हेटौँडा । नेकपा नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जिब्राे चिप्लिएकाे विषयलाइ धेरै उचाल्न नहुने बताएका छन् । उनले अब भेनेजुएला प्रकरणलाइ चर्काउन नहुने पनि बताए । न्यूज क्लब हेटौँडाको आयोजनामा आज भएको पत्रकार भेटघाट कार्यक्रममा नेता नेपालले भने ‘ मिडियामा धेरै बाेल्नु हुँदैन, जिब्राे चल्दा चिप्लेर समस्या भयाे ।’
नेपालकाे सँग भाैगाेलिक दुरीमा निकै टाडा र दुइ पक्षिय सम्वन्ध पनि नभएकाे भेनेजुएलामा भइरहेकाे राजनैतिक संकटका बारेमा नेकपाकै अध्यक्ष पुष्पकमल दाहालकाे विज्ञप्तिले अहिले नेपाली राजनीति तरङ्गित छ । प्रचण्डले भेनेजुएलामा अमेरिकाले हस्तक्षेप गरेकाे भन्दै कडा शब्दमा विराेध गरेका थिए । प्रचण्डले विज्ञप्ति जारी गर्दा अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली स्वीजरल्याण्डमा भएकाे अार्थिक विकास मञ्चकाे बैठकमा भाग लिदै थिए ।
प्रचण्डकाे विज्ञप्तिलाइ लिएर अमेरिकाले गम्भिर असहमति जनाएकाे थियाे । अमेरिकाले सरकारकाे धारण नै मागेकाे थियाे । यस्ते नेकपाकाे सचिवालय बैठकले प्रचण्डकै लाइन समातेकाे थियाे । तर त्यस पछि प्रधानमन्त्री अाेलीले नेपाल टेलीभिजनमा प्रसारण हुने जनता सँग प्रधानमन्त्री कार्यक्रममा प्रचण्डले विज्ञप्ति जारी नगरि नहुने अवस्था रहेकाे र भाषामा पनि चिप्लिएकाे बताएका थिए ।
प्रधानमन्त्रीकाे भनाइलाइ प्रचण्डले चितवन पुगेर पार्टीले निर्णय गरि सके पछि व्यक्तिले के बाेल्छ भन्ने अर्थ नहुने बताएका थिए भने रूकुममा पुगेर फेरि माअाेवादी जन्मन सक्ने धम्की दिएका थिए । यसले नेकपाकाे एकता प्रकृया नै धरापमा पर्ने त हाेइन भन्ने शंका उत्पन्न हुन थालेका छ ।
हेटाैडामा अाइतवार पत्रकार सँग बाेल्दै नेता नेपालले दुई तिहाइको सरकार रहेको परिस्थितिमा सरकारबाट कमजोरी हुन नहुने र भएकालाई सुधार गर्नुपर्ने धारणा राखे ।
नेता नेपालले कार्यदलको सुझाव र पृष्ठपोषणलाई पालना गरेको खण्डमा सरकारले उपलब्धि हात पार्ने बताए । “पक्कै पनि सरकारका केही कमजोरी छन् तर ती कमजोरीलाई सुधारेर जानुको विकल्प छैन”, उनले भने ।
नेकपा एकीकरणको सन्दर्भमा बोल्दै नेता नेपालले छिट्टै नै पार्टीको एकीकरण कार्य सकिने बताए । नेपालले गोजीबाट निकालेको व्यक्तिले एकीकृत सङ्गठनको नेतृत्व नपाउने धारणा राखे । दुवै पार्टीका वरिष्ठले प्राथमिकता पाउने र कनिष्ठले कम प्राथमिकता पाउने उनकाे भनाइ थियो । नेपालले अबको केही समयभित्र नेकपाको सबै तहमा एकीकरण हुने कुरामा ढुक्क हुन अनुरोध गरे ।
सङ्गठनको निर्माण ढिला हुँदा काममा समस्या भएको भन्दै पूर्वप्रधानमन्त्री नेपालले सबै तहको सङ्गठनलाई चुस्तदुरुस्त बनाउनु आजको आवश्यकता भएको बताए । तिनै तहको सरकारमा नेकपाको बहुमत रहेकाले जन चाहनाअनुसार काम गर्न जनप्रतिनिधिलाई अनुरोध गर्ने गरेको भन्दै नेता नेपालले जनता के चाहन्छन् त्यसको ख्याल गर्नुपर्ने बताए ।
“जनता सार्वभौम सम्पन्न छन् उनीहरुको चाहना पूरा हुनुपर्छ”, उनले भने । पछिल्लो समय नेकपाका नेताबीचमा खटपट आएको हो भन्ने प्रश्नमा नेता नेपालले केही समस्या भए पनि मिडियामा आएजस्तो गम्भीर मतभेद र समस्या नरहेको बताए । । “नेकपाभित्र समाधान गर्न नमिल्ने गरी केही पनि बिग्रेको छैन”, उनले भने ।







प्रतिक्रिया लेख्नुहोस्:-