Wednesday, August 19, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एनआरएनए अमेरिकामा आवेदन दिनेको सङ्ख्या ६ हजार पुग्यो

माघ २९, २०७५ १०:२४ मा प्रकाशित
एनआरएनए अमेरिकामा आवेदन दिनेको सङ्ख्या ६ हजार पुग्यो
Share on FacebookShare on Twitter

अमेरिका, फेब्रुअरी १२ /
यस पटक एनआरएन एनसीसी अमेरिका भित्र रहेका ५ वटा शाखाले आफ्नो अस्तित्व गुमाउने सम्भावना बढेको छ । सोमबार रातिसम्म सदस्यताका लागि आवेदन दिने सदस्यहरूको सङ्ख्या हेर्दा ५ वटा राज्यको अस्तित्व नामेट हुने सम्भावना अधिक देखिन्छ । एनआरएनए अमेरिकाको मेम्वरसिप ड्राइभलाई नजिकबाट हेरिरहेकाहरूले अहिले सम्म ५० जना सदस्यको आवेदन नपरेका स्टेट च्याप्टरहरूले वाकी ४ दिनमा सदस्य सङ्ख्या एक सय पुर्‍याएर आफ्नो अस्तित्व जोगाउन नसक्ने अनुमान गरिरहेका छन् । विधानत एक सय भन्दा कम भएका च्याप्टर स्वतः खारेज हुने भएकाले ५ वटा च्याप्टरको अस्तित्व सङ्कटमा पर्ने भएको हो । सोमबार रातिसम्म सदस्यताका लागि आवेदन दिनेको सङ्ख्या करिब ६ हजार पुगेको छ । जसमध्येमा नौ वटा राज्यले सदस्यताको सङ्ख्या एक सय भन्दा माथि पुर्‍याएका छन् ।

रामबाबु पाण्डेले नेतृत्व गरिरहेको क्यालिफोर्निया राज्यमा करिब ४० हजार भन्दा बढी नेपालीहरू बसोबास गर्ने अनुमान गरिएको छ । पाण्डेको नेतृत्वमा रहेको च्याप्टरमा तुलसी चौलागाई, रोशन अधिकारी, द्रुपति भट्ट, दिक्ष बस्नेत, डिल्लीराज सिलवाल, मुरारी भट्टराई, गोपाल अधिकारी, कृष्ण गुरुङ, कमल कुमारी डोटेल रहेका छन् । यो कार्यसमिति एनआरएनको इतिहासमा सबैभन्दा कमजोर देखिने सम्भावना छ । अहिलेसम्म २ सय ६५ जनाको सदस्यताका लागि आवेदन परेको छ । यो सङ्ख्या क्यालिफोर्नियाको इतिहासमा सबै भन्दा कम हो । यस अघि दुई हजार भन्दा बढी सदस्य भएको क्यालिफोर्नियामा यस पटक पाँच सय भन्दा बढी सदस्य पुर्‍याउन निक्कै कसरत गर्नु पर्ने देखिन्छ । तर क्यालिफोर्नियाबाट यस पटक एनआरएनए एनसीसी अमेरिका र आइसीसीमा उम्मेदवारी दिन इच्छुक व्यक्तिहरूको सङ्ख्या भने १५ भन्दा बढी छ । त्यस मध्ये कतिपयले आफ्नै परिवारका सदस्य र आफन्तहरूलाई समेत सदस्य बनाउन सकेको देखिँदैन ।

क्यालिफोर्नियाको जस्तै अवस्थाका छ कोलोराडो च्याप्टरमा पनि । राज ढुङ्गानाले नेतृत्व गरिरहेको कोलोराडो च्याप्टर कै कतिपय पदाधिकारी र कार्यसमिति सदस्यले परिवारका सदस्य र आफन्तहरूलाई समेत एनआरएनमा आकर्षित गर्न सकेका छैनन् । कोलोराडोबाट सोमबार राति सम्म एक सय ८५ जनाले एनआरएनएको सदस्यता लिएका छन् । ढुंगनाको नेतृत्वमा रहेको कार्यसमितिमा कुमार जङ्ग कार्की रामचन्द्र पन्त, शङ्कर गुरुङ, विष्णु प्रसाद पौडेल, रुपेश बराल र महेन्द्र श्रेष्ठ रहेका छन् ।

घनश्याम खड्काको नेतृत्वमा रहेको कनेक्टिकट राज्यबाट अहिलेसम्म ७३ जना मात्र सदस्य बनेका छन् । नेपालीहरूको बाक्लो बस्ती रहेको यो राज्यबाट अहिले सम्म एक सय जना पनि एनआरएनको सदस्य बनेका छैनन् । खड्का नेतृत्वको कार्यसमितिमा मोहन बहादुर कार्की, लोक बहादुर थापा सुवास केसी, नारायण अधिकारी, देवनाथ महतो धर्मराज उप्रेती, राजेन्द्र अधिकारी रहेका छन् ।

सूर्य प्रसाद लम्सालको नेतृत्वमा रहेको जर्जिया च्याप्टरबाट अहिलेसम्म २६ जना मात्र एनआरएनको सदस्य बनेका छन् । अहिलेकै अवस्था बाकी ४ दिन सम्म कायम रहेमा यो च्याप्टरको अस्तित्व समाप्त हुन सक्ने सम्भावना रहेको छ ।

महेन्द्र बस्नेतको नेतृत्वमा रहेका आइओवा राज्यबाट अहिलेसम्म ५३ जनाले मात्र एनआरएनको सदस्य लिएका छन् । अस्तित्व मात्र जोगाउन पनि यो च्याप्टरले कडा मेहनत गर्र्नुपर्ने देखिन्छ । आइओवा च्याप्टर कार्यसमितिमा भुवन बस्नेत, रघु आचार्य, तारा ढकाल मरहट्टा, रमेश के सी, अवन बराल, अजय राज उपाध्याय, रघुनाथ आचार्य गङ्गा प्रसाइ रहेका छन् ।

सत्यनारायण चौधरीको नेतृत्वमा रहेको इलिनोइज राज्यमा यस पटक अरू राज्यको तुलनामा केही राम्रो नतिजा देखिएको छ । इलिनोइज च्याप्टरबाट २ सय ४७ जनाले सदस्यता लिइसकेका छन् । अमेरिमा एमालेको निकट सङ्गठन प्रवासी मञ्चमा बसेर काम गरिसकेका केही व्यक्ति यस पटक एनआरएनको पदाधिकारीका लागि प्रतिस्पर्धा गर्ने तयारीमा रहेका कारण इलिनोइजमा सदस्य सङ्ख्या बढेको हुनसक्ने कतिपयको अनुमान छ । इलिनोइज च्याप्टरमा डिल्लीराज फुयाँल, बाबुराम सापकोटा, ललन कुमार देभ, कविता नेपाल घिमिरे, शङ्कर बहादुर झेण्डि मगर, किरण बहादुर बस्नेत, दिवस आचार्य, चेतनाथ चौधरी, निता कार्की, तोयानाथ भण्डारी कार्यसमितिमा रहेका छन् ।

राजिभ श्रेष्ठको नेतृत्वमा रहेको इन्डियानामा ५६ जना मात्र एनआरएनए अमेरिकाको सदस्य भएका छन् । एनआरएनए अमेरिकाको बोर्ड अफडाइरेक्टर समेत रहेका गोपेन्द्र भट्टराईको यस राज्यले पनि शाखाको अस्तित्व जोगाउन निक्कै कसरत गर्नु पर्ने देखिन्छ ।

दिलुराम पराजुलीको नेतृत्वमा रहेको केन्टकीबाट सोमबार रातीसम्म एक सय ३ जना सदस्य बनेका छन् । यो राज्यको कार्यसमितिमा मोहनी डुम्रे, अनुप बस्नेत, सुधीर ओझा, मञ्जु गौतम, ईश्वर कटुवाल, शुभ प्रसाद लामिछाने, परशुराम आचार्य, पोशराज भुजेल, हिरा केसी, जनार्दन रिजाल रहेका छन् ।

विष्णु कार्कीले नेतृत्व गरेको म्यासाचुसेट राज्यमा सोमबार रातीसम्म एक सय १९ जना सदस्य बनेका छन् । हरि प्रसाद काफ्ले, सुमान्ता बज्राचार्य, चन्द्र बहादुर मल्ल, खगेन्द्रराज रेग्मी, चन्द्र देभ मण्डल म्यासाचुसेट च्याप्टरेको कार्यसमितिमा रहेका छन् ।

मेरिल्याण्ड च्याप्टरले अरू राज्यहरूको तुलनामा केही सङ्ख्यामा सदस्यहरू बनाएको देखिन्छ । मेरिल्याण्ड च्याप्टरमा सोमबार रातीसम्म ३ सय २० जना सदस्य बनेका छन् । दुर्गा प्रसाद श्रेष्ठको नेतृत्वमा रहेको यो च्याप्टरमा अशोक के सी, महेन्द्र देशार, विष्णु बराल, भरत थापा, जगन्नाथ कोइराला कार्यसमितिमा रहेका छन् ।

जगनलाल श्रेष्ठको नेतृत्वमा रहेको मिचिगनमा च्याप्टरबाट अहिलेसम्म १३ जना सदस्य बनेका छन् । अहिलेकै अवस्था बाकी ४ दिन सम्म कायम रहेमा यो च्याप्टरको अस्तित्व समाप्त हुन सक्ने सम्भावना रहेको छ । च्याप्टरको कार्यसमितिमा गणेश भण्डारी, छवि लामिछाने, नीरज विक्रम कार्की, दिल बहादुर थापा र राम पाण्डे रहेका छन् ।

न्यु हम्पसायर च्याप्टरबाट सोमबार साँझसम्म ६६ जना सदस्य बनेका छन् । डम्बर बहादुर कडरियाको नेतृत्वमा रहेको न्यु हम्पसायर च्याप्टरमा टोप गुरुङ, कमला ढुङ्गाना, कुमार भट्टराई, सुन्दरी गुरुङ रहेका छन् ।

समर बहादुर बुढाथोकीको नेतृत्वमा रहेको न्यु जर्सी च्याप्टरमा सदस्यता बन्ने क्रम अहिलेको स्थिति मै रहेमा अस्तित्व जोगाउन गाह्रो हुने देखिन्छ । न्यूजर्सिबाट अहिले सम्म ४४ जनाले सदस्यता लिएका छन् ।

करिब ८० हजार नेपालीहरू बसोबास गर्ने न्यूयोर्कबाट सोमबार साँझसम्म ८ सयले एनआरएनको सदस्यता लिएका छन् । पूर्व आर सी सोनाम लामा, डिआरसी नवीन शेरचन, एनआरएन अमेरिकाका पूर्व अध्यक्ष खगेन्द्र जी सी, महासचिव बी आर लामा, सह कोषाध्यक्ष पवन योञ्जन, आइसीसी मेम्बर बन्दना कोइराला, सूर्य लम्साल, लगायत एनआरएनएका सय जना भन्दा बढी अभियान्ता रहेको न्यूयोर्कमा गत वर्षको तुलनामा एनआरएनए अमेरिकाको सदस्य सङ्ख्या आधा भन्दा कम हुने देखिन्छ । रामहरि अधिकारीको नेतृत्वमा रहेको न्यु योर्क च्याप्टरमा विष्णु रानामगर, महेश कुमार खड्का, कञ्चन के सी, विजय गुरुङ,गोपाल गुरुङ, बेगम पण्डित, बलराम श्रेष्ठ, इन्दिरा घर्ती, प्रेम कुमार राई कार्यसमितिमा रहेका छन् ।

गोविन्द पौडेलको नेतृत्वमा रहेका ओहाइयो च्याप्टरका कार्यसमितिका पदाधिकारी र सदस्यहरू समेत सदस्य बनेका छैनन् । कार्यसमितिमा मोहन न्यौपाने, अचुत अधिकारी, एलेना शाक्य रहेका छन् । सदस्यताका हिसाबले यो राज्य च्याप्टरको अस्तित्व यसपटकबाट समाप्त हुने सम्भावना अधिक छ ।

ओरेगन च्याप्टरको अस्तित्व पनि सङ्कटमा छ । च्याप्टरबाट अहिलेसम्म ३४ जना एनआरएन अमेरिकाको सदस्य बनेका छन् । दिवाकर महर्जनको नेतृत्वमा रहेका च्याप्टर कार्यसमितिमा सुनिल राजकर्र्निकार, जितेन्द्र बज्राचार्य, सिता के राई, रमेश कुमार भण्डारी, प्रदीप बज्राचार्य, रविनमान शाक्य, सृजना प्रजापति रहेका छन् ।

आर सी गौरि जोशी, वरिष्ठ उपाध्यक्ष सुनिल शाह, पूर्व उपाध्यक्ष राम सी पोखरेल, सचिव होमनाथ गौतम, प्रवक्ता विनोद कुमार तिवारी, बोर्ड अफ डाइरेक्टर डाक्टर अर्जुन बनजाडे, कृष्ण लामिछाने, आइसीसी मेम्बर वेद बस्नेत, युवा कोर्डिनेटर स्वराज खाती, मिडिया कोर्डिनेटर बाल जोशी लगायत थुप्रै एनआरएनए अमेरिकाको जिम्मेवारीमा बसेका व्यक्तिहरू रहेको टेक्ससमा सोमवार साँझसम्म ७ सय ५६ जना सदस्य बनेका छन् । यस अघि गौरी जोशीले साम दाम अपनाएर विशेष जोडबलमा करिब ६ हजार मेम्बर बनाइएको थियो । चुनाव जसरी पनि जित्न भनेर बनाएका नक्कली र केही सक्कली सदस्य मध्ये एनआरएनए अमेरिकाको छानबिन समितिले ३२ सय ६१ नक्कली सदस्य भनी हटाउँदा अधिकांश टेक्ससबाट परेका थिए । त्यसपछि पनि करिब ३ हजार सदस्य टेक्ससमा रहँदा सबै भन्दा ठुलो च्याप्टर बन्न पुगेको थियो । आउटलुकबाट केही घण्टामा नै दुई हजार भन्दा बढी नक्कली इमेल बनाएर हार्डड्राइभमा सदस्य सङ्ख्या थप्ने गिरोहले अन्तसम्ममा त्यस्तै नाटक गरेन भने यस पटक टेक्सबाट एक तिहाइ मात्र सदस्य बन्ने देखिन्छ । आगामी निर्वाचमा टेक्सस राज्यबाट मात्र अध्यक्षका लागि ५ जनाले आकाङ्क्षा देखाइरहेका छन् । भानुभक्त खरेलको नेतृत्वमा रहेको टेक्सस च्याप्टरमा द्रोणराज गौतम पदम बहादुर ठकुराठी, सतिश प्रसाद ओझा लगायत कार्यसमितिमा रहेका छन् ।

गोविन्द सुवेदीको नेतृत्वमा रहेको भर्जिनिया च्याप्टरबाट सोमबार रातीसम्म १ सय ४४ जना सदस्य भएका छन् । च्याप्टर कार्यसमितिमा कृष्ण भण्डारी, सुरेश कुमार अधिकारी, मन कुमार थापा रहेका छन् ।

नवीन खनालको नेतृत्वमा रहेको वासिङ्टन च्याप्टरमा ६१ जना सदस्य बनेका छन् । गत महिना मात्र एनआरएनए अमेरिका साइन्स टेक्नोलोजी एण्ड इनोभेशन कमिटी संयोजक पशुपति पाण्डे र च्याप्टर सभापति नवीन खनालको पहलमा क्षेत्रीय विज्ञ भेला आयोजना भएको थियो । पूर्व डिआरसी एसी शेर्पाको गृह राज्य वासिङ्टनमा पनि सदस्य बन्ने क्रम बढेको छैन ।

यस पटक क्षेत्रीय उपाध्यक्षमा प्रतिस्पर्धा गर्न तयारी गरिरहेका बुद्धि सागर सुबेदीको नेतृत्वमा रहेको विसकनसिन च्याप्टरमा सोमबार रातीसम्म ८३ जना सदस्य बनाएका छन् । विसकनसिन च्याप्टरमा विष्णु अधिकारी, हेमलाल देवकोटा, हरिप्रसाद जोशी, जिता पौडेल, राजन पन्थी, गङ्गा कुमार गुरुङ,रामनाथ पोखरेल, सङ्गीता अधिकारी, हरि अधिकारी, उत्सव पराजुली कार्यसमितिमा रहेका छन् ।

यस पटक एनआरएन एनसीसी अमेरिकामा सदस्यता लिने क्रम निक्कै कम भएको छ । यही अवस्था रहेमा ५ वटा शाखाले आफ्नो अस्तित्व गुमाउने सम्भावना बढेको छ । अहिलेसम्म च्याप्टर गठन हुन नसकेको कन्सासमा ८४ जना सदस्य बनिसकेका छन् । यो सङ्ख्या बढ्दै गएर एक सय पुगेमा च्याप्टर गठन हुने सम्भावना छ ।
एनआरएन अमेरिकाको विधानमा उल्लेख भएको निर्वाचन कार्य तालिका अनुसार फेब्रुअरी अन्तिमसम्म कुनै पनि योग्यता पुगेको व्यक्तिले भोटिङ राइटका लागि सदस्यता लिन चाहेमा दिनु पर्ने हुन्छ । तर शनिवार बसेको एनआरएन अमेरिकाको कार्यसमिति बैठकले फेब्रुअरी १५ पछाडि सदस्यता अवधि नबढाउने निर्णय गरेको छ । छानबिन समितिको काम भने फेब्रुअरी अन्तिमसम्म जारी रहने छ ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result