Tuesday, June 30, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

पर्यावरण सचेतनाको परम्परामा मिथिला

मंसिर ३, २०७५ १२:३३ मा प्रकाशित
पर्यावरण सचेतनाको परम्परामा मिथिला
Share on FacebookShare on Twitter

जनकपुरधाम, ३ मङ्सिर / मिथिलाञ्चलमा पर्यावरण सचेतनाको परम्परा समृद्ध एवं जीवन पद्धतिको अभिन्न अङ्ग बनेको देखिएको छ ।

मिथिलाको जनजीवन कृषि व्यवस्थामा आधारित भएकाले पनि प्रकृतिको संरक्षण र सम्वद्र्धन मिथिलावासीको जीवनशैली, रीतिथिति, चाडपर्व र मेलापातको अभिन्न अङ्ग बनेको हो । मिथिलाका लोकगीत, सङ्गीत, गाथा, लोकनृत्य, लोकनाट्य, चित्रकला, कथा, भजन, आभूषण, धारणा, विश्वास र उखान– टुक्कामा प्रकृति विभिन्न रूप, बिम्ब र प्रतीकमा सन्निहित देखिन्छ ।

पर्यावरणलाई जन्मदेखि मृत्युसम्म संरक्षण गर्न मिथिलावासी सांस्कृतिक तवरले नै बाध्य छन् । बच्चा जन्मिनासाथ सुत्केरी कोठा बाहिर छानोमा जामुन, निमका हाँगा झुन्डयाइन्छ र कोठालाई गाईको गोबरले लिप्ने गरिन्छ भने महिलाले गाइने सोहर गीतमा पनि विभिन्न ऋतु र प्रकृतिका विभिन्न भङ्गिमाको वर्णन गरिएको पाइन्छ ।

निमका हाँगा र गोबरलाई आधुनिक चिकित्साशास्त्रले पनि सङ्क्रमण निरोधक र पर्यावरण स्वच्छता सहयोगी भनी स्वीकार गरेको पाइन्छ । त्यस्तै मुण्डन संस्कारअन्र्तगत उदोग (पहिलो दिन)मा आउने पुरुषका लागि पान, सुपाडी र महिलाका लागि तेल, सिन्दूर, काटिएका कपाल फाल्न बाँसघारीको व्यवस्था गरिन्छ । बटुकको स्नानका लागि स्वच्छ सरोवर, उपनयनका लागि मण्डप तयार गर्न मडपबठट्टी (विधि) मा बाँसको आवश्यकता र विवाहमा सिरहर (बेहुलीद्वारा माटोको भाँडो भरिने) हरदी पिसब (बेसार पिस्नु) अठोङ्गर कुटब (आठ जना मिली ओखलमा आठ वटा सुपाडी फुटाउनु) लाबाभूजव (धान कुट्नु) विधिमा प्राकृतिक सामग्रीको आवश्यकता हुन्छ ।

मिथिलाका लोकगीत आँप, केरा, भाङ, धतुरो, ल्वाङ, बेलीफूल, कमल, वर–पीपल, पाकड, अशोक, बाँस, सिकी, साँढे, गोरू, गाई, सर्प, माछा, सुगा, काग, कमला, कोशी, बलान, आकाश, चन्द्रमा, सूर्य, तारा, नवग्रह आदिका सन्दर्भले भरिभराउ छन् ।

पञ्चतत्व, पृथ्वी, जलाशय, माछा, कछुवा, सर्प, बिच्छी, हात्ती, सुगा, तुलसी, तार, खजुर, पानसमेत वातावरणसङ्ग सम्बन्धित रहेको देखिन्छ । मिथिलाका अठतीस किसिमका चाडपर्वमध्ये अधिकांशमा प्रकृति सचेतना छ र उक्त सचेतनाले जीवनमा सरसता र सौन्दर्यले सांस्कृतिक सचेतना वृद्धिमा महत्वपूर्ण स्थान ओगटेको संस्कृतिविद् डा राजेन्द्र विमल बताउनुहुन्छ ।

मिथिला चित्रकलामा प्रकृतिका चित्र प्रशस्त देखिन्छ र यसका लागि रङ्ग पनि फूल, पात, गोबर, दूध आदि प्राकृतिक वस्तुबाटै बनाइन्छ । विवाहिता स्त्रीले लिने व्रत, गौरी पुजन, हरिसौँ, सपताविपताको डोरा पूजामा प्रकृति पूजाकै रूप रहेको देखिन्छ । छठमा एक महीना पहिलेदेखि नै पोखरीको डिल सफा गर्ने, पानी स्वच्छ पार्ने र पर्वका दिन डिललाई अरिपनले सिंगार्ने प्रचलनसमेत पाइन्छ ।

“मिथिलाको जनजीवनले अन्न, धन र लोकसंस्कृतिको आधार प्रस्तुत गर्दछ, हिमालयबाट निस्किने दर्जनौँ नदीको प्रवाह मिथिलामा हुन्छ र त्यसले अन्न, धन, लक्ष्मीका साथै लोकजीवनको विशिष्टता प्रदान गर्दछ”, संस्कृतिविद् रामभरोस कापडी भ्रमर भन्नुहुन्छ ।

जुडशीतलमा बाटोघाटोलाई सफा पार्ने, धूलोमैलो, हिलो जति पोखरीमा पखाल्ने, रूख बिरूवा हाल्ने चलन रहेको छ । दहनही, मटकोर, कुमरमले जलाशयलाई स्वच्छ राख्ने, डिल भासिएर थुप्रिएका वा बाढीले बगाएर ल्याएको माटो झिक्ने, गहिराइलाई कायम राख्ने सन्देश पाइन्छ ।

फागु, चैतावर, वसन्त, झुला, मलार, बारहमासा, चौमासा, छमासामा पनि प्रकृतिका विभिन्न रूप र भङ्गिमामा लोकगीतका विविध छन्द र लयमा चित्रित छ, जसले प्रकृति प्रेमको प्रमाण दिने गरेको छ ः
फन्ना बाबा इहा बाँस रोपल
कोपर छोड रे
फन्ना बरूआक दिन सुदिन भेल
आङन माँडव भेल रे……………..।

वातावरणीय सन्तुलनका लागि बाँसलाई संस्कारसँग जोडेर यसको संवद्र्धनलाई पुस्तौँसम्म निरन्तरता दिने उक्त गीतको मौलिक चिन्तन हो । मिथिलाका सबै पर्व मधुश्रवाणी, छठ, तुषारी, बरसाइत आदिमा विभिन्न प्रकारका वृक्ष लहरा, बिरूवा, पात, फूल, पल्लव र जलाधारको आवश्यकता पर्दछ ।

मिथिलामा नागपञ्चमी, अनन्त चतुर्दशी, अक्षय नवमी, शिवरात्रि, निर्जला एकादशी हरिशयनी एकादशी, झुला, कृष्णाष्टमी, चौरचन, दशैँ, दीपावली, गोवद्र्धन, कोजागरा, रक्षाबन्धन, भरदुतिया, सामाचकेवा, जितिया, कुशे अमावस्या, किसानले खेतमा पहिलो पटक बीउ छर्ने दिन गबलग्गी गर्ने चलन छ । खेतमा गोबरको चिप्री (गोबरलाई हातले रोटी जस्तो बनाउनु) बनाइन्छ र त्यसमा पाँचै औँलाको छापसहित अक्षता, फूल र सिन्दूरले पूजा गर्नेलाई प्रतीकात्मक पूजा मानिएको छ ।

संस्कृतिविद् डा विमलका अनुसार पाँचै औँलाको छापको पूजाको प्रतीकात्मक अर्थ सृष्टिका मूल पञ्च भौतिक तत्व पृथ्वी, जल, अग्नि, वायु र आकाश अर्थात् सिङ्गो पर्यावरणको पूजा हो । यसमा पृथ्वीसित अन्न उत्पादनमा सहायक हुन प्रार्थना गरिन्छ ।

आकाश, जल, अग्नि, वायु सबैसित अनुकूल भई अन्न फलाउने प्रार्थना पर्यावरण संरचनाको सुन्दर उदाहरणका रूपमा लिइन्छ । षोडस संस्कारमध्ये सबै संस्कार र तिनका सबै विधिले वातावरणीय स्वच्छतामामा जोड दिएको देखिन्छ । उपनयन संस्कारअन्तर्गत मटकोर र कुमरमले जलाशयलाई स्वच्छ राख्ने, डिल भासिएर थुप्रिएको र बाढीले बगाएर ल्याएको माटो झिक्ने र गहिराइलाई कायम राख्ने सन्देश दिने गरेको देखिएको छ ।

परिवर्तनशील समयको प्रवाहले गर्दा वर्तमान परिपे्रक्षयमा मिथिलाञ्चलका आचार, विचार, व्यवहार, रहनसहन, खानपानलगायतका क्षेत्रमा अनेक परिवर्तन देखिए पनि प्रकृति पूजा, संरक्षणप्रतिको सजगता अनुकरणीय पाइन्छ । राजनीतिक परिवर्तनका कारण मिथिला, मिथिलाञ्चलको क्षेत्र, सिमानाका सवालमा प्रस्टताको अभाव देखिए पनि पर्यावरण सचेतनाको परम्परा अत्यन्त समृद्ध देखिएको छ ।रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result