काठमाडाैं । अन्तिम दुई खेल अगाडिनै उपाधि जितेकाे मनाङ मर्याङ्दी क्बल शहीद स्मारक ए डिभिजन लिगमा कुनै पनि खेल नहार्ने टिमकाे कीर्तिमान बनाउने लक्ष्यमा भने अन्तिम खेलमा चुकेकाे छ । मनाङकाे लक्ष्यमा फ्रेण्डस क्बल तगाराे बन्याे ।
लतिलतपुरकाे सातदाेवाटाे स्थित एन्फा मैदानमा भएकाे खेलमा मनाङ फ्रेण्डस सँग एक शुन्य गाेलले पराजित भयाे । खेलमा मनाङले प्रयास नगरेकाे भने हाेइन । केही अवसर मनाङले सदुपयाेग गर्न सकेन । पहिलाे हाफ सकिएकाे संकेत हुदै गर्दा आफिज ओलावाले गाेल त गरेका थिए तर त्याे अफसाइड घाेषित भयाे ।
१२ खेल सम्म अपराजित मनाङ फ्रेण्डस बिरूद्द अन्तिम दुई मिनेट संहालिन सकेन । मनाङलाई लिगमा पहिलाे हार चखाउने क्रममा अतिरिक्त समयमा फ्रेण्डसका विकास लामाले गाेल गरे । विकासकाे गाेलले फ्रेण्डसलाइ अर्काे सिजन अंककाे ऋण बाेक्न नपर्ने भएकाे छ । रेलिगेशन विनाकाे लिग गरेकाे एन्फाले पुछारका तीन टिमले अर्काे सिजन ऋणात्मक अवस्थाबाट खेल्नु पर्ने नियम बनाएकाे छ ।
अन्तिम खेलमा हारेर लिगका सबै खेल जित्ने कीर्तिमानबाट चुके पनि मनाङ सर्वाधिक लिग जित्ने आफ्नै कीर्तिमानमा भने सुधार गरेकाे छ । मनाङले लिग जितेकाे याे आठाै पटक हाे । मनाङ पछि रानीपाेखरी कर्नर टिम आरसीटीले ६ पटक लिग जितेकाे छ । यस पटक च्याम्पियन भए सँगै मनाङले लिगको ट्रफीसँगै नगद ५० लाख पायाे । यस्तै मनाङले म्याच फि को रुपमा १२ खेलबाट ६ लाख समेत पाएको छ। एन्फाले प्रत्येक खेलको विजेता टिमलाई नगद ५० हजार दिने घोषणा गरेको थियो।
लिगमा दाेस्राे भएकाे संकटाले नगद ३५ लाख पायाे । संकटाले ९ खेल जितेकाे छ । थ्री स्टार तेस्रो र त्रिभुवन आर्मी चौथो भयो।
लिगकाे अर्काे खेलमा न्यूराेड टिम एनअारटी र ब्रीगेड व्वाइजले गाेल बरहित बराबरी खेलेका छन ।







प्रतिक्रिया लेख्नुहोस्:-