Tuesday, June 30, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

कापीकलमको जोहो गर्न धानको सिला

मंसिर १४, २०७५ ७:३३ मा प्रकाशित
कापीकलमको जोहो गर्न धानको सिला
Share on FacebookShare on Twitter

बर्दिया, १४ मङ्सिर / गुलरिया नपा–१२ दुधालालपुरका १० वर्षीया सवनम खाँ र १२ वर्षीया सावा खाँलाई हिजोआज धान काटेर उठाइसकेको खेतमा जानु दिनचर्या जस्तै छ ।
धान उठाइसकेको खाली खेतमा धानको बाला खोजी सिला जम्मा गर्ने र त्यसबाट आएको धान बेची उनीहरूले कापी कलम किन्ने गरेका छन् । उनीहरुजस्तै अन्य बालबालिका पनि दिउँसो पढ्न विद्यालय जाने र बिहान साँझ खेतमा गई धानको सिलाबाट आधा किलोदेखि एक किलोसम्म धान जम्मा गर्ने गरेका छन् ।
लेखपढ गर्न आमाले पैसा दिन नसक्ने भएपछि धानको सिला जम्मा गर्न जाने गरेको सावाले बताइन् । गरीबीका कारण उनकी आमाले दैनिक मजदुरी गरेपनि साँझबिहान दुई छाक हातमुख जोड्न नै हम्मे पर्दछ । सत्ताइस वर्षीय उनकी आमा सोनमलाई बाबुले सम्बन्धविच्छेद गरी घरबाट निकालिदिएपछि माइतीमै बस्दै आएकी छन् ।

भारतीय नागरिकसंग विवाह भएका कारण कानूनी लडाइँ पनि गर्न समस्या भएको छ । माइतीले बस्ने सहारा दिएपछि मजदुरी गरेरै भए पनि दुई छोरीको पेटसम्म भर्न जसोतसो पुगेको सोनमले बताउनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्यले साथ दिँदासम्म त काम गरे खान–लाउनलाई पुग्छ तर बिरामी भइयो भने भोकभोकै बस्नुपर्छ । उपचार गर्न ऋण नै खोज्नुपर्छ । यस अवस्थामा कसरी छोरीहरुलाई पढाउनु । तै पनि उनीहरुले धानको सिला जम्मा गरी बिक्री गरेर कापीकलमका लागि थोरै भए पनि पैसा जोहो गर्दछन् ।” सबनम र सावा घर नजीकैको मदरसामा ४ र ५ कक्षामा पढ्दै आएका छन् । माइतीमा पनि आर्थिक अवस्था कमजोर भएका कारण उनीहरुले बस्नलाई सहाराबाहेक अरू सहयोग पाउन सकेका छैनन् । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result