अमेरिका ।
एनआरएनए अमेरिकाको आसन्न निर्वाचनमा महासचिवमा प्रतिस्पर्धा गर्न सियाटल निवासी पशुपति पाण्डेले उम्मेदवारी घोषणा गरेका छन् । 
पाण्डेले महासचिवमा उम्मेदवारी घोषणा गर्दै भने “तल्लो तहबाट प्रवेश गरी विभिन्न सङ्घ संस्थाको नेतृत्वसम्म पुगेर गरेका काम, अनुभव, सिप र आर्जन गरेको ज्ञानले जिम्मेवारी सही ढङ्गले बहन गर्न मलाई सहज हुने छ ।” पाण्डेले अरू सङ्घ संस्थाको अनुभव लिएर राम्रो परिणाम निकाल्न आगामी दिनमा एनआरएनए अमेरिकामा मात्र समर्पित हुने बताए । पाण्डेले भने “म गुणात्मक, सहभागिता मूलक सहकार्यमा विश्वास राख्दछु ।”
पाण्डे पेसाले इन्जिनियर हुन् । उनी सन् २०१० देखि एनआरएनए अमेरिकामा सम्बद्ध छन् । सन् २०१५ बाट एनआरएनए अमेरिका र आइसीसीका विभिन्न कमिटीमा बसेर काम गरिरहेका छन् । अहिले अमेरिकाको भूमिमा नेपालीले आर्जन गरेको शिक्षा, सिप, दक्षता, 
सोही कार्यक्रममा सियाटल निवासी टी पी खनालले एनआरएनए अमेरिकाको बोर्ड अफ डाइरेक्टरमा आफ्नो उम्मेदवारी सार्वजनिक गरेका छन् ।
यस अघि एनआरएनए अमेरिकाका बोर्ड अफ डाइरेक्टर गोपेन्द्र भट्टराईले पनि उम्मेदवारी सार्वजनिक गरिसकेका छन् ।







प्रतिक्रिया लेख्नुहोस्:-