ह्युस्टन, टेक्सस, मार्च ३१/ नेप्लिज एशोसिएसन अफ ह्युस्टन (एनएएच) को आयोजना र गल्फकोष्ट रिजनल ब्लड् सेन्टर, ह्युस्टनको सहयोगमा आज श्री पशुपतिनाथ मन्दिर ह्युस्टन परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। एनएचका पदाधिकारीहरु सहित बृहत्तर ह्युस्टनका ३८ जना नेपालीहरुले रक्तदान गरेका थिए। ३८ जना दाताहरुबाट ४१ युनिट रगत संकलन भएको एनएएचकी रक्तदान कार्यक्रम संयोजक प्रशान्ती पण्डितले जानकारी गराइन्।
पण्डितका अनुसार आज रक्तदान गर्नेहरु मध्ये १६ जना नयाँ रक्तदाताहरु थिए। रक्तदानका लागि ४१ जनाले रजिस्ट्रेसन गरेका भएपनि ३ जना इच्छुक दाताहरुले प्राविधिक कारणले रक्तदान गर्न पाएनन्।
रक्तदान कार्यक्रममा एनएएचका अध्यक्ष डा. विष्णु नेपाल, सल्लाहकार तारा बराल सहित १९९८ देखि नै प्राय बर्षको चार पटक रगत दान गर्दै आएका पूर्व अध्यक्ष ज्योति घिमिरे जस्ता ‘भेट्रान’ रक्तदाताहरुले समेत रक्तदान गरेका थिए। घिमिरेले आज समेत गरेर ६२ पटक रक्तदान गरिसकेका छन्।
भिकेयरको फ्रि–हेल्थ स्क्रिनिंग
रक्तदान कार्यक्रम संगै भि-केयर क्लिनिक्सले निःशुल्क हेल्थ स्क्रीनिंग सेवा प्रदान गरेको थियो। भिकेयरका इक्जिक्यूट्भ अफिसर द्रोण गौतमका अनुसार २० जनाले सेवा लिएका थिए।
आजै श्री पशुपतिनाथ मन्दिरमा शिव अभिषेक पूजा समेत भएको थियो।


तस्बिर: एनएएच, द्रोण गौतम र सुजन पण्डित/दूरबिन नेपाल











प्रतिक्रिया लेख्नुहोस्:-