Wednesday, August 19, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एनआरएनए अमेरिकामा नक्कली काम रोक्न सक्ने ‘मोबाइल एप’ निर्माण गर्न नदिने चलखेल

मंसिर २०, २०७५ १०:१६ मा प्रकाशित
एनआरएनए अमेरिकामा नक्कली काम रोक्न सक्ने ‘मोबाइल एप’ निर्माण गर्न नदिने चलखेल
Share on FacebookShare on Twitter

अमेरिका ६ डिसेम्बर
मोबाइल फ्रेण्डली एप निर्माणका लागि लाग्ने बजेटको विषयमा एनआएनए अमेरिका भित्र पुन बहस शुरु भएको छ । एप निर्माण कमिटीले फिंगर प्रिन्ट र फेसियल रिकगनिशन गर्न सक्ने एप निर्माणमा कार्यसमितिले तोकेको बजेटको सीमा र अहिले टेन्डर आह्वान पछि आएको लागत खर्चको जानकारी कार्यसमितिमा पठाएपछि यो विषय बहसमा आएको हो ।
एनआएनए अमेरिकाको एप निर्माण समितिले बुधवार बिहान कार्यसमितिलाई पठाएको इमेलमा एप निर्माण गर्न इच्छुक तीन कम्पनी मध्ये सबैभन्दा राम्रो अमेरिकन कम्पनीले १२ हजार डलर लाग्ने जनाएको उल्लेख गरिएको छ । कार्यसमितिले तोकेको ७ हजार डलरको सीमा भन्दा यो ५ हजार बढी हो । एपको तलको केही भागमा कम्पनीलाई विज्ञापन राख्न दिने हो भने ५ हजार डलरको हिसाब मिलान गर्न सकिने प्रस्ताव समेत समेटिएको छ । एप निर्माण समितिका सदस्य स्वराज खातीले भने “कार्यसमितिलाई जानकारी पठाइएको हो संस्थालाई आर्थिक भार दिन प्रस्ताव गरिएको छैन।” एप निर्माण समितिमा कार्यसमितिका सह कोषाध्यक्ष पवन योञ्जन संयोजक, गोपेन्द्र भट्टराई र स्वराज खाती सदस्य रहेका छन् ।
कार्यसमितिको पहिलो बैठकले वेबसाइट र एप निर्माण गर्ने प्रस्तावलाई अनुमोदन गरेको थियो । सानफ्रानसिस्कोमा गत असारमा भएको साधारण सभाले एप निर्माणको लागत ७ हजार दुई सय डलर गर्ने प्रस्ताव अनुमोदन गरेको थियो। “संस्थाका काम कारबाहीलाई भरपर्दो र पारदर्शी गराउन केही राम्रा फिचरहरू राख्दा निर्माण कम्पनीले बजेट बढ्ने देखाएकोले कार्यसमितिलाई जानकारी पठाएका छौ” पवन योञ्जनले दूरबिन नेपालसँग भने। मानिसको फेस चिन्न सक्ने (फेसियल रिकगनिशन गर्ने) क्षेमता भएको एप अहिलेको आवश्यकता हो । बजेट घटाउन अरू कम्पनीसँग पनि कुराकानी भइरहेको छ ।”
एनआरएनए अमेरिकाका अध्यक्ष केशव पौडेलले दूरबिन नेपालसँग कुरा गर्दै भने “सबै सदस्यलाई संस्थाका सबै गतिविधि भित्र सहज एक्सेस गराउन मोबाइल एप बनाउने भनेर यो कार्यकालको शुरुमै हामीले निर्णय गरेका हौँ । यसमा काम अगाडि बढिरहेको छ । साथीहरूले टेन्डर प्रक्रियामा पुग्दासम्म भइरहेका अपडेट कार्यसमितिलाई दिनु भएको छ ।”
एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष सुनिल शाह भन्छन् -“मोबाइल एप यूजर फ्रेन्डली हुन्छ । मोबाइल एपमा सबै जना अभ्यस्त भएका कारण यो आवश्यक छ । तर यो नभई धेरै काम गर्न सकिँदैन भन्ने चाहिं होइन । फ्रड हुन नदिन व्यक्ति र संस्था इमानदार हुनुपर्छ ।”
एनआरएनएमा बारम्बार आइरहने फ्रड मेम्वरसिप र भोटिङ लगायतका आरोपलाई निराकरण गर्न मोबाइल एपको फेसियल रिकगनिशनले सहयोग गर्छ । एनआरएनए अमेरिकाको गत निर्वाचन आफ्नो जीत सुनिश्चित गर्न वेबसाइट ह्याक गरेर विभिन्न हार्ड ड्राइभबाट ३२ सय ५० नक्कली सदस्यता बनाइएको छानबिन समितिले पुष्टि गरेको थियो । यसलाई नियन्त्रण गर्न एनआरएनए अमेरिकाको पहिलो बैठकले नै भरपर्दो वेबसाइट र यूजर फ्रेण्डली एप बनाउने निर्णय गरेको हो । वरिष्ठ उपाध्यक्ष सुनिल शाहको संयोजकत्वमा रहेको समितिले निर्माण गराएको नयाँ वेबसाइट सञ्चालनमा आइसकेको छ । एनआरएनको निर्वाचन नजिकदै गर्दा फेसियल रिकगनिशन गर्ने एप निर्माण भएमा गलत अभ्यासको चाहाना गर्नेलाई ठुलै झट्का लाग्ने देखिन्छ ।
एप निर्माणमा लाग्ने बजेटको विषय छलफलका लागि प्रवेश गरेको भएपनि कार्यसमितिका कतिपयले एप निर्माणको प्रक्रिया नै स्थगित गर्नु पर्ने धारणा राख्न थालेका छन् । एनआरएनए अमेरिकाका प्रवक्ता विनोद कुमार तिवारीले भने “कार्यसमितिका बहुमत पदाधिकारी र सदस्य अहिले मोबाइल एप बनाउने पक्षमा छैनन्। पटक-पटक मोबाइल एप आवश्यक नभएको र झन्डै-झन्डै वेबसाइट निर्माण कै हाराहारीमा खर्च हुने गरी मोबाइल एप बनाउन नहुने पक्षमा आफूहरू भएकोले केही पदाधिकारीको लहड र महत्वाकाँक्षा पुरा नहुनेमा हामी विश्वस्त छौँ।” फेरि मोबाइल एप बनाउने वा नबनाउने भन्दै मत सङ्कलनका लागि इमेल आएकोले केही निहित स्वार्थ र आर्थिक फाइदा लिने नियत हो कि भन्ने लागेको र आफूहरूले बनाउन नहुने पक्षमा बिचार राखिसकेकाले केही व्यक्तिको लहडले काम गर्दैन, प्रवक्ता तिवारीले भने।

एनआरएन अमेरिकाका मिडिया कोअर्डिनेटर बाल जोशी पनि एप बनाउन नहुने पक्षमा छन् । जोशीले भने “मोबाइल फ्रेन्डली वेबसाइट लन्च भैसकेको अवस्थामा १२ हजार डलर खर्च गरेर मोबाइल एप बनाउनु आवश्यक छैन । एनआरएनको कोषमा भएको पैसा बहुसङ्ख्यक सदस्यको हितमा हुने सामाजिक कामहरूमा खर्च गर्न छोडेर हाल आवश्यक नभएको मोबाइल एप बनाइरहनु पर्दैन ।”

मोबाइल एप अर्थात् मोबाइल एप्लिकेसन एक प्रकारको कम्प्युटर प्रोग्राम हो । यो सफ्टवएर मोबाइल भित्र सहजै चल्ने र चलाउन सकिने गरी निर्माण गरिएको हुन्छ । ग्याजेट प्रयोगकर्तालाई सजिलो गराउने हेण्डि प्रोग्राम नै एप हो । जस्तो ब्यांकिङ, व्यापारिक, सोसल मिडियाका एप्सहरु । मानिसहरू एप प्रयोगमा अभ्यस्त भइसकेका छन् । एप्सको जमाना हो । एप निर्माण समितिका सदस्य खाती भन्छन् “शुरुमा एप आवश्यक छैन भनेको मैले पनि हो । तर अहिले फेसियल रिकगनिशन गर्ने एप बनाउनु आवश्यक छ । उनले थपे यसमा हाम्रो कुनै आर्थिक स्वार्थ छैन । यसबाट नक्कली सदस्यता निर्मूल गर्न सकिन्छ । “

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result