धर पनि उक्त टोलीमा सम्मिलित हुनुहुन्थ्यो । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result