Monday, August 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एनआरएनए आइसीसीको कार्यविधिले एनसीसीलाई अस्तित्व विहीन बनाउँछ

अशोज १२, २०७६ ७:४३ मा प्रकाशित
एनआरएनए आइसीसीको कार्यविधिले एनसीसीलाई अस्तित्व विहीन बनाउँछ
Share on FacebookShare on Twitter

पशुपति पाण्डे

 

       विश्वको जुनसुकै कुनामा बसेपनि हामी सबै नेपालीमा देश प्रतिको आघाद माया र अटुट सम्बन्ध छ । यसलाई अझ बढी प्रगाढ बनाउन सम्पर्कको डोरीलाई मजबुत बनाउने काम गैर आवासीय नेपाली सङ्घले गर्दै आएको छ । संस्थाको नेतृत्व चयन तथा संस्थाले गर्ने कार्यहरूमा आम नेपालीको चासोको विषय हुनु स्वाभाविकै हो । गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्को हरेक दुई वर्षमा हुने अधिवेशन र नयाँ नेतृत्व चयनको सँघारमा छौ अहिले हामी । यस बेला सबैको ध्यान तानिनु स्वाभाविकै हो । संस्थाको उद्देश्य र लक्षलाई सफलीभूत बनाउन राम्रो नेतृत्व चयन गर्न सकिएको खण्डमा यसले अपेक्षित गति लिन सक्दछ ।

हटकेकको रूपमा रहेको यही विषय र केन्द्रबिन्दुमा उभिएर हामीले केही विषय बस्तुलाई पर्गेल्नु पर्ने देखिन्छ ।

आइसीसीमा नयाँ नेतृत्व चयन गर्न विभिन्न देशहरूबाट जाने प्रतिनिधि छनौट अहिले सबैको चासो र तानातानको विषय हो । प्रतिनिधि चयनमा आइसीसीले मापदण्ड बनाएको छ । के यो मापदण्ड ठिक छ ? एनसीसी तथा आइसीसीले बनाएको कार्यविधि ठिक छ ? प्रश्न उठ्छ । यी दुई प्रश्न वरिपरि तातो बहस भइरहेको छ ।

आइसीसीले पठाएको प्रतिनिधि चयन मापदण्ड १० वर्ष अगाडि ठिक थियो होला । तर अहिले त्यसको आवश्यकता र औचित्य पुष्टि गर्ने कुनै आधार छैन । संस्था गतिशील हुन्छ । समय सापेक्ष ढङ्गले नीति नियम परिवर्तन गर्दै जानु पर्छ । गाइडलाइन आइसीसी बोर्डको साझा भावनामा नै तयार भए पनि समय सापेक्ष देखिँदैन । यसमा पुन बहस गरी समय सापेक्ष बनाउनु नै अहिलेको आवश्यकता हो । सदस्यहरूको भूमिका, निरन्तरता र सक्रियता जस्ता सबै पक्षलाई बुझेर मात्र प्रतिनिधि चयन हुनु पर्छ भन्ने एउटा मान्यता छ । अर्को सर्वमान्य परिभाषा भनेको निर्वाचित कार्यसमितिले प्रजातान्त्रिक विधि र प्रक्रियाबाट प्रतिनिधि चयन गर्न सक्छ ।

यसको एउटै अर्थ हो नेतृत्व देखि साधारण सदस्य सम्मको सहभागिता । एनसीसीहरुलाई सम्पूर्ण अधिकार प्रत्यायोजन गरेर स्वच्छ प्रतिस्पर्धाको आधारमा प्रजातान्त्रिक प्रक्रियाबाट प्रतिनिधि चयन गर्ने परिपाटीलाई प्रोत्साहित गर्नु पर्छ । कुनै पनि संस्थालाई माथिबाट हस्तक्षेप भन्दा आन्तरिक रूपमा सबल र शक्तिशाली बनाइनु पर्दछ । सबैलाई सहभागिताको ढोका खोल्नु पर्दछ ।

अहिले आइसीसीले प्रतिनिधि चयन मापदण्ड अनुरूप काम गर्न भनेको छ । जसमा आइसीसी टाक्सफोर्समा राखिएका व्यक्तिलाई समावेश गर्नु पर्ने हुन्छ । टाक्सफोर्समा को छन् र किन जिम्मेवारी दिइयो भन्ने सम्बन्धित देशका एनसीसीहरुलाई जानकारी दिइएको छैन । टाक्सफोर्स प्रतिनिधि चयनका लागि मात्र बनाएको जस्तो देखिन्छ । केन्द्रले आफ्ना प्रतिनिधि आफै चुन्ने र आफ्नै खटन पटन र अनुकूलमा राखिराख्ने केन्द्रीकृत मोडल प्रयोग गर्न खोजेको त हैन भन्ने प्रश्न उठ्छ ।

एनआरएनए अमेरिकाबाट गाइडलाइनमा पर्ने प्रतिनिधिको सङ्ख्या २०० भन्दा बढी हुन जान्छ । जबकि १६८ जना छनौट गर्नु पर्ने हुन्छ । यतीसम्म की वर्तमान कार्यसमितिका सल्लाहकार, निवर्तमान कार्यसमितिका पदाधिकारी, च्याप्टरको कार्यसमितिमा बसेर काम गरिरहेका पदाधिकारी सदस्य कसैलाई पनि प्रतिनिधि बनाउन नमिल्ने गरी कार्यविधि बनाइएको छ । यसले एनआरएनएको अभियानमा लागिरहेका धेरैलाई अलग गर्दै संस्थालाई नै निकम्मा बनाउँछ ।

१५ वर्षको अवधिमा ८० देशमा पुगेको एनआरएनएले अधिकार केन्द्रीकृत गर्दै एनसीसीहरुलाई निकम्मा बनाउने हो भने कदापि बलियो हुनसक्दैन । सम्पूर्ण अधिकार एनसीसीलाई प्रत्यायोजन गर्दै प्रजातान्त्रिक र सहभागी मूलक बनाइनु पर्दछ । यी कुरामा आगामी विश्व सम्मेलनमा छलफल गरी सही बाटो पहिलाउन सक्नु पर्दछ ।

पहिलो प्राथमिकता एनआरएनए आइसीसीको निर्वाचन प्रक्रियालाई अनलाइन सिस्टममा लानु पर्दछ । हरेक हिसाबले एनआरएनएमा जोडिएका तर विविध कारणले सम्मेलनमा नेपाल पुग्न नसक्नेले पनि अनलाइनबाट निर्वाचन प्रक्रियामा सहभागी हुन सकुन् भन्ने उदारता देखाउनु पर्छ ।

दोस्रो प्राथमिकतामा एनसीसीमा नयाँ नेतृत्वका लागि निर्वाचनको समयमा नै प्रतिनिधि निर्वाचित गर्ने प्रणाली अवलम्बन गर्न सकिन्छ । सानो सङ्ख्यामा मात्र योगदान पुर्‍याएकाहरूलाई प्रतिनिधिमा मनोनीत गर्न सकिने व्यवस्था मिलाउनु अर्को राम्रो अभ्यास हुनसक्छ ।

तेस्रो प्राथमिकता भनेको अधिवेशनको समयमा नेपाल जाने सबै एनआरएनए सदस्यले मताधिकार प्रयोग गर्न पाउनु पर्छ । तर यो विधि अवलम्बन गर्दा व्यवस्थापन पक्षलाई ब्यबस्थापनमा केही गारो र खर्चिलो हुने देखिन्छ ।

आइसीसीको विद्यमान कार्यविधिले एनसीसीलाई अस्तित्व विहीन बनाउँछ । एनसीसीलाई थाहै नदिई बनाउने कमिटी र टाक्सफोर्सबाट जाने व्यक्ति नेतृत्वमा जाने व्यक्तिहरू प्रति बढी उत्तरदायी हुने भएकाले निर्वाचनमा असर पार्दछ । यसरी आउने नेतृत्व कदापि बलियो हुनसक्दैन । अन्ततः यसले आइसीसीलाई थप कमजोर बनाऊ छ । आगामी वर्षहरूमा हुने विश्व सम्मेलनमा एनआरएनएमा पारदर्शी र प्रजातान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्न पाउने अधिकार सुनिश्चित गर्न सक्रिय भूमिका निर्वाह गर्नु हामी सबैको दायित्व हो ।

(पाण्डे एनआरएनए अमेरिकाका महासचिव हुनुहुन्छ ।)

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result