Tuesday, June 30, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

म्याग्दीमा प्राङ्गारिक मल उद्योगको उत्पादन सफल

मंसिर १०, २०७५ ७:२२ मा प्रकाशित
Share on FacebookShare on Twitter

गलेश्वर, १० मङ्सिर / कृषि क्षेत्रमा प्राङ्गारिक क्रान्ति ल्याउने उद्देश्यका साथ म्याग्दीको मङ्गला गाउँपालिकाले शुरु गरेको प्राङ्गारिक मल उद्योगको परीक्षण उत्पादन सफल भएपछि नेपालका विभिन्न जिल्लाबाट अवलोकन गर्न आउनेको सङ्ख्या बढ्दै गएको छ ।

गाउँपालिकाले खेतीयोग्य जमीनको दिगो संरक्षण र स्वस्थ्यकर बाली उत्पादनका लागि किसानलाई तालीम तथा अनुदानको सुविधासहित गत वर्ष प्राङ्गारिक मल उद्योग सञ्चालन गरेको हो । एक वर्षको अवधिमा परीक्षण उत्पादनदेखि बिक्री वितरणसमेत सफल भएपछि अहिले यो उद्योगको चर्चा देशैभरि फैलिएको छ ।

प्राङ्गारिक मल उद्योगको हालै प्यूठान जिल्लाका जनप्रतिनिधिले अवलोकन भ्रमण गरेका छन् । प्यूठान नगरपालिका–४ का वडाध्यक्ष प्रकाशराज भण्डारीको नेतृत्वको एक टोलीले भ्रमण गर्दै उहाँले मङ्गलाको प्रयोग आफ्नो वडामा गर्ने प्रतिबद्धता जनाउनुभएको छ । त्यसअघि पनि नेपालका विभिन्न जिल्लाबाट मल उद्योगको अवलोकनका लागि कृषक र जनप्रतिनिधि आएका मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो ।

मल उद्योगको स्थापनाले बजार क्षेत्रमा सड्ने फोहरको समेत व्यवस्थापन भएको, कृषकले प्राङ्गारिक मलको मात्र प्रयोग गर्न थालेका र माटोमा अम्लियपना कम हुँदै गएपछि उत्पादन पनि बढ््न थालेको अध्यक्ष रोकाले बताउनुभयो ।

गाउँपालिकाले पहिलो चरणमा ४० जना किसानलाई तालीम तथा अनुदान दिई प्राङ्गारिक मल उद्योग सञ्चालन गर्न लगाएको थियो । उद्योगबाट दैनिकरुपमा दुई ट्र्याक्टर मल उत्पादन हुने गरेको छ । उत्पादिन मल गाउँपालिका र जिल्लाका अन्य ठाउँका कृषकले खरीद गर्ने गरेका मङ्गला गाउँपालिकाले जनाएको छ ।

अध्यक्ष रोकाले रासायनिक मलको प्रयोगले क्षणिकरुपमा उत्पादन वृद्धि भए पनि दीर्घकालीन रुपमा माटोका उर्बरा शक्ति नष्ट गर्ने, चिस्यान धारण क्षमता घट्ने, उत्पादित बाली पूर्णरुपमा स्वस्थकर नहुने र वातावरणमा समेत नकारात्मक असर गर्ने हुँदा प्राङ्गारिक मलको प्रयोग गर्न किसानलाई अनिवार्य गराइएको जानकारी दिनुभयो ।

अध्यक्ष रोकाले गाउँपालिकाले ‘एक गाउँ एक उद्योग’को अवधारणासमेत लिएको बताउँदै मङ्गला गाउँपालिका जिल्लामै कृषि उत्पादनमा पकेट क्षेत्रको रुपमा समेत चिनिएकाले आयातित मललाई विस्थापित गर्ने अभियान रहेको बताउनुभयो । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result