काठमाडाैं । नेपाली काँग्रेसले संसदमा सार्वजनिक वक्तव्यमा प्रश्न गर्न पाउनु पर्ने अडानलाई यथावत राेखेकाे छ । सिंहदरवारमा मंगलवार बसेकाे काँग्रेस संसदीय दलकाे बैठकले सभामुख कृष्णबहादुर महराले संसद नियम अनुसार नचलाएकाे निष्कर्ष समेत निकालेकाे छ ।
आइतवारकाे बैठकमा प्रधानमन्त्रीकाे वक्तव्यमा काँग्रेसले प्रश्न गर्न खाेजेकाे थियाे । तर सभामुखले नदिए पछि काँग्रेस सभासदले उठेर नारावाजी गरेका थिए । त्यस पछि सभामुखले संसद बैठक स्थगित गरेका थिए ।
काँग्रेस संसदीय दलकाे बैठकले प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुखले सांसदलाई नियमानुसार प्रधानमन्त्रीको वक्तव्यमाथि संसद्मा प्रश्न सोध्न नदिएको निष्कर्ष निकालेको छ । बैठकले जहाँबाट संसद बैठक अवरूद्द भएकाे हाे त्यहीबाट नै शुरू गर्नु पर्ने माग गरेकाे छ ।
प्रतिनिधिसभाकाे बैठक बुधवार बस्दै छ । प्रमुख सचेतक खाँडले बुधवारकाे बैठकमा पनि प्रश्न साेधिने बताए । उनले सभामुख र प्रधानमन्त्रीलाई प्रश्न सोध्न पाउनु पर्ने भन्दै, संसदीय अभ्यासमा सभामुख साझा व्यक्तित्वकाे रूपमा बसेर पदीय गरिमा जाेगाउन समेत आग्रह गरे । ‘सदन भनेको संसद, सभामुख र सरकार हो। एकोहोरो सरकारमात्र हैन, सरकारसँग संवाद गराउने वातावरण सभामुखले बनाउनुपर्छ,’ ।







प्रतिक्रिया लेख्नुहोस्:-