Tuesday, June 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

खाडी मुलुकमा नेपाली महिलाकाे दुःख, पैसा हाेइन सन्तान बनाएर फर्किनु पर्ने बाध्यता 

पुस ४, २०७५ ३:४० मा प्रकाशित
Share on FacebookShare on Twitter

–सञ्चिता घिमिरे

काठमाडौँ, ४ पुस ।  दुई सन्तानलाई राम्रोसँग पाल्न पैसा कमाउन कुवेत पुगेकी मनमाया (परिवर्तित नाम) फर्कदा पैसा होइन साथमा छोरा लिएर फर्कनुभयो ।

सानैमा बिहे गर्नुभएकी उहाँ श्रीमान्ले मदिरापान गरेर दुःख दिएपछि सन्तानको सुखी भविष्यका लागि कुवेत जानुभएको थियो । दलालले धेरै महिला कामदारलाई जस्तै घुमाउरो बाटो हुँदै उहाँलाई खाडी पु¥यायो । श्रीलङ्का हुँदै कतार पुग्नुभएकी उहाँ घरेलु श्रमिकका रुपमा दैनिक १९÷२० घण्टा काम गर्नुभयो । खटाइ धेरै भए पनि त्यसैका आधारमा उहाँको कमाइ राम्रो नै थियो । आराम गर्नका लागि कम समय भए पनि भने जति तलब पाउँदा उहाँ खुशी नै हुनुहुन्थ्यो । ३० जनाको परिवारका लागि खाना पकाउने, भाडा माझ्ने र कपडा धुनेलगायतका काममा लाग्नुभयो । काम गरेको घरको साहुनीको भाइले बलात्कार गरेपछि उहाँ गर्भवती बन्नुभयो । उहाँले भन्नुभयो, “उसले अरुलाई भनिस् भने नेपाल जान पाउँदिनस् भनेकाले चुपचाप बसिरहेको थिएँ ।”

गर्भवती भएको थाहा पाएपछि साहुनीले अस्पतालमा लगेर शल्यक्रिया गराएको उहाँले बताउनुभयो । चार दिनसम्म अस्पतालमा हुँदा रेखदेख गर्ने कोही भएन । अस्पतालबाट उहाँलाई सिधै प्रहरीले जेल लगे । त्यहाँको जेलमा नै उहाँले साढे तीन महीना काट्नुभयो । रोएर कराएर मलाई नेपाल पठाउनु भन्दै अनुरोध गरेपछि उहाँ त्यहाँबाट छुट्नुभयो । विमानस्थलमा आइपुगे पनि उहाँसँग फर्कन पैसा थिएन । एकजना वृद्ध महिलासँग रोएपछि उनैले टिकट किन्न पैसा दिइन । अहिले नेपालमा आए पनि उहाँ घर र माइती कहीँ पनि जान सक्नुभएको छैन । उहाँ भन्नुहुन्छ, “यो बच्चा बोकेर घर र माइती दुवै फर्कन सकिरहेको छैन ।”

मनमाया उदाहरण मात्रै हो अन्तर्राष्ट्रिय आप्रवास दिवस मनाइरहँदा धेरै महिला कामदार न्यायको खोजीमा भौँतिररहेका छन् । कतिपय महिला बलात्कारपछि जन्मेका सन्तान लिएर फर्किएका छन् भने कतिपय दीर्घरोगका शिकार भएर फर्किएका छन् । खाडीमुलुकमा घरेलु श्रमिकका रुपमा जानेमध्ये कतिपय श्रीमान्लगायत परिवारका सदस्यबाट हिंसा भोगेकाले अन्तिम विकल्प वैदेशिक रोजगारी बनाएका थिए । उनीहरुमध्ये कतिपय महिला उता पुगेर थप पीडित बनेका छन् ।

मनिता (परिवर्तित नाम) चिनजानको महिलाका मार्फत कुवेत पुग्नुभएको थियो । उहाँको १४ वर्षमा बिहे भएको थियो । श्रीमान् कतार गएपछि छोरालाई पढाउने, बढाउने जिम्मेवारी उहाँ एक्लैको भयो । श्रीमान्ले विदेशबाट पैसा नपठाएपछि तीनै महिला (जसलाई उहाँ सानिमा भन्नुहुन्थ्यो) ले आर्थिकरुपमा सहयोग गर्न थालिन । पहिले नपढे पनि जापान पढाउँछु भनेकी ती महिलाले जापान जान धेरै पैसा लाग्ने भन्दै कुवेत पठाउने कुरा गरिन । पैसा कमाएर छोरा सजिलै पाल्न सक्छु भन्दै उहाँ राहदानी बनाउनेलगायतका तयारीमा जुट्नुभयो । यहाँबाट भारत जाँदा ती महिलाले “भारतमा दिदी भिनाजु छन् त्यही जान्छु” भनेर जाँच हुने ठाउँमा झुटो बोल्न सिकाइन । केही समय भारतमै एउटा परिवारका लागि काम गरेपछि मनिता त्यहाँबाट कुवेत पुग्नुभयो । उहाँ भन्नुभयो, “भनेकै ठाउँमा पुगेपछि के न होला भनेको उता पनि केही भएन ।”

मनिता कुवेत पुग्दा एउटा कोठामा बन्धक भएका सात जना महिला र एकजना पुरुष भेट्नुभयो । तीमध्ये एकजना गर्भवती महिलाले उहाँलाई आफूहरु सबै बेचिएर यहाँ आइपुगेको भन्नुभयो । मनिता त्यहाँबाट अनेक बहाना गरेर फुत्कनुभयो र भारत पुग्नुभयो । उहाँको खोजीमा भारत पुगेका माइतीसँगै नेपाल फर्किएर आउनुभयो । अहिले उहाँले दलाललाई पक्राउ गराउन सफल हुनुभएको छ । उहाँले भन्नुभयो, “विदेश गएर पनि केही कमाउन नसके पनि अब दलाल पक्राउ परेकाले उसलाई कारवाही भइदिए हुन्थ्यो भन्ने लागेको छ ।”

दलालले भनेजस्तै पैसा कमाएर भविष्य सपार्ने आशामा विदेश उडेका कामदार फर्किएर तीनै दलाल पक्राउ पर्ने आशा गर्छन् । विदेशमा दुःख पाएर फर्किएका महिला आफूलाई झुक्काएर पठाउने दलाल पक्राउ परेर कारवाही नहुँदा भने झनै दुःखी हुन्छ । कुवेतमा बेचिएकी सुनमाया (परिवर्तित नाम) अहिले दलाललाई कारवाही हुने आशामा काठमाडौँमा हुनुहुन्छ । उहाँले भन्नुभयो, “अब यही केही गर्नुपर्छ भन्ने लागेको छ ।”

घरेलु श्रमिकका रुपमा खाडी पुग्दा दुईतीन घण्टा आराम गरेर २०÷२१ घण्टासम्म काम गर्दासमेत भने जति तलब नपाउने पीडा उनीहरुले भोगेका थिए । अधिकारका कुरा उठाएकै भरमा कारागारमा पर्ने नेपाली महिला धेरै छन् । कतिपय महिला कामदारले शारीरिक, मानसिक, यौनजन्य हिंसा भोगेर स्वदेश फर्किएका छन् । यहाँबाट एउटा देश भन्दै लगेर अर्काे देश पु¥याउने, भनेकोभन्दा बढी काम र कम तलब नहुँदा उनीहरु पीडित बनेका हुन् ।

रासस
–––

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !
Breaking News

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result