दूरबिन नेपाल, अगष्ट १०
अमेरिकाको दक्षिण–पश्चिम सिमानामा अमेरिकी कष्टम एण्ड बर्डर प्रोटेक्सन सीबीपीले ८२ हजार ४९ व्यक्तिलाई पक्राउ गरी कारवाही गरिएको जनाएको छ । पक्राउ परेका मध्ये अधिकांश अवैधरुपले सिमा पार गर्नेहरु रहेकाछन । सीबीपीले जारी गरेको बर्ष तथ्यांकमा यो कुरा उल्लेख गरिएको छ ।
पक्राउ पर्नेहरु दक्षिण–पश्चिम बन्दरगाहमा पक्राउ परेका हुन । सीबीपीका अनुसार चालु आर्थिक बर्षमा मात्रै अवैध रुपले अमेरिका प्रवेश गर्न खोज्ने आठलाख ६ हजार सात सय ८५ जना पक्राउ परेका छन । अमेरिकी कष्टम एण्ड बर्डर प्रोटेक्सन(सीबीपी)ले सन २०१९ जुलाई महिनाको आप्रवासीहरुको तथ्यांक सार्वजनिक गर्दै यो जानकारी दिएको हो ।
सीबीपीको दावी अनुसार जुलाई महिनाको तथ्यांक अघिल्लो महिनाको भन्दा २१ प्रतिशतले कमी हो भने मे महिनाभन्दा ४३ प्रतिशतले कमी हो । भौगोलिक रुपमा अमेरिकाको दक्षिणी सिमाबाट अवैध रुपमा छिर्न खोज्नेहरु एल साल्भाडोर, ग्वाटेमाला तथा होण्डुरस र मेक्सीकोबाट आएको हुन सक्ने सुरक्षा अधिकारीहरुले बताएका छन । यद्यपी जुलाईमा ती मुलुकबाट अमेरिका छिर्न खोज्नेहरुको संख्या २६ प्रतिशतले कमी आएको बताइएको छ । तर अहिलेको आंकडाले यस बर्षको अन्त्यमा सय प्रतिशत भन्दा धेरैले बढ्न सक्ने देखाएको छ । सीबीपीले सिमामा पक्राउ पर्ने अवैध आप्रवासीहरुको संख्यामा कमी आउनुमा आप्रवासी सम्बन्धि नयाँ व्यवस्था, प्रवासी सुरक्षा प्रोटोकल तथा छिमेकी मुलुकहरुले देखाएको गम्भिरता महत्वपुर्ण भएको बताइएको छ ।








प्रतिक्रिया लेख्नुहोस्:-