Tuesday, August 18, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एनआरएनए अमेरिकाको निर्वाचन रोक्न मुद्धाको तयारी

चैत्र २८, २०७५ ११:४० मा प्रकाशित
एनआरएनए अमेरिकाको निर्वाचन रोक्न मुद्धाको तयारी
Share on FacebookShare on Twitter

तोया दाहाल 

-अमेरिका ।

एनआरएनए अमेरिकाको आसन्न निर्वाचनलाई रोक्न मुद्दा दर्ताको तयारी अन्तिम चरणमा पुगेको समाचार दूरबिन नेपाललाई प्राप्त भएको छ । दूरबिन समाचार स्रोतका अनुसार बिहीबार सूर्य लम्सालले न्यूयोर्कमा वकिलसँग परामर्श गरेर मुद्धाको आधार तयार गरेका छन् । मुद्धाको आधार बलियो बनाउन एनआरएन अमेरिका र निर्वाचन आयोग समक्ष लम्सालले ‘माग पत्र’ पेस गरेका छन् । स्रोतले दूरबिन नेपाललाई दिएको जानकारी अनुसार ‘आफ्ना मागको सुनवाई तत्काल नभएमा कानुनी उपचारमा जाने’ लम्सालको पत्रमा उल्लेख छ ।

मनोनयन दर्ता गर्न केही दिन मात्र बाकी रहँदा अध्यक्षका दाबेदार लम्साल अदालत (टेनेसी कोर्ट) जान लागेको सूचना दूरबिन नेपाललाई बिहीबार अपरान्ह प्राप्त भएको थियो । प्राप्त सूचनालाई पुष्टि गर्न लम्सालसँग दूरबिन नेपालले पटक पटक फोन सम्पर्क गर्ने प्रयास गर्‍यो । तर लम्सालको फोन उठेन । यो समाचार तयार गर्दासम्म लम्सालले फोन सन्देशको प्रतिउत्तर गरेका छैनन् ।

लम्सालले आफ्नो माग पत्रमा ‘सदस्यता आवेदन दिने अन्तिम समयमा नियोजित ढङ्गले सरभर डाउन र सुस्त बनाइएको सम्बन्धमा तेस्रो पक्षबाट निष्पक्ष छानबिन हुनु पर्ने’ माग गरेको दूरबिन स्रोतको भनाइ छ । त्यस्तै ‘विवादित निर्वाचन आयुक्त हटाएर निष्पक्ष निर्वाचन गरिनु पर्ने’ लम्सालको अर्को माग रहेको छ । दूरबिन समाचार स्रोतका अनुसार ‘आफ्नो माग तत्काल सम्बोधन नभएमा कानुनी उपचारमा जाने’ लम्सालले उल्लेख गरेका छन् ।

लम्सालका सहयोगी मध्येका एक पवन योञ्जनले भने लम्सालले मुद्दा दायर गर्ने विषयलाई ठाडै अस्वीकार गरे । दूरबिन नेपालसँग भने “सूर्य जीलाई सहयोग गर्ने पासाङ, सोनाम र म मुद्दा मामलामा जानुहुन्न भन्ने पक्षमा छौ । पहिला देखि नै मुद्दा मामलाको विरोधी हौँ ।”

लम्सालले पनि आफ्नो उम्मेदवारी घोषणा सभामा निर्वाचन निष्पक्ष हुनेमा आशावादी रहेको र आफू जित्ने दाबी गरेका थिए । दूरबिन नेपालले सरभर स्लो र डाउन भएपछि समय थपेर सदस्य बन्न इच्छुकलाई मैका दिनु पर्ने विषयमा लम्सालको प्रतिक्रिया लिएको थियो । विधान त सदस्य बन्न चाहनेलाई १५ दिन थप समय दिन सकिने अवस्था थियो । तर लम्सालले त्यसवेला दूरबिन नेपाललाई प्रतिक्रिया दिँदै भनेका थिए “एक दिन पनि सदस्य अवधि थपिनु हुन्न । सदस्य बन्न समय थपिएमा विगतमा जस्तै गडबडी हुनसक्छ ।”

लम्सालका प्रमुख सहयोगी मध्येका एक पासाङ लामाले पनि केही समय पहिला दूरबिन नेपालसँग कुरा गर्दै भने “म सधैँ मुद्दा मामलाको विपक्षमा छु । मुद्दा मामला भन्दा अर्को निर्वाचन पर्खिएर त्यसको बदला लिनु राम्रो हो । त्यस बेला गल्ती गर्नेलाई पाठ पढाउन अहिले म सक्रिय भएको हुँ” ।
समाचार स्रोतले भने पासाङ लामा पनि अहिले मुद्धाको पक्षमा रहेको जिकिर गरेको छ । पासाङसँग प्रतिक्रिया लिन सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

केही दिन अगाडि सम्म उम्मेदवारी प्रचार प्रसारमा सक्रिय लम्सालले निर्वाचन प्रक्रियाको अन्तिम चरणमा उजुरी दाखिला गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । समाचार स्रोतले जितको आधार सुनिश्चित भएमा लम्साल मुद्धामामलाबाट पछि हट्न सक्ने दाबी गरेको छ । सञ्जय थापालाई आफ्नो टिमको वरिष्ठ उपाध्यक्षमा मिलाएर प्रतिस्पर्धाको बलियो आधार तयार गर्न सकेमा उनी यो प्रक्रियाबाट पछि हट्ने दाबी ग¥यो । तर लम्सालको यस विषयमा प्रतिक्रिया लिन पटक पटक प्रयास गर्दा पनि सम्भव भएन ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result