Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकाको चरम दक्षिणपन्थी समुह-जसले सिभिल वारको चेतावनी दिन्छ

अशोज २४, २०७६ २:५८ मा प्रकाशित
अमेरिकाको चरम दक्षिणपन्थी समुह-जसले सिभिल वारको चेतावनी दिन्छ
Share on FacebookShare on Twitter

बद्रि गौतम, न्युयोर्क

मिनेसोटाको राष्ट्रपति डोनल्ड ट्रम्पको र्यालीमा सुरक्षाको जिम्मा लियो ओथ किपर भन्ने गैर सरकारी, दक्षिणपन्थी समुहले । ओथ किपरको सोझो नेपाली अर्थ हुन जान्छ सपथकर्ता । ओथ किपर(सपथकर्ता) ले मिनेसोटाको मिनेपोलिसमा हुने रिपव्लीकनहरुको र्यालीमा राष्ट्रपतिका साथै रिपव्लिकनहरुको सुरक्षाको जिम्मा लिएको जानकारी दियो । भलै राजनीतिक सभा, जसमा राष्ट्रपति उपश्थित हुने भएपछि अमेरिकी सुरक्षा संयन्त्र शशक्त भएर प्रस्तुत हुन्छ नै । तर संसारकै शक्तिशाली मुलुकका शक्तिशाली राष्ट्रपतिको सुरक्षाको जिम्मा किन एक दक्षिणपन्थी समुहले लिएको दावी गर्यो त ?


ओथ किपर अर्थात अति दक्षिणपन्थको नमुना

ओथ किपर यस्तो समुह हो जसले रिपव्लिकनहरुको पक्ष पोषणमात्र गर्दैन उनीहरुको सुरक्षाको जिम्मा पनि लिने गर्दछ । संसारकै शक्तिशाली मुलुकको शक्तिशाली राष्ट्रपतिको सुरक्षा भन्दै किन गैर सरकारी हतियारधारी समुह लाग्यो होला त ? ओथ किपरलाई अमेरिकी गण्तन्त्रको संरक्षक समुह भनेर प्रशंसा पनि गरिएको छ । त्यस्तै कतिपयले यो समुहलाई स्वेत सर्वोच्चतावादी र अति दक्षिणपन्थी समुह भनी आलोचनापनि गरेका छन । यो समुहले आफ्नो वेव साइटमा पूर्व सैन्य, प्रहरीहरुका सदस्यहरुबाट बनेको समुह, जसको उद्धेश्य विदेशीका साथै स्वदेशी शत्रुहरुबाट अमेरिकी संबिधानको रक्षा गर्नु भनिएको छ । पछिल्लो समयमा यो समुहले राष्ट्रपति डोनल्ड ट्रम्प र उनको र्यालीमा सहभागी हुन आउने रिपव्लिकनहरुको रक्षाको लागि स्वयंसेवकको माग पनि गरेको छ । यो समुहले आफ्ना ३५ हजारभन्दा सदस्य रहेको दावीपनि गर्दछ । कतिपय स्थानमा स्वाचालित हतियार सहित ओथ किपरका सदस्यहरुले पहरा दिंदै हिंडेको भन्दै यसले जनजिवनलाई आतंकित पार्न खोजेको भन्दै आलोचना हुने गरेको छ ।

 

पूर्व राष्ट्रपति बराक ओबामालाई गैर अमेरिकी समेत भन्यो
हिलरी क्ल्न्टिनले जितेमा सिभिल वार हुनसक्ने चेतावनी समेत दिएको थियो 

 

सन २००९ मा यो समुहको स्थापना भएको बताइन्छ । स्टेवार्ट रोडले यसको स्थटापना गरेका थिए । उनी अमेरिकी सेनाका पूर्व कर्मचारी थिए भने रिपव्लिकन कंग्रेस म्यानका विस्वासपात्र पनि थिए । कतिपय ओथ किपरका बोर्ड सदस्यहरुलाई आपराधिक क्रियाकलापमा लागेको आरोप पनि लाग्ने गरेको छ । अमेरिकी संघीयताको रक्षक तथा आफुलाई अति राष्ट्रवादी बताउने यो समुहले बेला बेलामा आफ्ना अतिवादी गतिविधि यति त्रिब्र बनाउंछ की अमेरिकी सरकारी आदेशको पनि अवज्ञा गर्दछ । सन २०१६ को राष्ट्रपति निर्वाचनमा हिलरी क्ल्न्टिनले जितेमा अमेरिकाभरी हंगामा हुने र अर्को सिभिल वार हुने चेतावनी समेत यो समुहले दिएको थियो । त्यतिमात्रै होइन निर्वाचन बुथको सुरक्षा गर्ने भन्दै आफ्ना सदस्यहरुलाईपनि खटाएको थियो ।

 

पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामालाई आप्रवासीमात्र भनेन, गैर कानुनीरुपमा अमेरिका बसेको आप्रवासी भन्दै आलोचना गरेको थियो । कतिपय स्थानमा हतियारको प्रदर्शन गरी अतिवाद र चरमपन्थलाई प्रोत्साहन दिएको आरोप लागेपनि यो समुहमाथी अमेरिकी सरकारले प्रतिबन्ध लगाएको छैन नै लगाउनेपनि देखिंदैन । अन्य जाती, धर्म तथा सम्प्रदायमाथी तिखो टिप्पणी गरी सहिष्णुता खलवल्याउन भुमिका खेलेको भन्दै तिब्र आलोचनापनि हुने गरेको छ । सन २०१४ मा फर्गुसनमा भएको एक सभामा हतियार सहित सडकमा उत्रेको यो समुहको गतिविधिको निकै आलोचनामात्र भएन प्रतिवन्ध नै लगाउनु पर्ने माग उठेको थियो । यहि बर्ष ओरिजनका गर्भनर केट ब्राउनलाई ग्रिन हाउस .एमिसन सम्बन्धी बील पास गराए सिभिल वार हुने चेतावनी दिएको थियो ।


रिपव्लिकन पार्टीका तर्फबाट डोनल्ड ट्रम्प राष्ट्रपति भएपछि यो समुह हौसिएको मात्र होइन, यसले आफ्ना गतिविधिहरुलाई तिव्रपनि पार्दै गएको छ । आपवासीप्रति अनुदार रााष्ट्रपति डोनल्ड ट्रम्पको स्वभावसंग मेल खाने उद्धेश्य बोकेको ओथ किपर समुहले आफुलाई चरम दक्षिणपन्थी समुह भएकोमा गर्व गर्दछ । अतिराष्ट्रवाद तथा प्रतिगमनको पक्षपाती यस्ता समुहको पभाव अमेरिकामा बढ्दै गएको छ । यसले अमन चैन खोज्दै संसारभरीबाट अमेरिका आएकाहरुमा निराशापनि बढ्दै गएको अनुमान लगाउन गाह्रो छैन ।

तस्विर-ओथ किपरको वेव साइट

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result