ह्युस्टन (अमेरिका) नोभेम्वर २८/ गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको टेक्सस च्याप्टरले आगामी डिसेम्वर ९ का दिन ह्युस्टनस्थित आशियाना रेष्टुरेण्टमा एक सामुदायिक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दैछ। एनआरएनए, टेक्सस च्याप्टरले नेपाली समुदायसंग निरन्तर अन्तरक्रियामा रहन र समाजलाई गतिशील बनाईराख्न सहयोग गर्ने नेपाली समाजका विभिन्न व्यक्तित्व र संस्थाहरुलाई सम्मान गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरेको कार्यक्रम आयोजक एवं एनआरएनए टेक्सस च्याप्टरका उपाध्यक्ष द्रोण गौतमले दूरबिन नेपाललाई जानकारी गराएका छन्।
एनआरएनए अमेरिका एवं टेक्सस च्याप्टरले गरेका बिविध काम लगाएत नेपाली समाज लक्षित सामाजिक अभियानका विषयमा छलफल गर्ने र समुदायका सदस्यहरुबाट आवश्यक सुझाव समेत लिने अभिप्रायले आयोजित कार्यक्रममा सक्रियतापूर्वक सहभागि हुन एनआरएनए टेक्सस च्याप्टरले नेपाली समुदायका सबैलाई आव्हान गरेको छ।
डिसेम्वर ९, आइतबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म दिवाभोज सहित आयोजित कार्यक्रममा ह्युस्टनमा भएका नेपालीहरुका संघ-संस्थाहरुबीच आवश्यक समन्वय र कार्यगत एकताका लागि विशेष जोड् दिइने आयोजक गौतमले बताएका छन्।







प्रतिक्रिया लेख्नुहोस्:-