Tuesday, June 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

कोलकातामा नेपाल भवन बनाउन सरकारसँग आग्रह

पुस १, २०७५ ३:०२ मा प्रकाशित
Share on FacebookShare on Twitter

–श्याम रिमाल

काठमाडौँ, १ पुस । भारत पश्चिम बङ्गालस्थित कोलकातामा नेपाल भवन बनाउन पहल भएको छ । कोलकातावासी नेपालीहरुले महेशतला नगरपालिका–२३, विवेकानन्द पार्क रोड नेर ११ कठ्ठा जग्गा लिइसकेका छन् । विभिन्न सांस्कृतिक कार्यक्रम गर्न तथा आपसमा भेला भई अन्तक्र्रिया एवं छलफल गर्नका लागि सो भवन बनाउन लागिएको हो ।

कोलकातामा रहेका नेपालीहरुको छाता सङ्गठन संयुक्त नेपाली वेलफेयर ट्रष्टले भवन निर्माणका लागि पहल गरिरहेको छ । नेपाल सरकारबाट रु ६ लाख र नेपाली समुदायबाट सङ्कलित रु ४ लाखबाट करीब १५ वर्षअघि खरीद गरिएको जग्गामा भवन बनाउन माटो परीक्षण र योजना तयार भइसकेको ट्रष्टका अध्यक्ष खिमराज बरालले बताउनुभयो । “कोलकातामा नेपाल भवन हाम्रो सपना हो, हाम्रो गौरव हो, यसको सफलताका लागि नेपाल सरकारले थप सहयोग गर्नुपर्छ”, खिमराजले भन्नुभयो । भवन बनाउन करीब रु १० करोड लाग्ने अनुमान गरिएको छ ।

यसबारे नेपाली समुदायले अनुरोध गरेअनुसार कोलकातास्थित महावाणिज्यदूतावासले परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको र सोहीअनुसार परराष्ट्र मन्त्रालयले अर्थ मन्त्रालयलाई अनुरोधपत्र लेख्दै भवन निर्माणका लागि सहयोग गर्न आग्रह गरेको तर अर्थ मन्त्रालयबाट काम अघि नबढेको बताउनुभयो । “यसमा ठूलो जोड नगरी सफलता प्राप्त हुँदैन”, धर्मराजले भन्नुभयो ।

भारत–नेपाल जनमैत्री सांस्कृतिक मञ्च, भारत, कोलकाताका पूर्वअध्यक्ष नारायणप्रसाद होमागाईँले नेपाल भवनबारे धेरै प्रचारप्रसार भएको बताउँदै प्रस्तावित चारतले भवनमा सम्मेलन कक्ष, पुस्तकालय, कार्यालय कक्ष र आवाससमेत बन्ने हिसाबले नक्शाको तयारी गरिएको र माग गरिएको रकम पाइएमा अढाइ वर्षमा भवन बन्ने जानकारी दिनुभयो ।

गत मङ्सिर २२–२३ गते ‘तृतीय अन्तरराष्ट्रिय साहित्य सम्मेलन’का अवसरमा महावाणिज्यदूतावासमा आयोजित अन्तक्र्रियामा महावाणिज्यदूत एकनारायण अर्यालले नेपाल भवन बन्नुपर्नेमा नेपाल सरकारलाई मनाउन सकिएको बताउँदै अब अर्थ मन्त्रालयमा पहल गरिने आश्वासन दिनुभयो । उहाँले कोलकातामा रहेका नेपाली भाषीहरु निकै सक्रिय भएको र प्रकाशन पनि निकै हुने गरेको बताउँदै भारतमा नेपाली भाषीको सङ्ख्या सर्वेक्षण हुनुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले रविभानु काव्यवाटिकाका लागि पश्चिम बङ्गाल सरकारले जग्गा दिने आश्वासन दिएकाले सोका लागि पहल गरिने पनि बताउनुभयो । भानु प्रतिष्ठानका महासचिव ऋषभदेव घिमिरेले काव्यवाटिकाका लागि भानुभक्त आचार्यको शालिक आफ्नो संस्थाले उपलब्ध गराइदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले भवनका लागि मञ्चसँग सहकार्य गरी नेपाल सरकारसँग आग्रह गरिने वचन दिनुभयो । नेपालका लागि कावा राजदूत भरतकुमार रेग्मीले भाषा र साहित्यमा दूतावासले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी विसं २०७८ को जनगणनामा विभिन्न देशमा बसेका नेपालीहरुको तथ्याङ्क पनि लिनुपर्ने बताउनुभयो । कोलकातामा नेपाली र नेपालीभाषी करीब ५० हजार रहेको बताइएको छ ।

सो अवसरमा नेपाली समुदायले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन नेपाल–कोलकाता भाडा हालको करीब रु २० हजार महँगो भएकाले घटाइनुपर्ने बताउँदै राजदूतावास र महावाणिज्यदूतावासले धार्मिक–सांस्कृतिक पर्यटनमा जोड दिनुपर्ने सुझाव दिएको थियो ।

रासस

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !
Breaking News

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result