काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली निकट व्यक्ति नै नागरिकता सम्वन्धी विवादमा फसेका छन् । मुस्लिम आयाेगकाे अध्यक्षमा प्रस्तावित समिम मियाँ अन्सारीकाे जन्ममिति फरक भेटिएकाे छ । आयाेग अध्यक्षमा सिफारिस भए पछि उनीमाथि विभन्न आराेप सहित उजुरी परेकाे थियाे ।
उजुरी मध्ये नक्कली शैक्षिक प्रमाण पत्र र नागरिकता समेत रहेका थिए । संसदकाे सुनुवाइ समितिले उनीमाथिकाे आराेप बारे छानविन शुरु गरे पछि नागरिकतामा दुई फरक जन्ममिति देखिएकाे हाे । यस बारेमा कान्तिपुर दैनीकले आफ्नाे अनलाईन सस्करणकाे समाचारमा लेखेकाे छ, ‘ जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट २०५५ साल पुस २२ मा लिएको नागरिकताको ढड्डामा २०३७ साल असोज २४ गते र २०६६ साल भदौ ९ मा प्रतिलिपि लिँदा उनको जन्ममिति २०३० साल असोज २४ गते उल्लेख छ ।’
०७३८४/८७१ नागरिकता नम्बर रहेको अन्सारीको प्रतिलिपि जारी गर्दा प्रशासनको ढड्डामा सिडिओको नामसमेत उल्लेख छैन। प्रशासन स्रोतका अनुसार नागरिकता नम्बर ८७० मा नागरिकता वाहकको जारी गर्ने प्रमुख जिल्ला अधिकारीको नाम योगेन्द्रनाथ ओझा उल्लेख छ। अन्सारीको ८७१ नम्बर रहेको नागरिकतामा सिडिओको नाम रहने ठाउँमा ‘द’ मात्रै लेखिएको छ।
अन्सारीले २०५५ सालमा नागरिकता लिने क्रममा काठमाडौँ महानगरपालिका–१९ ठेगाना उल्लेख गरेका छन् भने प्रतिलिपि लिने क्रममा काठमाडौँ महानगरपालिका–९ उल्लेख गरेर लिएका छन्।
काे हुन अन्सारी
अन्सारी काठमाडाैका सामान्य कष्टमेटिक र फेन्सी व्यापारी हुन । झण्डै दुई दशक देखि उनकाे परिवारले काठमाडाैमा व्यपार गर्दै आएकाे छ । संसदीय समितिकाे उजुरीमा उनका पिता भारतीय नागरिक भएकाे र उनले बंसजकाे आधारमा नागरिकता लिएकाे आराेप समेत लगाईएकाे छ । साे आराेप छानवीनकै क्रममा छ ।
२०६२ \६३ सालकाे जनआन्दाेलन पछिकाे राजनीतिक परिवेशमा अन्सारी दृश्यमा आएका हुन । उनी राष्ट्रिय खेलकुद परिषदबाट राजनैतिक करिअर शुरु गर्न सफल भएका व्यक्ति हुन । तत्कालिन समयमा तराई मधेश लाेकतान्त्रीक पार्टीका अध्यक्ष महन्त ठाकुरकाे निकट पुगेका अन्सारी साेही आधारमा परिषद्का सदस्य बनेका थिए । साे समय गणेश तिवारी नेपाली खेलकुद मन्री र हरिबहादुर चाैधरी परिषदकाे सदस्य सचिव थिए । केही समय अन्सारीले मन्त्री तिवारीकाे सल्लाहाकारकाे रुपमा पनि काम गरे ।
पिताम्वर सँगकाे दाेष्तीले बनायाे एमाले
अन्सारी परिषद्काे सदस्य रहेकाे समय पिताम्वर तिमिल्सिना परिषद्काे उपाध्यक्ष थिए । तिमिल्सिना आफुलाई प्रधानमन्त्री ओलीकाे भित्रिया भन्न रुचाउछन । ओली सँग तिमिम्सिनाकाे लामाे समय देखि साेझै पँहुच छ । साेही पँहुचकै आधारमा तिमिल्सिना अहिले पुन : दाेस्राे पटक खेलकुद परिषदकाे उपाध्यक्ष बनेका छन् । २०७४ साल जेठ १३ गते अन्सारी तत्कालिन नेकपा एमाले प्रेवस गरेका हुन । एमाले प्रवेस गर्नु अगाडि सम्म उनी तराई केन्द्रित ६ वटा पार्टी मिलेर बनेकाे राष्ट्रिय जनता पार्टीकाे केन्द्रिय सहमहामन्री थिए । एमाले प्रवेस गर्ने क्रममा अन्सारीले म्यानमार र बर्माबाट विभिन्नबाटाे हुदै काठमाडाै प्रवेस गरि कपन क्षेत्रमा शरणार्थीकाे रुपमा रहेकाहरुलाई नेपाली मुलमान समुदायकाे ठूलाे समुह एमाले प्रेवस गरेकाे भनेर हल्ला फिजाएको आराेप लागेकाे थियाे ।
नेकपामा बढ्दाे पँहुच
एमालेमा प्रवेस गरे पछि अन्सारीकाे दिनचर्या ओली निकट रहनुमा नै वित्ने गरेकाे थियाे । यस क्रममा उनले एमालेकै अर्का नेता पूर्वप्रधानमन्री माधवकुमार नेपाल, महामन्री ईश्वर पाेखरेल सँग सम्पर्क बढाएका थिए । पछि नेकपा एमाले र नेकपा माओवादी मिलेर बनेकाे नेकपामा अन्सारी केन्द्रीय सदस्य बन्न सफल भए । सम्भवत कम्युनिष्ट पार्टीमा प्रवेस गरेकाे छाेटाे समयमा सत्तारुढ पार्टीकाे केन्द्रीय सदस्य पद पाउने अन्सारी पहिलाे ब्यक्ति हुन । अहिले उनी नेकपाका प्राय सबै शिर्ष नेताकाे घरमा ‘बेडरुम’ सम्म सहजै पँहुच राख्ने र सार्वजनीक कार्यक्रममा नेताहरु सँग मञ्च शेयर गर्ने हैसियतमा देखिन्छन ।
तस्वीरहरु अन्सारीकाे फेसबुकबाट
प्रतिक्रिया लेख्नुहोस्:-