न्युयोर्क । नेपाली चलचित्र भैरै अमेरिकाको व्यवसायीक हलमा प्रर्दशन गरिने भएको छ । एभरेष्ट सुर्य बोहराद्वारा निर्देशित चलचित्र भैरे न्युयोर्क क्वीइन्स स्थित फल्सिङ्गमा रहेको हलमा देखाउन लागिएको हो ।
चलिचित्रका निर्माता मध्येका एक प्रेम पौडेलका अनुसार जनवारी २० आईतवार दिउँसो दुई बजे फल्सिङ्गको बम्बे थीयटरमा भैरै प्रर्दशन गरिने छ । चार सय सिट क्षमताको हलमा एक सो मात्र देखाइने भैरेका लागि टिकट मुल्य २० र ५० अमेरिकी डलर तोकिएको छ ।
चलचित्र भैरेमा विक्रान्त बस्नेत, दयाहाङ राई, बुद्धि तामाङ, बर्षा सिवाकोटी जान्बी बोहोरा, सुरक्ष पन्त लगायत रहेका छन् ।







प्रतिक्रिया लेख्नुहोस्:-