बलिउड नायिका सोनाक्षी सिन्हा सोनाक्षीविरुद्ध उत्तर प्रदेशको मुरादाबाद प्रहरी चौकीमा धारा ४२० अन्तर्गत ठगीको उजुरी दर्ता भएको छ । दुई वर्ष अघि सोनाक्षीले एक सांस्कृतिक कार्यक्रमको निम्ति २४ लाख भुत्तानी लिए पनि कार्यक्रममा प्रस्तुति नगरेको आरोप लगाउँदै कटघरका प्रमोद शर्माले सोनाक्षीविरुद्ध ठगीको उजुरी दर्ता गरेका हुन ।
प्रहरीले सोनाक्षिलाई सोधपुछको निम्ति मुम्बईस्थित घर पुगेपनि उनी घरमा फेला नपरेपछि प्रहरी पुन उनको घर जाने बताइएको छ । यता सोनाक्षिका निजी सहायकले भने सोनाक्षिले अहिलेसम्म इमान्दारपूर्वक काम गर्दे आएको वताउदै यो उनको छवि बिगार्नलाई गरेको षड्यन्त्र रहेको बताए ।







प्रतिक्रिया लेख्नुहोस्:-