अमेरिका १८ अप्रिल ।
एनआरएनए अमेरिकाको २०१९–२१ को नेतृत्व लिन अध्यक्षमा सूर्य लम्सालले बिहीबार बिहान उम्मेदवारी दाखिला गरेका छन् । दूरबिन नेपालसँग कुरा गर्दै लम्सालले भने “मेरो टिम नै हुने छ” । तपाईँको टिममा वरिष्ठ उपाध्यक्ष, महासचिव कसलाई लिँदै हुनुहुन्छ भन्ने प्रश्नमा लम्सालले भने “अहिले टिम मिलाउने काम भइरहेको छ । केही समय पछि थाहा पाउनु हुन्छ ।”
सरभरको समस्या
उम्मेदवारी दाखिला गर्दा सरभरमा समस्या भएर धेरै दुख पाएको लम्सालले बताए । दूरबिन नेपालसँगको कुराकानीमा लम्सालले भने “सरभर अप डाउन भइरह्यो । नोमिनेशन फायल गर्न पनि यति दुख दिने काम गर्न हुन्छ ? मलाई कति घण्टा लाग्यो । मैले भिडियो खिचेर राखेको छु । प्रमाण आवश्यक परे देखाउँछु ।” लम्सालले अक्रोस पोख्दै भने “कुनै पनि अर्गनाइजेशन यसरी चल्छ ? यस्तो समस्या बनाउने मान्छेले अर्गनाइजेशन चलाउछु भनेर अगाडि बढ्न मिल्छ ?”







प्रतिक्रिया लेख्नुहोस्:-