Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकामा आत्महत्याको काहाली लाग्दो अवस्था, तथ्याङ्क भन्छ : दिनमा एक सय २९ जनाले फाल्छन जीवन

भदौ ३, २०७६ १:०९ मा प्रकाशित
Share on FacebookShare on Twitter

बद्रि गौतम, दूरबिन नेपाल

 

अमेरिका, अगष्ट २० । अमेरिकामा आत्महत्याको दर डरलाग्दो रहेको एक अनुसन्धानले देखाएको छ । अमेरिकन फाउण्डेसन फर सुसाईड प्रिभेन्सनले गरेको खोज अनुसन्धान अनुसार अमेरिकामा बर्षमा झण्डै ५० हजारले आत्महत्या गर्ने गरेको देखिएको छ ।

 

फाउण्डेसनले सन २०१८ मा गरेको एक सर्भे अनुसार सन २०१७ मा अमेरिकामा ४७ हजार एक सय ७३ जना अमेरिकीहरुको मृत्यु आत्महत्याबाट भएको पाइएको छ । सन २०१७ मै १४ लाख अमेरिकीहरुले आत्महत्याको प्रयास गरेको रिपोर्ट सार्वजनिक भएको थियो ।

अर्बौ रकम आत्महत्याकै कारण खर्च

फाउण्डेसनको रिपोर्ट अनुसार आत्महत्या तथा यस्तो दुर्घटनाबाट राज्यलाईपनि निकै ठुलो नोक्सानी हुने गरेको देखिएको छ । जब कुनै व्यक्तिले आत्महत्या गर्छ भने त्यसको छानविन गर्नु पर्यो । यदि कोही आत्महत्याको प्रयास गर्यो तर बच्यो भने उसको उपचार त गर्नै पर्यो । यसमा अमेरिकामा ६९ बिलियन डलर खर्च हुने गरेको तथ्यांकले देखाउंछ ।

मृत्युको दशौं कारण आत्महत्या, दैनिक १२९ जना मारिन्छन

 

अमेरिकामा मास सुटिङबाट मात्रै झण्डै ४० हजार भन्दा मानिसको बर्षेनी मृत्यु हुने गरेको छ । मृत्युका अन्य कारणहरुपनि छन । तर अमेरिकामा मृत्युको दशौं कारण हो आत्महत्या । यदि कुनै व्यक्तिले आफुले आफैलाई मार्ने कार्यपनि मृत्यु हुनुको टप टेन कारणभित्र पर्छ भने यसलाई भयावह नै मान्नु पर्छ । अमेरिकन फाउण्डेसन फर सुसाइड प्रिभेन्सनको अनुसन्धानले यहि कुरालाई देखाउंछ । यो तथ्यांक यति डरलाग्दो छ कि यसलाई दैनिक औषतमा निकाल्ने हो भने दिनमा एक सय २९ जनाले आत्महत्या गर्दछन ।

 

आत्महत्या गर्नेमा बयस्क र बृद्धहरु धेरै

फाउण्डेसनको तथ्यांकले सन २०१७ मा आत्महत्या गर्नेमा धेरै स्वेत नागरिहरु रहेको प्रतिवेदन सार्वजनिक गरेको थियो । आत्महत्या गर्नेहरुमा वयस्क उमेरका धेरै भएको देखिएको छ । अझ भन्दा ४५ देखि ५४ बर्ष उमेरका व्यक्तिहरुले धेरै आत्महत्या गरेको देखिन्छ ।

 

अनुसन्धान अनुसार आत्महत्या गर्ने २० दशमलव दुई प्रतिशत व्यक्तिहरु सोही उमेर समुहका छन । त्यसपछि धेरै आत्महत्या गर्नेहरु ८५ बर्ष भन्दा माथीका उमेरका छन । त्यस्ता व्यक्तिहरुको प्रतिशत २० दशमलव एक रहेको छ । वयस्क र बृद्धहरुभन्दा युवाहरुमा आत्महत्याको दर कम देखिन्छ । १४ दशमलव ४६ प्रतिशत आत्महत्या १५ देखि २४ बर्ष उमेर समुहका व्यक्तिले गरेको अनुसन्धानले देखाएको छ । जुन अन्यको तुलनामा कम हो ।

 

आत्महत्या गर्नेमा स्वेत अमेरिकन धेरै

 

सन २०१७ को पतिवेदन अनुसार आत्महत्या गर्नेहरुमा स्वेत नागरिकको संख्या धेरै छ । रिपोर्टका अनुसार आत्महत्या गर्नेमा १५ दशमलव ८५ प्रतिशत स्वेत नागरिक छन । त्यसपछि अलास्का नेटिभ र अमेरिकन इण्डियनहरु धेरै रहेका छन । उनीहरुको प्रतिशत १३ दशमलव ४२ रहेको छ । अफ्रिकन अमेरिकन एसियनहरुको आत्महत्याको दर कम रहेको छ । फाउण्डेसनका अनुसार ६ दशमलव ६१ प्रतिशत अफ्रिकन अमेरिकन र ६ दशमलव ५९ प्रतिशत एसियन अमेरिकन रहेको अनुसन्धानमा देखिएको छ ।

 

५० प्रतिशत भन्दा धेरै आत्महत्या आफैले गोली हानेर

रिसर्चले अधिकांश आत्महत्या आफैले आफुलाई बन्दुक हानेर गरेको देखिएको छ । आत्महत्या गर्ने ५० दशमलव ५७ प्रतिशतले आफुले आफैलाई गोली हानेका छन । त्यस्तै झुण्डिएर २७ दशमलव ७२ प्रतिशतले आत्महत्या गरेका छन भने विष खानेहरु १३ दशमलव ८९ प्रतिशत छन ।

 

आत्महत्या प्रयासको सम्बन्धमा

 

अमेरिकामा लाखौंले आत्महत्याको प्रयास गर्ने गरेको पाइन्छ । तर स्पष्ट तथ्यांक भने बाहिर आउन सकेको छैन । अस्पतालमा उपचारको लागि आउनेहरुको रेकर्डको आधारमा अमेरिकामा १४ लाख जतिले आत्महत्याको प्रयास गरेको अनुमान गरिएको छ ।

 

आत्महत्याको प्रयास गर्नेहरु १८ बर्षभन्दा कम उमेर समुहका व्यत्तिहरु अधिकांश रहेको देखिन्छ । त्यस्तै स्कुले विद्यार्थीहरुमा आत्महत्या प्रयास धेरै पाइएको छ । विशेषगरी कक्षा नौ र दशमा पढ्दै गरेका किशोर किशोरीहरुले धेरै आत्महत्याको प्रयास गरेको पाइन्छ ।

 

लागु औषध, चरम निराशा तथा मानसिक रोगका कारणपन युवा उमेरका मानिसहरुले आत्महत्या रोज्ने गरेको पाइन्छ । त्यस्तै वयस्कहरुले आफ्नो घर व्यवहार तथा पारिवारिक विखण्डनका कारण वितृष्णा बढेर आत्महत्या गरेको अनुमान लगाइन्छ ।

 

बृद्धहरुले भने जिवनदेखि नै निराशा तथा आफु अरुलाई भार बन्न नपरोस भन्ने सोचाइका कारण आत्महत्यालाई अंगालेको विष्लेषण गरिएको छ । संसारको सबैभन्दा वैभवशाली र शक्तिशाली मुलक अमेरिका, जहां संसारभरीबाट मानिसहरु आउन चाहन्छन । तर जिवनमा सोचे जस्तो नभएपछि मानिस निराशामा जान्छ र चरम निराशाले मानिसलाई आत्महत्यातर्फ धकेल्दछ ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result