दूरबिन नेपाल, न्युयोर्क
केहि दिन अघि अमेरिकाको न्युयोर्कमा एक जना प्रहरीले आत्महत्या गरे । ५६ बर्षीय रोबोर्ट इभेरियाले आफुलाई आफ्नै घरमा गोली प्रहार गरेका थिए । न्युयोर्क प्रहरीमा २५ बर्ष सेवा गरेका उनी यो बर्ष आत्महत्या गर्ने नवौं प्रहरी हुन । रोबोर्टका श्रीमती र दुई बच्चाहरु छन । जुन महिनादेखि अगष्ट सम्ममा ६ जना प्रहरीले आत्महत्या गरिसकेका छन । रोबोर्टकी बहिनीले आफ्नो दाजु आफैका लागि खतरनाक भएको बताएकी छिन । अझै पनि उनले किन आत्महत्या गरे भन्ने अनुसन्धानकै क्रममा रहेको छ । यद्यपी मानसिक समस्याका कारणा उनले आत्महत्या गरेको हुन सक्ने अनुमान न्युयोर्क प्रहरीले गरेको छ ।
न्युयोर्कमा प्रहरीहरुको आत्महत्यालाई निकै गम्भिरतापुर्वक लिइएको छ । न्युयोर्क प्रहरीले मानसिक तनावसंग संघर्ष गरिरहेको भए विभागमा जानकारी गराउन पनि अनुरोध गरेको छ । पुलिस कमिसनर जेम्स ओ नेलले मानसिक स्वास्थ्यका कारण प्रहरी अधिकारीहरुले आत्महत्या गरेको बताएका छन । केही दिनअघि न्युयोर्क प्रहरी अधिकारी ३५ बर्षीय जोनी रिओसले पनि आत्महत्या गरेका थिए । उनी यो बर्ष आत्महत्या गर्ने नवौं प्रहरी अधिकारी हुन । सन २०१८ मा न्ययोर्कका ४ जना प्रहरी अधिकारीहरुले आत्महत्या गरेका थिए । औषतमा न्युयोर्कमा चार वा पाँच प्रहरी अधिकृतहरुले आत्महत्या गर्ने गरेको तथ्यांक छ ।









प्रतिक्रिया लेख्नुहोस्:-