काठमाडाै । नेपाल कम्युष्ट पार्टी नेकपामा आश गरिएका युवा नेता तथा पर्यटनमन्त्री रविन्द्र अधिकारी मुलुककै सर्वाधिक ठूलाे भ्रष्ट्राचार मुद्दामा कारवाहीकाे सिफारिसमा परेका छन् । संघीय संसद्को सार्वजनिक लेखा समितिको उपसमितिले वाइडबडी जहाज खरिदमा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँको भ्रष्टाचारको भन्दै कारवाहीकाे लागि सिफारिस गरेकाे छ ।
समितिले अनियमितताका प्रमुख दोषी नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाइ ठहर गरेकाे छ । यस्तै अन्य दुइ मन्त्री र तीन सचिव पनि कारवाहीको सिफारिसमा परेका छन् ।
सार्वजनिक लेखा समितिकाे सभापति भरतकुमार शाह नेपाली काँग्रेस सभासद हुन । यस्तै वाइडबडी जहाज छानवीनका लागि गठित उप समितिका संयाेजक राजेन्द्र केसी पनि काँग्रेसकै सभासद हुन । पूर्व खेलकुद मन्त्री केसी काठमाडाैमा नेकपाका हालका अध्यक्ष तथा तत्कालिन माअाेवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाइ चुनावमा हराउने व्यक्ति हुन ।
उपसमितिले २४ अर्बमा दुईवटा वाइड बडी जहाज किन्दा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ राज्यलाई नोक्सानी भएको ठहर गरेको छ।
रवीन्द्र अधिकारीलाइ बदनीयतपूर्वक अन्तिम किस्ता भुक्तानी गर्न दिएकाेमा दाेषि देखाइएकाे छ । महालेखा परीक्षकको ५५ औँ वार्षिक प्रतिवेदनमा निगमको विमान खरिद प्रक्रिया कानुनसम्मत नदेखिएको भनी स्पष्ट उल्लेख भएको हुँदाहुँदै सोको छानबिन नगरी जानीजानी अन्तिम किस्ता रकम भुक्तानी गर्न आदेश दिनु गलत भएकाे प्रतिवेदनमा भनिएकाे छ ।
त्यसाे त यस अघि राजधानीमा सम्पन्न नेकपाकाे स्थायी कमिटीमा पनि जहाज खरिद प्रकरणमा भ्रष्ट्राचारका बारेमा बिषय प्रवेस भएकाे थियाे । अब प्रधानमन्त्री केपी अाेली तथा पर्यटनमन्त्री अधिकारी दुबै जनालाइ दवाव बढेकाे छ । प्रधानमन्त्रीले पटक पटक अाफु पनि भ्रष्ट्राचार नगर्ने र अरूलाइ पनि गर्न नदिने बताउदै अाएका थिए । मन्त्री अधिकारी पनि भ्रष्ट्राचार प्रमाणित भएमा राजनीतिबाट नै सन्यास लिने घाेषणा गरेका थिए ।
संघीय संसद्को सार्वजनिक लेखा समितिको उपसमितिले वाइडबडी जहाज खरिदमा सम्वन्धमा तयार पारेकाे प्रतिवेदन








प्रतिक्रिया लेख्नुहोस्:-