दूरबिन नेपाल, न्युयोर्क, जुुलाई २१
प्रतिनिधि सभा अन्तर्गत कानुन न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले गैर आवासीय नेपालीले तत्काल नेपालमा राजनीतिक अधिकार पाउन नसक्ने बताएका छन । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद न्युयोर्क च्याप्टरले शनिवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सो कुरा बताएका हुन । सांसद पोखरेलले गैर आवासीय नेपालीलाई सबै अधिकार दिनुपर्नेपक्षमा आफु रहेपनि राजनीतिक दलका केही नेताहरुमा अझै गैर आवासीय नेपालीलाई हेर्ने दृष्टिकोण पुरातन भएकोले समस्या श्रृजना भएको बताएका छन ।
अन्तरक्रिया कार्यक्रममा न्युयोर्कका गैर आवासीय नेपालीले राखेको जिज्ञाशाको जवाफ दिंदै पोखरेलले दशै सम्ममा वा लगत्तै संसदबाट विधेक पारित हुने गैर आवासीय नेपाली सम्बन्धी विधेयकका अधिकांश सकारात्मक कुराहरुनै सामेल हुने आस्वासन पनि दिएका छन । कार्यक्रममा न्युयोर्कमा रहेका नेपालीहरुले गैर आवासीय नेपाली सम्बन्धी विधेयकमा आर्थिक सामाजिक तथा राजनीतिक अधिकारलाईपनि सामेल गर्न आग्रह गरेका थिए । अन्तरक्रिया कार्यक्रममा गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वयपरिषद अमेरिकाका पूर्व अध्यक्ष खगेन्द्र जीसी, एनआरएनए न्युयोर्क च्याप्टरका अध्यक्ष रामहरी अधिकारी र नेपाली कांग्रेस महासमिति सदस्य बेद खरेल लगायतले नेपाल सरकारको गैर आवासीय नेपालीलाई हेर्ने दृष्टिकोण बदलिनुपर्ने बताएका थिए ।









प्रतिक्रिया लेख्नुहोस्:-