बैरभाव किन ?
आएको रित्तो हात हो जानु पर्छ खालि हात नै ।
के का लागि हो झगडा आफ्नैसंग दुश्मन भै ॥
छैनौं कोही नि अजम्बरी जानु नै पर्छ कुनै दिन ।
वास्तबिकता बिर्सेर एक आपस बैरभाव किन ॥
जिन्दगिको गोरेटोमा आउँछन यहॉ अनेक कुरा ।
विश्व बन्धुत्वको भावले स्वकर्तब्य गर्ने हो पूरा ॥
किर्ति राख्न सके केही सम्झलान भावि सन्तति ।
क्षणिक आबेग बढ्यो भने बिग्रन सक्दछ मति ॥
अहंकारले हित गर्दैन गर्न सक्दछ आफ्नै खति ।
भातृत्व भाव बढाउँ हामी बैरभाव नराखी रति ॥
बन्धु पोख्रेल सन फ्रान्सिस्को







प्रतिक्रिया लेख्नुहोस्:-