Wednesday, June 17, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकाकाे न्यु याेर्कमा गुरूङ समुदायले  मनाए लाेसार तीन तिर, सामाजिक सञ्जालमा  आराेप प्रत्याराेप 

पुस १८, २०७५ ५:५२ मा प्रकाशित
अमेरिकाकाे न्यु याेर्कमा गुरूङ समुदायले  मनाए लाेसार तीन तिर, सामाजिक सञ्जालमा  आराेप प्रत्याराेप 
Share on FacebookShare on Twitter

न्यु याेर्क । सामान्यतय परिवार साथीभाई इष्टमित्र एक ठाँउमा जम्मा भएर चाडबाड मनाउनु नेपाली संस्कार हाे । अन्य समयका रिस राग पनि चाडबाडमा भुल्ने गरिन्छ । अझ विदेशी भुमी टेके पछि आफ्नाे कला, भाषा र संस्कृतिकाे महत्व झन बढी हुन्छ । बसाइ सर्नेहरूका लागि नयाँ ठाँउमा आफुलाई स्थापित गराउनु त छदै छ, सँग सँगै  आफ्नाे परम्परा जाेगाउने चुनाैती पनि हुन्छ । आफ्नाे सन्ततीले पनि संस्कृति नभुलुन भन्ने हुन्छ ।

विदेशमा रहेर पनि विभिन्न समुदाय, जात जातीहरूले एकै ठाँउमा भेला भएर चाड पर्व मनाउने चलन कायम नै छ । तर केही यस्ता अपवाद पनि देखिन थालेका छन । नेपालकाे एउटै जाती, एकले अर्काेलाई देख्नै नसक्ने एकले अर्काेलाई  स्वीकार नै गर्न नसक्ने । पछिल्लाे समय अमेरिकाकाे न्युयाेर्कमा गुरूङ समुदायमा त्याे समस्या झन झन बल्झदै गएकाे छ । त्यसाे त अमेरिकामा रहेका कुनै पनि सस्था विवाद मुक्त भने छैनन । राजनैतिक संस्थाकाे कुरै छाडाै, जातीय पहिचानका लागि खुलेका सस्था पनि विभाजित हुने क्रम बड्दाे छ । तामाङ, राइ-किराँत, शेर्पा लगायतका जातजातीकाे दुई वा त्याे भन्दा बढी सस्था रहेका छन् ।

याे क्रममा गुरूङ समुदाय एक कदम अगाडि देखिएकाे छ । गत बर्ष सम्म दुई ठाँउमा लाेसार मनाएकाे गुरूङ समुदायले यस पटक न्युयाेर्ककाे ज्याक्सन हाइट क्षेत्रमा भिन्ना भिन्नै तीन ठाँउमा लाेछार मनायाे । त्यस क्रममा लाेहारकाे हर्साेल्लास भन्दा पनि आक्राेस सामाजिक सञ्जालमा छरपष्ट देखिए ।

सन् २०१६ सम्म न्युयाेर्कमा गुरूङ समुदायकाे एउटै मात्र सस्था थियाे । द गुरूङ (तमु) साेसाइटीमा असन्तुष्टि जनाउदै सन् २०१७ मा तमु परिवार न्युयाेर्क जन्मियाे । सन् २०१८ मा गुरूङ समुदायकाे फेरि अर्काे संस्था थपियाे तमु प्ये ल्हु संघ, न्युयोर्क, अमेरिका । यी तीनै सस्थाले पुस १५ काे आसपास पारेर न्युयाेर्कमा लाेसार मनाए ।

नेपाली आदिबासी जनजाती महासंघ अमेरिका फिप्नाले   द गुरूङ (तमु) साेसाइटीलाई मात्र  आफ्नाे मातहतकाे सस्था मान्दै आएकाे छ । फिप्नाले आफुहरूकाे कार्यक्रममा  नजान  उर्दी जारी गरेकाे भन्दै तमु परिवारकी उपाध्यक्ष मनीता गुरूङ सहितका पदाधिकारी सामाजिक सञ्चालमा नै उत्रिएका छन् ।

 

त्यसाे त न्युयाेर्कमा तीन तीन वटा लाेसार हुदा फिप्नाका अध्यक्षले एउटा कार्यक्रमलाई मात्र शुभ कामना दिएकाले पनि तमु परिवारले लगाएकाे आराेपमा बल पुगेकाे छ ।

हरेक मान्छेकाे विचार हुन्छ, राजनैतिक वाद हुन्छ, तर सबै मिलेर मनाउनु पर्ने चाड एउटै समुदाय त्याे पनि सार्वजनीक रूपमा नै यसरी विवादमा उत्रिएकाे देखाउदा,  हाम्रा दाेस्राे  पुस्तालाई के सन्देश दिने ?

 के नेपाली संस्कृतिमा एउटा समुहदायले चाड मनाउदा अर्काे समुदायले बहिस्कार गर्नु पर्छ, एउटै जातीले तीन चार ठाँउमा एकले अर्काेलाई गाली गर्दै चाडबाड मनाउनु पर्छ भन्ने सन्देश दिने ?

 

प्रवासबाट हामी दैनीक रूपमा मातृभूमिमा नेताहरूलाई धारे हात लगाउदै गाली गरि रहेका हुन्छाै । कम्तिमा ती नेता अन्य समय बाझाबाझ गरे पनि चाडबाडकाे समयमा एकले अर्काेलाई चाहे त्याे औपचारिकताकै लागि किन नहाेस चियापानमा सहभागि हुने वा शुभ कामना सन्देश आदन प्रदान गरेकै हुन्छन ।

अमेरिका जस्ताे ठाँउमा यहाँकाे कानुन पुरा गरेर संस्था खाेल्न पाउने अधिकार छ । मन नमिल्न सक्छन, सबै एउटै सस्थामा बस्न पर्छ भन्ने हुदैन । पहिचानका मुद्दामा विचार बाझिन सक्छन । अधिकारकाे लडाइमा हिड्ने बाटाे फरक लाग्न सक्छ, ती सबैमा एक मत हुनै पर्छ भन्ने छैन । हामी आफु मिल्न सकिरहेका छैनाै त्याे भन्दा पनि गम्भिर भुल सन्तानलाई गलत सन्देश दिई रहका छाै ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result