न्युयोर्क, अप्रिल १० । गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी अमेरिका) अन्तर्गत न्युयाेर्क च्याप्टरका अध्यक्ष रामहरि अधिकारीले दोस्रो कार्यकालको लागि पनि साेही पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन ।
सामाजिक सञ्जाल मार्फत एक विज्ञप्ति जारी गर्दै अध्यक्ष अधिकारीले सबैबाट पाएको हौसला तथा प्रोत्साहनको कारण नै पुनः न्युयोर्क च्याप्टर अध्यक्षमा उमेदवारी दिएको बताएका छन । घोषणापत्रको लामो फेहरिस्त भन्दा पनि कार्यमा विस्वास गर्ने स्वभावका कारणपनि आगामि दिनमा एनआरएनए, अमेरिका न्युयोर्क च्याप्टरलाई अझै सशक्त बनाउने उनले बताएका छन् । एनआरएनएमा सबैलाई समेटेर लैजाने र राज्यमा नेपालीको पहिचान र सवाललाई उठाउने अधिकारीले जनाएका छन ।
अधिकारीकै कार्यकालमा न्युयोर्कमा नेपाली समुदायका केहि महत्वपुर्ण कार्यहरु सम्पन्न भएपछि उनको लोकप्रीयता बढेको छ । अधिकारीको पहलमा न्युयोर्कको क्वीन्स स्थित ज्याक्सन हााइट्सको एक सडकको नाम माउण्ट एभरेष्ट वे राखिएको छ । त्यस्तै न्युयोर्कमा सवारी चालक अनुमतिपत्रको लिखित परिक्षा नेपाली भाषामा दिन पाइने व्यवस्था भएको छ ।
न्युयोर्क सरकार र नेपाली समुदायको विचमा घनिष्टता बढ्नुमापनि न्युयोर्क च्याप्टर र यहाँको नेपाली समुदायको भुमिका महत्वपुर्ण मानिएको छ । आप्रवासीको सहर न्युयोर्कमा एनआरएनए अमेरिकाको महत्वपुर्ण भुमिका हुने भएकालेपनि यहाँको निर्वाचनलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।
पुन साेही पदमा उमेदवारी दिएका अधिकारीले आफ्ना केही याेजना अधुरा रहेकाले त्यसलाई पुरा गर्न कार्यकाल दाेहाेर्याउन लागेकाे बताए । ‘एनसीसीमा जाने सुझाव नभएकाे हाेइन तर चाहादा चाहादै पनि समय अभावका कारण मेराे पहिलाे कार्यकालमा केही काम अधुरै रहेका छन्, त्यसलाई फत्ते गर्न पनि मैले पुन अध्यक्षमा नै उमेदवारी दिएकाे हु ।’







प्रतिक्रिया लेख्नुहोस्:-